गायक रामकृष्ण ढकाल र श्रीमती निलमबीच सम्बन्ध विच्छेद

Best Khabar Team | २०७६ पुष ९ गते बुधबार


२५ डिसेम्बर, २०१९
काठमाडौं । नेपाली पप तथा आधुनिक गीतको क्षेत्रमा चर्चित गायकका रुपमा आफूलाई स्थापित गराउन सफल रामकृष्ण ढकालको बैवाहिक जीवन भने असफलसावित भएको छ । गायक ढकाल र उनकी श्रीमती निमल ढकालबीच आज औपचारिक रुपमै सम्बन्ध विच्छेद भएको हो ।

उनीहरुले केहीवर्षअघि प्रेम विवाह गरेका थिए । पछिल्लो समय उनीहरुबीच मतभेद बढ्दै गएपछि सम्बन्ध विच्छेदको बाटो रोज्नुपरेको हो । रामकृष्णकी श्रीमती निलमले जिल्ला अदालत काठमाडौंमा दिएको निवेदन अनुसार अंश नलिने गरी रामकृष्ण र निमलबीचको सम्बन्धमा आजदेखि पूर्णविराम लागेको हो ।

तस्वीर : पत्नी र छोरीका साथमा गायक रामकृष्ण ढकाल

यद्यपि छोरी भने निलमले पालनपोषण गर्ने सहमती भएको छ । जिल्ला अदालत न्यायाधीश विदुर कोइरालाको इजलासले ढकाल दम्पत्तिबीचको सम्बन्धविच्छेद्को मुद्दा टुंगोमा पु-याएको हो ।

हिजोमात्रै निमलले जिल्ला अदालतमा सम्बन्ध विच्छेदको लागि निवेदन दिएकी थिइन् । पछिल्लो समयमा कलाकारहरुबीच सम्बन्ध विच्छेद्को घटना बढ्दै गएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

बेलायतमा कोरोना : अर्का नेपालीको निधन, कास्की घान्द्रुकका गुरुङ्गले गुमाए अस्पतालमा ज्यान बेलायतमा कोरोना : अर्का नेपालीको निधन, कास्की घान्द्रुकका गुरुङ्गले गुमाए अस्पतालमा ज्यान

२०७७ बैशाख १ गते सोमबार

१३ अप्रिल, २०२० लण्डन । बेलायतमा कोरोनाको संक्रमणबाट पूर्व...

५ बुँदे सहमतिमा टुंग्याईयो उखु किसानको काठमाडौं केन्द्रीत आन्दोलन ५ बुँदे सहमतिमा टुंग्याईयो उखु किसानको काठमाडौं केन्द्रीत आन्दोलन

२०७६ पुष १८ गते शुक्रबार

०३ जनवरी, २०२०काठमाडौं । चिनी मिललाई दिइएको उखुको बक्यौता...

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एकको कोरोनाका कारण मृत्यु पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एकको कोरोनाका कारण मृत्यु

२०७७ श्रावण २५ गते आइतबार

०९ अगस्ट, २०२०लेकसाईड, कास्की । मधुमेहको उपचारका लागि अस्पताल...

कोरोनाका कारण पोर्चुगलले आन्तरिक उडानमा लगाएको मापदण्ड  जुन १ बाट हटाइँदै कोरोनाका कारण पोर्चुगलले आन्तरिक उडानमा लगाएको मापदण्ड जुन १ बाट हटाइँदै

२०७७ जेठ १० गते शनिबार

२३ मे, २०२०पोर्तिमाउ, पोर्चुगल । पोर्गुगल सरकारले यसअघि लगाएको...

Top