पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा एमआर आई सेवा शुरु

Best Khabar Team | २०७५ चैत्र १२ गते मंगलबार


२६ मार्च, २०१९
पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिण्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा शुरु गरिएको एमआरआई सेवाको नेपाल सरकारका उपप्रधान, स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले उद्घाटन गर्नुभएको छ । आइतवार अस्पतालमा एक कार्यक्रमकाबीच मन्त्री यादवले रिबन काटेर एम आर आई सेवाको विधिवत उद्घाटन गर्नुभएको हो। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई पश्चिम नेपालको मात्रै नभएर नेपालकै गौरबको प्रतिष्ठान बनाउन सबैको सहकार्यको लागि आग्रह गर्नुभयो। गतवर्षको बजेटमा स्वास्थ्य मन्त्रालयलाई ४.४ प्रतिशत बजेट विनियोजन गरिएकोमा ४ प्रतिशत तलबभक्ता र ०.४ प्रतिशत मात्रै स्वास्थ्य सेवाका लागि भएकाले स्वास्थ्य क्षेत्रले फड्को मार्न नगसकेकोले अहिलेको बजेटमा स्वास्थ्य क्षेत्रमा करिब १० प्रतिशत बजेट छ्ुट्याउनुपर्छ भन्नुहुदै राज्यको श्रोत साधनले मात्रै नभई गैरसरकारी, दाताहरुबाट स्वास्थ्य क्षेत्रमा लगानी अभिवृद्धि गर्नुपर्नेमा उहाँको आग्रह थियो। २१ हजार चिकित्सक आवाश्यक भएको नेपालमा १४ सय चिकित्सकले सेवा पुर्याइरहनु भएको जानकारी दिनुहुदै जनशक्ति, श्रोत साधनको अधिकतम उपयोग गर्दै जनतालाई गुणस्तरीय सेवाका दिनुपर्ने उहाँको भनाई थियो।

विकासको योजना बनाऔं, चरणगत विकासलाई जोड दिदै उहाँले काठमाण्डौं पछिको गुणस्तरीय स्वास्थ सेवा, सुविधा सम्पन्न र पठन पाठन तथा अनुसन्धान हुने स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा विकास गर्न सरकार जुटिरहेको उहाँको भनाई थियो।
एम आर आई सेवाको उद्घाटन पश्चात प्रतिष्ठानका सहकुलपति समेत रहनु भएका मन्त्री यादवले सरकारी अस्पतालहरुमा उपकरण छिटो विग्रने र मर्मत गर्न नसक्ने किन हुन्छ भनि प्रश्न गर्नुहुदै एकपटक सरकारी र निजी अस्पतालमा शुरु गरिएको उपकरण नीजीले सेवा दिइरहेको हुन्छ सरकारी थन्केर बस्नुको अर्थ केहो भन्दै हिफाजत र समयमै मर्मत संभार जरुरी रहेको बताउनुभयो।

वगरको मुटु केन्द्र स्थापना गर्ने जग्गमा आवाश्यक भवन, उपकरण र जनशक्तिका लागि पहल हुने बताउनुहुदै यो वर्ष डिपिआर तयार गरी बहुवर्षिय योजनामा समावेश गर्ने उहाँको भनाइ थियो।

स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिको अध्यक्षतामा भएको कार्यक्रममा उहाँले फागुनदेखि एम आर आइ सेवा शुरु भए पनि औपचारिक उद्घाटन मन्त्रीज्युबाट आइतबार मात्रै गरिएको बताउनुभयो। अब सिटी क्यान, स्नातकोत्तर तहको अध्ययनका लागि तयारी पुरा भएकाले अध्ययन अध्यापनका लागि अनुमतिको माग गर्नुभयो। उद्घाटन कार्यक्रमका अस्पतालका कार्यकारी निर्देशक अजुृर्न आचार्यले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

नेपालले नयाँ नक्सा जारी गरेपछि भारतको पहिलो औपचारिक प्रतिक्रिया : ‘नयाँ नक्सा स्वीकार्न सकिन्न’ नेपालले नयाँ नक्सा जारी गरेपछि भारतको पहिलो औपचारिक प्रतिक्रिया : ‘नयाँ नक्सा स्वीकार्न सकिन्न’

२०७७ जेठ ७ गते बुधबार

२० मे, २०२०काठमाडौं । नेपाल सरकारद्वारा आज जारी भएको...

कोरोनाको संक्रमणबाट नेपाललाई जोगाउन सरकारले ग-यो समिति गठन कोरोनाको संक्रमणबाट नेपाललाई जोगाउन सरकारले ग-यो समिति गठन

२०७६ फाल्गुन १७ गते शनिबार

२९ फ्रेब्रुअरी, २०२०काठमाडौं । विश्वव्यापीरुपमा प्रकोप बन्दै गएको कोरोना...

गायक कटुवालको पक्राउ नियोजित : संगीतकर्मी संघ गायक कटुवालको पक्राउ नियोजित : संगीतकर्मी संघ

२०७६ फाल्गुन ७ गते बुधबार

१९ फेब्रुअरी, २०२०काठमाडौं । लोकदोहारी गायक तथा राष्ट्रिय संगीतकर्मी...

२० वर्षदेखि सञ्चालित पाँच तारे हायत होटल बन्द, सयौं मजदुर मर्कामा २० वर्षदेखि सञ्चालित पाँच तारे हायत होटल बन्द, सयौं मजदुर मर्कामा

२०७६ असार ३ गते मंगलबार

१७ जुन, २०१८ काठमाडौं । काठमाडौंको बौद्धमा सञ्चालित पाँचतारे...

Top