किसानमारा चिनी उद्योगका सञ्चालकलाई तत्काल पक्रन गृहमन्त्रालयको निर्देशन

Best Khabar Team | २०७६ पुष १५ गते मंगलबार


३१ डिसेम्बर, २०१९
काठमाडौं । गृहमन्त्रालयले देशका तराई क्षेत्रमा सञ्चालित किसानमारा चिनी उद्योगका सञ्चालकलाई तत्काल पक्राउ गर्न सम्बन्धीत प्रहरी प्रधान कार्यालय कार्यालय जिल्ला प्रहरीलाई निर्देशन दिएको छ । गृहमन्त्रालयले चिनी मिलमा उखु सप्लाई गर्ने दजर्नौ किसानहरुको वर्षौदेखिको बक्यौता रकम नतिर्ने करिब १ दर्जन बढी चिनी उद्योगका सञ्चालकलाई तत्काल पक्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको मन्त्रालय स्रोतले जनाएको छ ।

आफूहरुले उखुको मूल्य नपाएको भन्दै करिब २ सातादेखि राजधानीमै बसेर उखु किसान राजधानीमा आन्दोलनमा उत्रिएपछि गहृको यो निर्देशन आएको हो । यसअघि कृषि र उद्योग वाणिज्य मन्त्रालयले चिनी मिल सञ्चालकमाथि कारबाही गर्न गृहमन्त्रालयसँग सहयोग मागेको २४ घण्टा वित्न नपाउँदै गृहको यो आदेश आएको हो ।

किसानहरुका अनुसार बाराको श्रीराम सुगरमिल्स, रौतहटको ४२ करोड, अन्नपूर्ण चिनी उद्योग, सर्लाहीको ५० करोड र महालक्ष्मी सुगरमिल्सको १० करोड किसानलाई बक्यौता रहेको छ। यस्तै व्यापारी ता सरकारबीचको तालमेल नमिल्दा थप करोडौं रुपियाँको हिसाव पाउनबाट किसानहरु बञ्चित रहेका छन् ।

आन्दोलनरत किसानहरुले आफ्नो बक्यौता पाउनुपर्ने तथा उखुको उचित भाउ तोकिनुपर्ने भन्दै करिब २ सातादेखि आन्दोलन गरिरहेका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

२७ दिनमा कोरोनालाई जितिन् काठमाडौंकी युवतीले २७ दिनमा कोरोनालाई जितिन् काठमाडौंकी युवतीले

२०७७ बैशाख ६ गते शनिबार

१८ अप्रिल, २०२०काठमाडैं । गत चैत्र ४ गते युरोपेली...

यस्तो देखियो ‘उकाली’ मा बसन्तको यात्रा यस्तो देखियो ‘उकाली’ मा बसन्तको यात्रा

२०७६ पुष २१ गते सोमबार

०६ जनवरी, २०२० काठमाडौं । चर्चित गायक तथा सर्जक...

हात्ती महोत्सवको नकारात्मक पक्ष : जनावरलाई चरम यातना हुने भन्दै विरोध हात्ती महोत्सवको नकारात्मक पक्ष : जनावरलाई चरम यातना हुने भन्दै विरोध

२०७६ पुष ७ गते सोमबार

२४ डिसेम्बर, २०१९काठमाडौं । नेपालको पर्यटकीय क्षेत्र चितवनको सौराहमा...

गोर्खाका अर्याल फ्रान्सको ओभरभिलिय शहरको उपप्रमुख बन्ने दौडमा गोर्खाका अर्याल फ्रान्सको ओभरभिलिय शहरको उपप्रमुख बन्ने दौडमा

२०७६ माघ २० गते सोमबार

०३ फेब्रुअरी २०२० पेरिस । युरोपेली मुलुक फ्रान्सको राजधानी...

Top