Best Khabar Team | २०७६ पुष ७ गते सोमबार

२४ डिसेम्बर, २०१९
रियाद । सन् २०१८ को अक्टोबर पहिलो साता एउटा सनसनीपूर्ण समाचारहरु अन्र्तराष्ट्रिय सञ्चारमाध्यमहरुको प्रमुख समाचारको विषय बन्यो । टर्कीमा रहेको साउदी अरेवियन दुतावासमा एकजना साउदी पत्रकारको हत्या भएको सो समाचारपछि यसको अन्र्तराष्ट्रिय स्तरमा ठूलै विरोध भयो ।
साउदीका पुराना तथा स्वतन्त्र विश्लेषण गर्ने पत्रकार जमाल खाशोज्जीलाई दुतावासभित्रै हत्या गरेको विषयमा तत्कालीन रुपमा विरोध भएपनि यो विषय बीचमा खासै चर्चाको विषय बनेको थिएन । टर्कीको इस्तानबुलमा रहेको साउदी अरेवियन वाणिज्य दुतावासमा पत्रकार जमालको हत्या गरिएको र उनको शव सुटकेशमा राखेर बाहिर निकालिएको समाचारहरु बाहिर आएपछि घटनाको सत्यतथ्य छानबिन गर्न अन्र्तराष्ट्रिय समुदायबाट चर्को दबाब साउदी अरेविया सरकारमाथिमाथि परेको थियो ।
तर साउदी सरकारले भने पत्रकार जमालको हत्या भएको कुरा स्वीकार नै गर्न मानेन । साउदी सरकारका कडा आलोचक भएकै कारण जमाल निसानामा परेका थिए । उनी विगत लामो समयदेखि सरकारको कमी कमजोरी तथा गर्नुपर्ने सुधारलगायतका विषयमा कलम चलाउँदै आएका थिए । घटनाको १४ महिना पछि साउदी अरबकै एक अदालतले घटनामा संलग्न ५ जनालाई मृत्युदण्डको सजायाँ सुनाएको छ भने अन्य तीन जनालाई २४ वर्ष जेल सजयाँ सुनाएको छ ।
सो घटनामा साउदी अरेवियाका युवराज मोहम्मद बिन सलमानको आदेशमा घटना भएको बताइपनि शुरुका महिनाहरुमा यो कुरा साउदी दरबारले स्वीकार गरेको थिएन । तर केही महिना अघि सलमान स्वयंले यो कुरा स्वीकार गरेका थिए । यद्यपि अहिले सरकारी वकिल तथा अदालतले घटनामा संलग्नलाई मृत्युदण्ड दिने बताएपनि साउदी राजकुमारको घटनामा संलग्नता छ छैन भन्ने विषयमा केही जानकारी सार्वजनिक गरेको छैन ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
हारेर होइन जितेर हराऔं कोरोना
२०७७ जेठ १९ गते सोमबार
बैदेशिक रोजगारीका लागि जन्मभूमिलाई छाडेर कर्मभूमि कतारमा छु यतिबेला...
पश्चिमी बायुको प्रभाव : शुक्रबारपछि मौसममा सुधार
२०७६ फाल्गुन १३ गते मंगलबार
२५ फेब्रुअरी, २०२० ललितपुर । पश्चिमी बायुको प्रभावका कारण...
‘लकडाउन’ को रुपरेखा परिवर्तन हुने : सरकारले आज औपचारिक निर्णय गर्दै
२०७७ जेठ २८ गते बुधबार
१० जुन, २०२०काठमाडौं । कोरोना संक्रमणलाई मध्यनजर गर्दै २०७६...
यातयात व्यवस्था विभाग बुटबलका तत्कालीन प्रमुख र प्रहरी इन्स्पेक्टर विरुद्ध भ्रष्टाचार मुद्दा
२०७६ पुष ११ गते शुक्रबार
२७ डिसेम्बर, २०१९ गोलपार्क । सवारीसाधनको ट्रायल फेल भएका...
Top