Best Khabar Team | २०७६ पुष १९ गते शनिबार
०४ जनवरी २०२०
हेटौंडा । मकवानपुरमा प्रहरीले गाँजा तस्कर समात्नका लागि गोली चलाउनु परेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार विशेष सुराकीको आधारमा गाडीमा गाँजा लिएर आएको सूचना पाएपछि प्रहरीको टोली त्यता अघि बढेको थियो ।

पूर्व पश्चिम लोकमार्ग अन्र्तगत पर्ने चुरियामाईको जंगलमा गाडी चेक जाँच गर्ने क्रममा प्रहरीले गाडी रोक्न खोजेको थियो । तर उनीहरुले भारतीय नम्बर प्लेट डीएल ३ सीए क्यु नम्बरको सो कार नरोकेपछि प्रहरीले दुई राउन्ड हवाई फायर गरेको थियो । त्यसलगत्तै प्रहरीले उनीहरुलाई पिछा गर्ने क्रममा केही अगाडि गाडी र ३२ गाँजा अनि त्यसमा संलग्न ३ जनलाई नियन्त्रणमा लिएको जनाएको छ ।
प्रहरीले गाडी चालक भारतका मोतिहारीका दिलिपकुमार सिंह, कारमा सवार मोतिहारीकै १८ वर्षीय उज्जलकुमार ठाकुर, रौतहट यमुनामाई ४ का २४ वर्षीय विकाश सिंहलाई नियन्त्रणमा लिएको छ । उनीहरुलाई गाडी छाडेर भाग्दै गरेका बेला प्रहरीले पक्रेको हो ।

उनीहरुको साथमा रहेको ३२ किलोग्राम गाँजा पनि प्रहरीले बरामद गरेको छ । प्रक्राउ परेकाहरुलाई प्रदेश नम्बर ३ स्थित प्रहरी मुख्यालयमा बुझाइएको छ । घटनाको थप अनुसन्धान अघि बढाईको प्रहरीको भनाई छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
चीनमा कोरोना कहर : फेब्रुअरी १८ सम्म १८६८ जनाले ज्यान गुमाए
२०७६ फाल्गुन ६ गते मंगलबार
१८ फेब्रुअरी, २०२० बेइजिङ्ग । विश्वव्यापी रुपमा प्रभाव छाडेको...
मध्यरातमा भूकम्प : जाजरकोट जिल्लाको रामीडाँडा केन्द्रबिन्दु, काठमाडौंलगायत देशैभर धक्का महशुस, विस्तृत विवरण आउन बाँकी
२०८० कार्तिक १७ गते शुक्रबार
०३ नोभेम्बर, २०२३ काठमाडौं । आज मध्यरातमा नेपालका अधिकांश...
आफैंले चलाएको कारले लियो गजल गायक भट्टराईको ज्यान
२०७६ पुष २९ गते मंगलबार
१४ जनवरी, २०२० काठमाडौं । आफैंले चलाएको कार दुर्घटनामा...
गैरआवासीय नेपाली संघ दुई टुक्रामा विभाजित : पराजित शर्मा समूहद्वारा समानान्तर कार्यसमिति घोषणा
२०८० कार्तिक ५ गते आइतबार
२२ अक्टोबर, २०२३काठमाडौं । गैर आवासीय नेपाली संघ फेरि...
Top