Best Khabar Team | २०७७ भाद्र ५ गते शुक्रबार
२१ अगस्ट, २०२०
काठमाडौं । कोरोना भाइरसको संक्रमणमा परी अस्पतालमा उपचारमा रहेका दुईजनाको आज निधन भएको छ । उपत्यकामा पर्ने ललितपुरको पाटन अस्पतालमा उपचारमा रहेका एक महिला र एक पुरुषको उपचारको क्रममा मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले दिएको जानकारी अनुसार दोलखाकी ३० वर्षकी एक महिला र सर्लाहीका ४६ वर्षका एक पुरुषको मृत्यु भएको छ ।

दोलखा जिल्लाकी ३० वर्षकी ती महिला उपचारका लागि गएको भदौ २ गते अस्पतालमा भर्ना भएकी थिइन् । उपचारकै क्रममा उनको आज निधन भएको अस्पतालको भनाई छ । यस्तै सर्लाही जिल्लाको मलंगवा घर भएका ४६ वर्षका एक पुरुषको पनि उपचारकै क्रममा ज्यान गएको हो । उनी गत साउन ३१ गते उपचारका लागि पाटन अस्पतालमा भर्ना भएका थिए ।

अस्पतालमा उपचारमा रहेका विरामीको मृत्यु भएपछि अस्पताल प्रशासनले अहिले विरामीलाई उपचारमा राखिएको वार्ड र आसपासका क्षेत्रलाई सिल गरेर भाइरस र अन्य जोखिम नियन्त्रणका लागि आवश्यक सावधानी र सरसफाईका उपाय अपनाईरहेको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
उपत्यकासहित ९ जिल्लामा सक्रिय संक्रमित ५ सय बढी : जुनसुकै बेला लकडाउन हुनसक्ने
२०७८ बैशाख १२ गते आइतबार
२५ अप्रिल, २०२१काठमाडौं । काठमाडौं उपत्यकाका तीनसहित देशभरका ९...
पूर्वी नेपालमा भूकम्पको धक्का, केन्द्रविन्दु भारत
२०७७ भाद्र २६ गते शुक्रबार
११ सेप्टेम्बर, २०२०दमक, झापा । नेपाल भारत सीमावर्ती क्षेत्रमा...
खुम्बु क्षेत्र : जहाँ राज्यकै कमजोरीले गुमिरहेको छ करोडौंको राजस्व
२०७६ मंशिर २३ गते सोमबार
नाम्चे–सोलखुम्बु । विश्वकै सबैभन्दा अग्लो चुचुरो अर्थात् सगरमाथा ।...
काठमाडौंको टिचिङ् अस्पतालस्थित मनमोहन कार्डियो सेन्टरमा उपचाररत महिलामा कोरोना संक्रमण
२०७७ जेठ १० गते शनिबार
२३ मे, २०२०काठमाडौं । काठमाडौंको शिक्षण अस्पतालमा उपचाररत मकवानपुरकी...
Top