Best Khabar Team | २०७६ पुष ९ गते बुधबार

२५ डिसेम्बर, २०१९
काठमाडौं । नेपाली पप तथा आधुनिक गीतको क्षेत्रमा चर्चित गायकका रुपमा आफूलाई स्थापित गराउन सफल रामकृष्ण ढकालको बैवाहिक जीवन भने असफलसावित भएको छ । गायक ढकाल र उनकी श्रीमती निमल ढकालबीच आज औपचारिक रुपमै सम्बन्ध विच्छेद भएको हो ।
उनीहरुले केहीवर्षअघि प्रेम विवाह गरेका थिए । पछिल्लो समय उनीहरुबीच मतभेद बढ्दै गएपछि सम्बन्ध विच्छेदको बाटो रोज्नुपरेको हो । रामकृष्णकी श्रीमती निलमले जिल्ला अदालत काठमाडौंमा दिएको निवेदन अनुसार अंश नलिने गरी रामकृष्ण र निमलबीचको सम्बन्धमा आजदेखि पूर्णविराम लागेको हो ।

यद्यपि छोरी भने निलमले पालनपोषण गर्ने सहमती भएको छ । जिल्ला अदालत न्यायाधीश विदुर कोइरालाको इजलासले ढकाल दम्पत्तिबीचको सम्बन्धविच्छेद्को मुद्दा टुंगोमा पु-याएको हो ।
हिजोमात्रै निमलले जिल्ला अदालतमा सम्बन्ध विच्छेदको लागि निवेदन दिएकी थिइन् । पछिल्लो समयमा कलाकारहरुबीच सम्बन्ध विच्छेद्को घटना बढ्दै गएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
ताईवानका बायुसेना प्रमुखको हेलिकप्टर दुर्घटनामा परी निधन
२०७६ पुष १७ गते बिहिबार
०२, जनवरी, २०२० ताईपेइ । ताईवानका बायुसेना प्रमुखको हेलिकोप्टर...
पाल्पाका एक पुरुषको कोरोनाबाट मृत्यु : देशभर मृतकको संख्या १० पुग्यो
२०७७ जेठ २२ गते बिहिबार
०४ जुन, २०२०तानसेन, पाल्पा । जिल्लाको पूर्वखोला गाउँपालिका घर...
‘मृत्युपछि भौतिक शरीर अस्पताललाई दान’ : संस्कृतिबिद् दम्पत्तिको प्रेरणादायी घोषणा
२०७७ माघ ३० गते शुक्रबार
१२ फेब्रुअरी, २०२१काठमाडौं । मान्छेको मृत्यु भएपछि उसको भौतिक...
विश्वभर कोरोनाका कारण ज्यान गुमाउनेको संख्या डेढलाख नाघ्यो
२०७७ बैशाख ५ गते शुक्रबार
१७ अप्रिल, २०२०लिंकरोभर, बेल्जियम । गत २०१९ सालको डिसेम्बर...
Top