Best Khabar Team | २०७६ पुष १५ गते मंगलबार

३१ डिसेम्बर, २०१९
मड्रिड । नेपालका गुरुङ समुदायले आज विश्वभर तमुल्होसार पर्व धुमधामका साथ मनाएका छन् । कतिपय देशमा स्थानीय समय अनुसार अहिले ल्होसार मनाईँदै छ । यही क्रममा युरोपेली मुलुक स्पेनलाई कर्मथलो बनाएर बसेका गुरुङ्ग समुदायले पनि धुमधामका साथ ल्होसार पर्व बनाएका छन् ।
‘‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले गुरुङ्ग समुदायले पुरानो वर्ष फेरिई नयाँ वर्ष लाग्ने दिनको रुपमा आजको दिनलाई मनाउने गर्दछन् । स्थानीय तमु समाज बार्सिलोनाले गरेको कार्यक्रममा गुरुङ्ग जातजातीको भेषभुषा झल्कने झाँकीहरु प्रदर्शन गरिएको थियो । यस्तै गुरुङ्ग जातजातीको संस्कृति र खानाका परिकारहरुसमेत सो अवसरमा प्रदर्शन गरिएको थियो । साथै स्थानीय कलाकारहरुले सांगीतिक कार्यक्रम आयेजना गरेका थिए ।
नेपाली समुदायले गरेको कार्यक्रम भएकाले त्यहाँ उपस्थित विदेशी समुदायले पनि खुव चाखपूर्वक कार्यक्रम हरेका थिए । त्यस अवसरमा स्पेनको बार्सिलोना क्षेत्रमा रहेका सयौं तामाङ्ग समुदायको उपस्थिती रहेको थियो । त्यसमा पनि युवा युवतीहरुको संख्या उल्लेख्य थियो । स्पेनमा विगत एक दशकदेखि गुरुङ्ग समुदायले तमु ल्होसार मनाउँदै आएका थिए ।
यो वर्ष गुरुङ्ग समुदायले मृग वर्षलाई बिदाइ गरी मुसा वर्षलाई स्वागत गरी नयाँ वर्ष मनाएका हुन् । तमु ल्होसार मनाउनेहरुले नयाँवर्षलाई १२ जनावरको नामबाट वर्षको नामाकरण गरेका हुन्छन । मुसापछि गाई, बाघ, बिरालो, सुगा, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र मृगवर्ष आउने गर्दछ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
प्रधानमन्त्री ओली शिक्षण अस्पताल भर्ना, बुधबार दोश्रो पटक मृगौला प्रत्यारोपण हुँदै
२०७६ फाल्गुन १९ गते सोमबार
०२ मार्च, २०२० काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको...
भारतबाट ट्रकमा रौतहट फर्केका युवकमा कोरोना संक्रमण, वीरगञ्जमा उपचार चल्दै
२०७७ बैशाख १ गते सोमबार
१३ अप्रिल, २०२० संग्रामपुर । गत चैत्र १६ गते...
एनसेलले बुझायो ४ अर्ब ५० करोड कर, अझै १९ अर्ब बुझाउन बाँकी
२०७६ पुष १५ गते मंगलबार
३१ डिसेम्बर, २०१९ काठमाडौं । निजी दुरसञ्चार सेवा प्रदायक...
विश्वमा पहिलो पटक बाघमा कोरोना : अमेरिकामा चिडियाखानाको ४ वटा बाघमा कोरोना संक्रमण
२०७६ चैत्र २४ गते सोमबार
०६ मार्च, २०२० न्यूर्योक । विश्वमा पहिलो पटक बाघमा...
Top