आज र भोलि देशैभरको मौसम प्रतिकुल, काठमाडौंमा बर्षा र हिमाली जिल्लामा हिमपात हुने

Best Khabar Team | २०७६ पुष १८ गते शुक्रबार


०३ जनवरी, २०२०
काठमाडौं । अबको केहीदिन नेपाली आसकको मौसम प्रतिकुल हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । पश्चिमी बायुको प्रभावले काठमाडौं उपत्यकालगायत देशका अधिकांश जिल्लाको आकाश यतिबेला बादलले ढाकेको छ । आज काठामडौंमा दिउँसो ३ बजेपछि पानी पर्ने बताइएको छ । यो क्रम रातीको ८ बजेसम्म जारी रहनेछ । राति पनि पानीको सम्भावना छ । यस्तै काठमाडौं आसपासका उच्च भूभाग तथा हिमाली क्षेत्रमा हिमपातको समेत सम्भावना रहेको छ । काठमाडौंका आसपासमा रहेको चन्द्रागिरी, दामन, फूलचोकी शिवपुरीलगायतका क्षेत्रको मौसम अत्यन्तै चिसो छ । ती क्षेत्रमा समेत हिउँपर्नसक्ने अनुमान गरिएको छ । यस्तै हिमाली जिल्लाहरु, मनाङ्ग, मुस्ताङ्ग, गोर्खाको उत्तरी क्षेत्र, हुम्ला, जुम्ला, उत्तरी धादिङ्गलगायतका क्षेत्रमा हिमपातको जोखिम बढी रहेकोले बेलैमा सावधानी अपनाउन मौसम विद्हरुले सुझाव दिएका छन् । योक्रम आज, भोलि र आइतबारसम्म जारी रहने बताइएको छ । काठमाडौं उपत्यकामा हिजोदेखि मौसम विग्रेको छ । काठमाडौंमा बादल लाग्नुका साथै चिसो पनि ह्वात्तै बढेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

आगामी अप्रिल १५ (२०७७ बैशाख ३ गते) सम्मका लागि नेपालमा विदेशबाट आउने उडान प्रतिबन्ध आगामी अप्रिल १५ (२०७७ बैशाख ३ गते) सम्मका लागि नेपालमा विदेशबाट आउने उडान प्रतिबन्ध

२०७६ चैत्र १६ गते आइतबार

२९ मार्च, २०२०काठमाडौ । सरकारले कोरोना भाइरसको संक्रमण र...

तत्काल संसद बैठक बोलाउन दलहरुको माग, सभामुखमा काँग्रेसको दाबी तत्काल संसद बैठक बोलाउन दलहरुको माग, सभामुखमा काँग्रेसको दाबी

२०७६ मंशिर १९ गते बिहिबार

०५ डिसेम्बर, २०१९ काठमाडौं । विभिन्न राजनीतिक दलका नेताहरुले...

७ वर्षदेखि नेपालका झण्डै २ दर्जन बायुसेवा कम्पनी ‘ईयु’ को कालोसूचीमा (नामसहित) ७ वर्षदेखि नेपालका झण्डै २ दर्जन बायुसेवा कम्पनी ‘ईयु’ को कालोसूचीमा (नामसहित)

२०७७ पुष ७ गते मंगलबार

२२ डिसेम्बर, २०२०काठमाडौं । विगत ७ वर्षदेखि नेपालका विभिन्न...

रौतहटमा १४ दिन क्वारेन्टाइन बसेर घर फर्केका युवकमा कोरोना पोजेटिभ रौतहटमा १४ दिन क्वारेन्टाइन बसेर घर फर्केका युवकमा कोरोना पोजेटिभ

२०७७ बैशाख १६ गते मंगलबार

२८ अप्रिल, २०२०गौर । बैदेशिक रोजगारीको लागि भारतको कोलकत्ता...

Top