कोरोना संक्रमणबाट ललितपुरको पाटन अस्पतालमा २ जनाको मृत्यु

Best Khabar Team | २०७७ भाद्र ५ गते शुक्रबार


२१ अगस्ट, २०२०
काठमाडौं । कोरोना भाइरसको संक्रमणमा परी अस्पतालमा उपचारमा रहेका दुईजनाको आज निधन भएको छ । उपत्यकामा पर्ने ललितपुरको पाटन अस्पतालमा उपचारमा रहेका एक महिला र एक पुरुषको उपचारको क्रममा मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले दिएको जानकारी अनुसार दोलखाकी ३० वर्षकी एक महिला र सर्लाहीका ४६ वर्षका एक पुरुषको मृत्यु भएको छ ।

दोलखा जिल्लाकी ३० वर्षकी ती महिला उपचारका लागि गएको भदौ २ गते अस्पतालमा भर्ना भएकी थिइन् । उपचारकै क्रममा उनको आज निधन भएको अस्पतालको भनाई छ । यस्तै सर्लाही जिल्लाको मलंगवा घर भएका ४६ वर्षका एक पुरुषको पनि उपचारकै क्रममा ज्यान गएको हो । उनी गत साउन ३१ गते उपचारका लागि पाटन अस्पतालमा भर्ना भएका थिए ।

अस्पतालमा उपचारमा रहेका विरामीको मृत्यु भएपछि अस्पताल प्रशासनले अहिले विरामीलाई उपचारमा राखिएको वार्ड र आसपासका क्षेत्रलाई सिल गरेर भाइरस र अन्य जोखिम नियन्त्रणका लागि आवश्यक सावधानी र सरसफाईका उपाय अपनाईरहेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

सरोकारवाला भन्छन् : गुठी विधेयक खारेज नभएसम्म आन्दोलन जारी रहन्छ सरोकारवाला भन्छन् : गुठी विधेयक खारेज नभएसम्म आन्दोलन जारी रहन्छ

२०७६ असार ३ गते मंगलबार

१८ जुन, २०१९ काठमाडौं । सम्पदा अभियन्ता पवित्र बज्राचार्य...

चीनको राजधानी बेइजिङका एकदर्जन आवासीय क्षेत्रमा ‘लकडाउन’, विद्यालय पनि बन्द चीनको राजधानी बेइजिङका एकदर्जन आवासीय क्षेत्रमा ‘लकडाउन’, विद्यालय पनि बन्द

२०७७ जेठ ३१ गते शनिबार

१३ जुन, २०२०बेइजिङ्ग । कोरोना भाइरसको उद्गमस्थलको रुपमा रहेको...

रौतहटका ४ नगरपालिकामा २२ जना कोरोना संक्रमित भेटिए, ३ जना बालबालिका रौतहटका ४ नगरपालिकामा २२ जना कोरोना संक्रमित भेटिए, ३ जना बालबालिका

२०७७ जेठ १३ गते मंगलबार

२६ मे, २०२०चन्द्रनिगाहपुर । रौतहटमा आज थप २२ जनामा...

अस्ताए बरिष्ठ गीतकार भैरबनाथ रिमाल अस्ताए बरिष्ठ गीतकार भैरबनाथ रिमाल

२०७७ पुष २५ गते शनिबार

२१ जनवरी, २०२१काठमाडौं । बरिष्ठ गीतकार भैरबनाथ रिमालको आज...

Top