युरोपेली मुलुक स्पेनका गुरुङ्ग समुदायले मनाए पनि मनाए तमुल्होसार

Best Khabar Team | २०७६ पुष १५ गते मंगलबार


तस्वीर सौजन्य : तमु समाज बार्सिलोना

३१ डिसेम्बर, २०१९
मड्रिड । नेपालका गुरुङ समुदायले आज विश्वभर तमुल्होसार पर्व धुमधामका साथ मनाएका छन् । कतिपय देशमा स्थानीय समय अनुसार अहिले ल्होसार मनाईँदै छ । यही क्रममा युरोपेली मुलुक स्पेनलाई कर्मथलो बनाएर बसेका गुरुङ्ग समुदायले पनि धुमधामका साथ ल्होसार पर्व बनाएका छन् ।

‘‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले गुरुङ्ग समुदायले पुरानो वर्ष फेरिई नयाँ वर्ष लाग्ने दिनको रुपमा आजको दिनलाई मनाउने गर्दछन् । स्थानीय तमु समाज बार्सिलोनाले गरेको कार्यक्रममा गुरुङ्ग जातजातीको भेषभुषा झल्कने झाँकीहरु प्रदर्शन गरिएको थियो । यस्तै गुरुङ्ग जातजातीको संस्कृति र खानाका परिकारहरुसमेत सो अवसरमा प्रदर्शन गरिएको थियो । साथै स्थानीय कलाकारहरुले सांगीतिक कार्यक्रम आयेजना गरेका थिए ।

नेपाली समुदायले गरेको कार्यक्रम भएकाले त्यहाँ उपस्थित विदेशी समुदायले पनि खुव चाखपूर्वक कार्यक्रम हरेका थिए । त्यस अवसरमा स्पेनको बार्सिलोना क्षेत्रमा रहेका सयौं तामाङ्ग समुदायको उपस्थिती रहेको थियो । त्यसमा पनि युवा युवतीहरुको संख्या उल्लेख्य थियो । स्पेनमा विगत एक दशकदेखि गुरुङ्ग समुदायले तमु ल्होसार मनाउँदै आएका थिए ।

यो वर्ष गुरुङ्ग समुदायले मृग वर्षलाई बिदाइ गरी मुसा वर्षलाई स्वागत गरी नयाँ वर्ष मनाएका हुन् । तमु ल्होसार मनाउनेहरुले नयाँवर्षलाई १२ जनावरको नामबाट वर्षको नामाकरण गरेका हुन्छन । मुसापछि गाई, बाघ, बिरालो, सुगा, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र मृगवर्ष आउने गर्दछ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

‘मृत्युपछि भौतिक शरीर अस्पताललाई दान’ : संस्कृतिबिद् दम्पत्तिको प्रेरणादायी घोषणा ‘मृत्युपछि भौतिक शरीर अस्पताललाई दान’ : संस्कृतिबिद् दम्पत्तिको प्रेरणादायी घोषणा

२०७७ माघ ३० गते शुक्रबार

१२ फेब्रुअरी, २०२१काठमाडौं । मान्छेको मृत्यु भएपछि उसको भौतिक...

नेपालमा ‘लकडाउन’ : बैशाख ५ पछि पनि थपिने सम्भावना नेपालमा ‘लकडाउन’ : बैशाख ५ पछि पनि थपिने सम्भावना

२०७६ चैत्र २९ गते शनिबार

११अप्रिल, २०२० काठमाडौं । कोरोना संक्रमण रोक्नका लागि सरकारले...

बेलायतकी रानी एलेजावेथका श्रीमानको ९९ वर्षमा निधन बेलायतकी रानी एलेजावेथका श्रीमानको ९९ वर्षमा निधन

२०७७ चैत्र २७ गते शुक्रबार

०९ अप्रिल २०२१वेस्टह्याम, लण्डन । बेलायतकी महारानी एलेजावेथ द्वितीयका...

१४ जनाको हत्या अभियोगमा काँग्रेस सांसद आलम पक्राउ १४ जनाको हत्या अभियोगमा काँग्रेस सांसद आलम पक्राउ

२०७६ आश्विन २७ गते सोमबार

१४ अक्टोबर, २०१९ काठमाडौं । काँग्रेस सांसद मोहम्मद अफ्ताब...

Top