Best Khabar Team | २०७६ पुष १६ गते बुधबार

०१ जनवरी, २०१९
कपिलबस्तु। वर्षौदेखि किसानहरुको उखुको मूल्य भुक्तानी नगर्ने तराईको सुगरमिलमध्येको कपिलबस्तुमा रहेको महालक्ष्मी सुगर मिलले सरकारको चेतावनीपनि १० दिन भित्र किसानका सबै बक्यौता रकम भुक्तानी गर्ने प्रतिबद्धता जनाएको छ ।
आफूहरुले चिनी मिलमा बेचेको उखुको मूल्य नपाएको भन्दै तराईका जिल्लाबाट उखु किसानहरु काठमाडौं आएर आन्दोलनमा उत्रिएपछि सरकारले चिनीमिल सञ्चालकलाई पक्रन प्रहरीलाई निर्देशन दिएको थियो । गृहमन्त्रालयले किसानमारा सुगरमिलका सञ्चालकर्लाई पक्रन निर्देशनको २४ घण्टा वित्न नपाउँदै महालक्ष्मी सुगर मिलका सञ्चालक वीरेन्द्र कनोडियाले वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पुगेर किसानको बक्यौता रकम चुक्ता गर्ने प्रतिबद्दता जनाएका हुन् ।
कनेडियाले किसानलाई दिन बाँकी रहेको २१ करोड रूपैयाँ पुस २५ गतेभित्र नै भुक्तानी गर्ने प्रतिबद्धता जनाएको मन्त्रालयले जनाएके छ । वणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टसमक्ष कनेडियाले बाँकी रकम पुस २५ भित्र चुक्ता गर्ने प्रतिबद्धता जनाएका हुन् । सरकारले भने २५ भित्र रकम नतिरे कनेडिया र उनले सञ्चालन गरेको सुगरमिलमाथि सरकारले कारबाही गर्ने बताउनुभएको छ ।
कनेडिया मन्त्रालयको सम्पर्कमा आएपछि अन्य किसानमारा सुगरमिल सञ्चालकहरु समेत विभिन्न स्रोतमार्फत् सरकारको सम्पर्कमा आउन थालेका छन् ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
‘मृत्युपछि भौतिक शरीर अस्पताललाई दान’ : संस्कृतिबिद् दम्पत्तिको प्रेरणादायी घोषणा
२०७७ माघ ३० गते शुक्रबार
१२ फेब्रुअरी, २०२१काठमाडौं । मान्छेको मृत्यु भएपछि उसको भौतिक...
नेपालमा कोरोनाको पहिलो शिकार बनिन् ८ दिने सुत्केरी
२०७७ जेठ ३ गते शनिबार
१६ मे, २०२०काठमाडौं । नेपालमा पहिलो पटक कोरोना संक्रमणबाट...
हिमपातका कारण लाप्राक बस्ती निर्माणको केही काम रोकियो
२०७६ माघ ६ गते सोमबार
२०, जनवरी, २०२० काठमाडौं । गैर आवासीय नेपाली संघ,(एनआरएनए)ले...
यूएई र अष्ट्रेलियामा गरी ३ नेपालीमा कोरोनाको संक्रमण
२०७६ फाल्गुन २६ गते सोमबार
०९ मार्च, २०२०दोहा । संयुक्त अरव इमिरेट्स (युएई) र...
Top