Best Khabar Team | २०७६ पुष १६ गते बुधबार

०१ जनवरी, २०१९
कपिलबस्तु। वर्षौदेखि किसानहरुको उखुको मूल्य भुक्तानी नगर्ने तराईको सुगरमिलमध्येको कपिलबस्तुमा रहेको महालक्ष्मी सुगर मिलले सरकारको चेतावनीपनि १० दिन भित्र किसानका सबै बक्यौता रकम भुक्तानी गर्ने प्रतिबद्धता जनाएको छ ।
आफूहरुले चिनी मिलमा बेचेको उखुको मूल्य नपाएको भन्दै तराईका जिल्लाबाट उखु किसानहरु काठमाडौं आएर आन्दोलनमा उत्रिएपछि सरकारले चिनीमिल सञ्चालकलाई पक्रन प्रहरीलाई निर्देशन दिएको थियो । गृहमन्त्रालयले किसानमारा सुगरमिलका सञ्चालकर्लाई पक्रन निर्देशनको २४ घण्टा वित्न नपाउँदै महालक्ष्मी सुगर मिलका सञ्चालक वीरेन्द्र कनोडियाले वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पुगेर किसानको बक्यौता रकम चुक्ता गर्ने प्रतिबद्दता जनाएका हुन् ।
कनेडियाले किसानलाई दिन बाँकी रहेको २१ करोड रूपैयाँ पुस २५ गतेभित्र नै भुक्तानी गर्ने प्रतिबद्धता जनाएको मन्त्रालयले जनाएके छ । वणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टसमक्ष कनेडियाले बाँकी रकम पुस २५ भित्र चुक्ता गर्ने प्रतिबद्धता जनाएका हुन् । सरकारले भने २५ भित्र रकम नतिरे कनेडिया र उनले सञ्चालन गरेको सुगरमिलमाथि सरकारले कारबाही गर्ने बताउनुभएको छ ।
कनेडिया मन्त्रालयको सम्पर्कमा आएपछि अन्य किसानमारा सुगरमिल सञ्चालकहरु समेत विभिन्न स्रोतमार्फत् सरकारको सम्पर्कमा आउन थालेका छन् ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
एक वर्ष नपुग्दै दोश्रोपटक बन्द हुँदै पाँचतारे होटल हायात
२०७६ चैत्र ६ गते बिहिबार
१९ मार्च, २०२०काठमाडौं । विश्वव्यापी माहामारीकोरुपमा फैलिएको कोरोना भाइरसका...
मन्त्रीपरिषद्को बैठक बालुवाटारमा : ‘लकडाउन’ एकसाता थपिने सम्भावना
२०७६ चैत्र २४ गते सोमबार
०६ मार्च, २०२० काठमाडौं । सरकारले कोरोना भाइरसको रोकथाम...
काठमाडौंमा एकै परिवारका ‘आमा–छोरा’मा कोरोना संक्रमण भएको पुष्टि : संक्रमितको संख्या १६ पुग्यो
२०७७ बैशाख २ गते मंगलबार
१४ अप्रिल, २०२० काठमाडौं । काठमाडौंको सनसिटी अपार्टमेन्टमा बस्दै...
बाजुरा जीप दुर्घटनका घाइतेलाई सेनाको हेलिकोप्टरबाट उद्दार, मृतकमध्ये ४ को सनाखत
२०७६ पुष १८ गते शुक्रबार
०३ डिसेम्बर, २०२० मार्तडी । बिकट हिमाली जिल्ला बाजुराको...
Top