Best Khabar Team | २०७६ पुष १७ गते बिहिबार
०२ जनवरी, २०२०
काठमाडौं । अहिलेको प्रधिस्पर्धात्मक बैकिङ्ग बजारमा आफूहरुलाई पृथक र अब्बल विकास बैंकको रुपमा विकास गर्ने उद्घोष कामना सेवा विकास बैंकले गरेको छ । काठमाडौंमा आज बैंकले १३ औं वार्षिक साधारणसभाको अवसरमा गरेको कार्यक्रममा पछिल्ला वर्षहरुमा बैंकिङ्ग क्षेत्र निक्कै प्रतिपर्धात्मक रहेको भन्दै ग्राहकको मन जित्नेगरी आफ्ना बैंकको सबै शाखाहरुबाट अत्याधुनिक, अब्बल र प्रविधिमैत्री सेवा प्रदान गर्ने घोषणा गरेको हो ।

बैंकका अध्यक्ष सुदिप आचार्यका अनुसार यसका लागि बैंकले आन्तरिक गृहकार्य अघि बढाएको छ । आचार्यले समाजका सबै क्षेत्र, वर्ग र समुदायलाई समेट्ने गरी कामना विकास बैंकलाई अत्याधुनिक ढंगले अघि बढाउने बताउनुभयो । त्यस अवसरमा आचार्यले आर्थिक वर्ष ०७५/०७६ को आम्दानी तथा खर्च, नाफा/नोक्सानको हिसाब, नगदप्रवाह विवरण प्रस्तुत गर्नुभएको थियो । आजको साधारणसभाले सेयरधनीहरुलाई १७ करोड २७ लाख ३३ हजार दुई सय ८४ नगद लाभांश वितरण गर्ने सम्बन्धी प्रस्ताव समेत पारित गरेको छ ।
यसरी वितरण गरिने नगद लाभांश २०७५र०७६ को मुनाफा, हाल कायम चुक्तापूँजी दुई अर्ब ५४ करोड एक लाख ९५ हजार तीन सय ५२ को ६ दशमलव ८ प्रतिशतका दरले हुन आउने रकम हो । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बैंकको दीर्घकालीन रणनीति प्रस्तुत गर्नुभएको थियो । उहाँले ग्राहकमैत्री कार्यक्रम अघि सारेर सबैले आफनै बैंक हो भन्ने ढंगले कामना सेवा विकास बैंकले दीर्घकालीन रुपमा काम गर्ने रणनीति लिएको बताउनुभयो ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
याङ्गुनका सडकमा ओर्लियो मानव सागर !
२०७७ माघ २८ गते बुधबार
१० फेब्रुअरी, २०२१याङ्गगुन । म्यान्मारमा केहीदिनअघि भएको सैनिक ‘कू’...
करिब ३२ लाख बालबालिकालाई भिटामिन ए र जुकाको औषधी खुवाईँदै
२०८० कार्तिक १७ गते शुक्रबार
०३ नोभेम्बर, २०२३काठमाडौं । देशभरका करिब ३२ लाख बालबालिकालाई...
विदेशी सैनिकलाई तत्काल देश छाड्न इराकी संसदको निर्देशन
२०७६ पुष २१ गते सोमबार
०६ जनवरी, २०२० बग्दाद । इराकले देशमा तैनाथ सबै...
दिल्लीको मुख्यमन्त्रीमा तेश्रो पटकपनि केजरीवालनै
२०७६ फाल्गुन ४ गते आइतबार
१६ फेब्रुअरी, २०२० नयाँदिल्ली । नयाँदिल्लीले तेश्रोपटक पनि अरविन्द...
Top