Best Khabar Team | २०७६ पुष १३ गते आइतबार

२९ डिसेम्बर, २०१९
काठमाडौं । सिमा विवादसम्बन्धी ज्ञापनपत्र बुझाउने जाने क्रममा प्रहरीले नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादीका उपाध्यक्ष सीपी गजुरेलसहितका कार्यकर्तालाई सिंहदबारबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा उपाध्यक्ष गजुरेलसहित सिंहदबार पुगेका नेका माओवादीका करिब एक दर्जन कार्यकर्ता रहेका छन् । उनीहरुले लिपुलेक, लिम्पियाधुरालगायतका क्षेत्र अतिक्रमण गरी भारतले बनाएको नयाँ नक्सा तत्काल सच्चाउन दबाब दिने उद्देश्यले उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेललाई ज्ञापनपत्र बुझाउने तयारी गर्दै थिए । यस क्रममा गजुरेलसहितका नेता तथा कार्यकर्ताहरु ठूलो भीड लिएर सिंहदबारको दक्षिण ढोका अगाडि पुगेकै बेला प्रहरीले उनीहरुलाई त्यहाँबाट नियन्त्रणमा लिएको बताइएको छ ।

ठूलो भीडसहित सिंहदबार प्रवेश गर्न लागेको बेला प्रहरीले रोक्न खोज्दा दुबैतर्फबाट ठेलमेठेल भएपछि प्रहरीले प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको थियो । पक्राउ परेकाहरुलाई सिंहदबारस्थित प्रहरी बृत्तमा राखिएको छ । गजुरेल मोहन बैद्य नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी माओवादीका उपाध्यक्ष हुन् ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
प्रधानमन्त्री दाहालको निर्देशनमा रोकियो परराष्ट्रमन्त्रीको जेनेभा आउने कार्यक्रम
२०७९ फाल्गुन १४ गते आइतबार
२६ फेब्रुअरी, २०२३जेनेभा, स्वीट्जरल्याण्ड । परराष्ट्रमन्त्री विमला राई पौडेलको...
कर्णाली प्रदेशमा व्यापक हिमपात, २ बालकको ज्यान गयो, जनजीवन अस्तव्यस्त
२०७६ पुष १९ गते शनिबार
०४ जनवरी, २०२० काठमाडौं । विकट कर्णाली प्रदेशमा हिजो...
आफ्ना बारेमा चलेका निराधार हल्ला चिर्दै १८ दिनपछि झुल्किए उत्तर कोरियाली राष्ट्रपति किम
२०७७ बैशाख २० गते शनिबार
०२ मे, २०२०सिओल, दक्षिण कोरिया । आफ्ना बारेमा चलेका...
भागरथीको हत्यारा को ?
२०७७ माघ २६ गते सोमबार
०८ फेब्रुअरी, २०२१बैतडी–बिकट पहाडी जिल्ला बैतडीकी एक किशोरीको माघ...
Top