साउदी पत्रकार हत्या प्रकरण : ५ जनालाई मृत्युदण्ड, ३ लाई जेल सजायाँ

Best Khabar Team | २०७६ पुष ७ गते सोमबार



फाइल तस्वीर : हत्या गरिएका साउदी पत्रकार जमाल

२४ डिसेम्बर, २०१९
रियाद । सन् २०१८ को अक्टोबर पहिलो साता एउटा सनसनीपूर्ण समाचारहरु अन्र्तराष्ट्रिय सञ्चारमाध्यमहरुको प्रमुख समाचारको विषय बन्यो । टर्कीमा रहेको साउदी अरेवियन दुतावासमा एकजना साउदी पत्रकारको हत्या भएको सो समाचारपछि यसको अन्र्तराष्ट्रिय स्तरमा ठूलै विरोध भयो ।

साउदीका पुराना तथा स्वतन्त्र विश्लेषण गर्ने पत्रकार जमाल खाशोज्जीलाई दुतावासभित्रै हत्या गरेको विषयमा तत्कालीन रुपमा विरोध भएपनि यो विषय बीचमा खासै चर्चाको विषय बनेको थिएन । टर्कीको इस्तानबुलमा रहेको साउदी अरेवियन वाणिज्य दुतावासमा पत्रकार जमालको हत्या गरिएको र उनको शव सुटकेशमा राखेर बाहिर निकालिएको समाचारहरु बाहिर आएपछि घटनाको सत्यतथ्य छानबिन गर्न अन्र्तराष्ट्रिय समुदायबाट चर्को दबाब साउदी अरेविया सरकारमाथिमाथि परेको थियो ।

तर साउदी सरकारले भने पत्रकार जमालको हत्या भएको कुरा स्वीकार नै गर्न मानेन । साउदी सरकारका कडा आलोचक भएकै कारण जमाल निसानामा परेका थिए । उनी विगत लामो समयदेखि सरकारको कमी कमजोरी तथा गर्नुपर्ने सुधारलगायतका विषयमा कलम चलाउँदै आएका थिए । घटनाको १४ महिना पछि साउदी अरबकै एक अदालतले घटनामा संलग्न ५ जनालाई मृत्युदण्डको सजायाँ सुनाएको छ भने अन्य तीन जनालाई २४ वर्ष जेल सजयाँ सुनाएको छ ।

सो घटनामा साउदी अरेवियाका युवराज मोहम्मद बिन सलमानको आदेशमा घटना भएको बताइपनि शुरुका महिनाहरुमा यो कुरा साउदी दरबारले स्वीकार गरेको थिएन । तर केही महिना अघि सलमान स्वयंले यो कुरा स्वीकार गरेका थिए । यद्यपि अहिले सरकारी वकिल तथा अदालतले घटनामा संलग्नलाई मृत्युदण्ड दिने बताएपनि साउदी राजकुमारको घटनामा संलग्नता छ छैन भन्ने विषयमा केही जानकारी सार्वजनिक गरेको छैन ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

कोरोना नियन्त्रण पूर्व तयारी : यी हुन्  तत्काल बन्द नहुने सेवाहरु कोरोना नियन्त्रण पूर्व तयारी : यी हुन् तत्काल बन्द नहुने सेवाहरु

२०७६ चैत्र ७ गते शुक्रबार

२० मार्च, २०२० काठमाडौं । सरकारले विश्वव्यापी महामारीको रुपमा...

सीमा अतिक्रमणको विरोध गर्ने सेनाका पूर्वजर्नेल र प्रहरीका पूर्व एआइजी  पत्रकार सम्मेलनबाटै समातिए सीमा अतिक्रमणको विरोध गर्ने सेनाका पूर्वजर्नेल र प्रहरीका पूर्व एआइजी पत्रकार सम्मेलनबाटै समातिए

२०७७ बैशाख २७ गते शनिबार

०९ मे, २०२०काठमाडौं । नेपाली भूमी मिचेर भारतले एकलौटी...

काठमाडौंमा पहिलो पटक राष्ट्रिय गजल  महोत्सव आयोजना हुँदै काठमाडौंमा पहिलो पटक राष्ट्रिय गजल महोत्सव आयोजना हुँदै

२०७६ पुष ७ गते सोमबार

२४ डिसेम्बर, २०१९ काठमाडौं । नेपालमा पहिलो पटक राष्ट्रिय...

माओवादीका केन्द्रीयसहित ८ नेताकार्यकर्ता पक्राउ माओवादीका केन्द्रीयसहित ८ नेताकार्यकर्ता पक्राउ

२०७५ चैत्र ९ गते शनिबार

२३ मार्च, २०१९ काठमाडौं । नेत्र विक्रम चन्द नेतृत्वको...

Top