Best Khabar Team | २०७६ पुष २० गते आइतबार

०५ जनवरी, २०२०
काठमाडौं । सिराहामा रहेको कृषि विकास बैंकको झण्डै पाँच करोड रुपैयाँ लुट्ने लुटेरा समूहका एक सदस्य काठमाडौंबाट पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार मोरङ्ग जिल्लाको रंगेली नगरपालिकाका दिपक नेपाललाई काठमाडौंबाट प्रहरीले पक्रेको हो । उनले बैंकको प्रविधि विगारेर गलत ढंगले ५ करोड रुपैयाँ लुटेको अभियोगमा प्रहरीले पक्रेको हो ।
काठमाडौंको गल्फुटारमा रहेको कृषि विकास बैंकको शाखाबाट लुटिएको रकम मध्ये उनको भागमा परेको करिब १ करोड रुपैयाँ झिक्ने क्रममा पक्राउ परेका हुन् । उनले शुरुमा ९ लाख रुपैयाँको चेक लिएर बैंकमा गएका बेला विशेष सुराकीको आधारमा प्रहरीले उनलाई पक्रेको थियो । बैंकको सिराहास्थित शाखाबाट सो रकम ह्याक गरी उनीहरुको समूहले केन्द्रीय कार्यालयमा पु¥याएका थिए ।
घटनामा संलग्न अन्य समूहको पनि खोजी भै रहेको प्रहरीले जनाएको छ । यद्यपि घटनाको मुख्य अभियुक्त भने नेपाल बाहिर रहेको बताइएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
युरोपमा कोरोना ‘नियन्त्रण बाहिर’: इटाली, स्पेन र फ्रान्स नराम्ररी प्रभावित (अपडेटसहित)
२०७६ चैत्र १३ गते बिहिबार
२६ मार्च, २०२०लिंकरोभर, बेल्जियम । युरोपेली मुलुकमा यतिबेला कोरोना...
महाशिवरात्री पर्व धुमधामले मनाईँदै, यस्तो छ पशुपति क्षेत्रको ट्राफिक व्यवस्थापन
२०७७ फाल्गुन २६ गते बुधबार
११ मार्च, २०२१काठमाडौं । महाशिवरात्री पर्व नेपाल तथा हिन्दु...
कोरोनाका कारण पोर्चुगलले आन्तरिक उडानमा लगाएको मापदण्ड जुन १ बाट हटाइँदै
२०७७ जेठ १० गते शनिबार
२३ मे, २०२०पोर्तिमाउ, पोर्चुगल । पोर्गुगल सरकारले यसअघि लगाएको...
जोखिम कायमै रहेको भन्दै लकडाउन थप्न सिफारिस
२०७७ बैशाख २३ गते मंगलबार
०५ मे, २०२०काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिम कायमै...
Top