किसानमारा चिनी उद्योगका सञ्चालकलाई तत्काल पक्रन गृहमन्त्रालयको निर्देशन

Best Khabar Team | २०७६ पुष १५ गते मंगलबार


३१ डिसेम्बर, २०१९
काठमाडौं । गृहमन्त्रालयले देशका तराई क्षेत्रमा सञ्चालित किसानमारा चिनी उद्योगका सञ्चालकलाई तत्काल पक्राउ गर्न सम्बन्धीत प्रहरी प्रधान कार्यालय कार्यालय जिल्ला प्रहरीलाई निर्देशन दिएको छ । गृहमन्त्रालयले चिनी मिलमा उखु सप्लाई गर्ने दजर्नौ किसानहरुको वर्षौदेखिको बक्यौता रकम नतिर्ने करिब १ दर्जन बढी चिनी उद्योगका सञ्चालकलाई तत्काल पक्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको मन्त्रालय स्रोतले जनाएको छ ।

आफूहरुले उखुको मूल्य नपाएको भन्दै करिब २ सातादेखि राजधानीमै बसेर उखु किसान राजधानीमा आन्दोलनमा उत्रिएपछि गहृको यो निर्देशन आएको हो । यसअघि कृषि र उद्योग वाणिज्य मन्त्रालयले चिनी मिल सञ्चालकमाथि कारबाही गर्न गृहमन्त्रालयसँग सहयोग मागेको २४ घण्टा वित्न नपाउँदै गृहको यो आदेश आएको हो ।

किसानहरुका अनुसार बाराको श्रीराम सुगरमिल्स, रौतहटको ४२ करोड, अन्नपूर्ण चिनी उद्योग, सर्लाहीको ५० करोड र महालक्ष्मी सुगरमिल्सको १० करोड किसानलाई बक्यौता रहेको छ। यस्तै व्यापारी ता सरकारबीचको तालमेल नमिल्दा थप करोडौं रुपियाँको हिसाव पाउनबाट किसानहरु बञ्चित रहेका छन् ।

आन्दोलनरत किसानहरुले आफ्नो बक्यौता पाउनुपर्ने तथा उखुको उचित भाउ तोकिनुपर्ने भन्दै करिब २ सातादेखि आन्दोलन गरिरहेका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

गायिका राउतले गरिन् प्रहरी समक्ष ‘आत्मसमर्पण’ गायिका राउतले गरिन् प्रहरी समक्ष ‘आत्मसमर्पण’

२०७६ माघ १३ गते सोमबार

२७ जनवरी, २०२० काठमाडौं । अभद्र व्यवहारसम्बन्धी कसुरमा पक्राउ...

काठमाडौंमा रहेका अमेरिकीहरुलाई मंगलबार विमान चार्टर गरेर स्वदेश ल्याईँदै काठमाडौंमा रहेका अमेरिकीहरुलाई मंगलबार विमान चार्टर गरेर स्वदेश ल्याईँदै

२०७६ चैत्र १६ गते आइतबार

२९ मार्च, २०२० सुनिल तिवारी / न्यूर्योक । अमेरिकाले...

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एकको कोरोनाका कारण मृत्यु पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एकको कोरोनाका कारण मृत्यु

२०७७ श्रावण २५ गते आइतबार

०९ अगस्ट, २०२०लेकसाईड, कास्की । मधुमेहको उपचारका लागि अस्पताल...

नुवाकोट ककनीका एक पुरुषमा कोरोना संक्रमण, संक्रमितको संख्या ६ सय नाघ्यो नुवाकोट ककनीका एक पुरुषमा कोरोना संक्रमण, संक्रमितको संख्या ६ सय नाघ्यो

२०७७ जेठ ११ गते आइतबार

२४ मे, २०२०काठमाडौं । ३ नम्बर प्रदेश अर्थात् बाग्मती...

Top