Best Khabar Team | २०७६ पुष ७ गते सोमबार

२४ डिसेम्बर, २०१९ टोरोन्टो । सिमावर्ती नेपाली भूमि अतिक्रमणको विरोधमा क्यानडामा बस्ने नेपालीहरुले क्यानेडास्थित भारतीय दुतावास अगाडि प्रदर्शन गरेका छन् । गैरआवासी नेपाली संघ, अन्र्तराष्ट्रिय समन्व परिषद् क्यानडाको नेतृत्वमा सो प्रदर्शन भएको हो ।
टोरोन्टो । सिमावर्ती नेपाली भूमि अतिक्रमणको विरोधमा क्यानडामा बस्ने नेपालीहरुले क्यानेडास्थित भारतीय दुतावास अगाडि प्रदर्शन गरेका छन् । गैरआवासी नेपाली संघ, अन्र्तराष्ट्रिय समन्व परिषद् क्यानडाको नेतृत्वमा सो प्रदर्शन भएको हो ।
क्यानडाको टोरोन्टोमा रहेको भारतीय दुतावासअगाडि प्लेकार्ड र व्यानरसहित भारतीय गतिविधिको विरोध गर्दै टोली तत्काल नेपाली सिमा फिता गर्न तथा भारतलाई राजनीतिक नक्सा सच्चाउन माग गर्दै उनीहरुले दूतावासमा ज्ञापनपत्र समेत बुझाएका छन् । त्यस क्रममा उनीहरुले ‘सिमा मिच्न पाईँदैन, अतिक्रमित भूमि फिर्तागर, सिमा अतिक्रमण बन्द गर’लगायत उल्लेख गरिएको ब्यानर तथा प्लेकार्ड समेत बोकेका थिए ।
भारतले हालै आफ्नो नयाँ राजनीतिक नक्सा जारी गर्दै नेपालको लिपुलेक, लिम्पुयाधुरालगायतका क्षेत्रसमेतलाई आफ्नो भूभागमा पारेपछि भारतीय यो कदमको विश्वभर रहेका नेपालीहरुले विरोध जनाईरहेका छन् । यसअघि केहीदिन अघि अमेरिकास्थित भारतीय दूतावास अगाडि समेत प्रदर्शन भएको थियो ।
दूतावास अगाडि विरोध प्रदर्शनका क्रममा क्यानडाका विभिन्न क्षेत्रका बस्ने नेपाली समूदायहरुको उपस्थिति रहेको र तत्काल यो निर्णय फिर्ता नलिए भारतका विरुद्ध कडा कदम चल्ने चेतावनी समेत दिएको एनआरएन क्यानका मिडिया कोअर्डिनेटर बद्रि तिमल्सिनाले बेस्टखबर डटकमलाई जानकारी दिएका छन् ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
आगामी बैशाख १८ सम्मका लागि नेपाल आउने सबै विदेशी पर्यटकलाई नेपाल प्रवेशको भिषा बन्द, हवाई र स्थलमार्ग दुबैमा यो नियम लागू हुने
२०७६ चैत्र १ गते शनिबार
१४ मार्च, २०२०काठमाडौं । सरकारले आजराति (आइतबार बिहान १...
दुःखेको मन लिएर हरेक दिन काठमाडौंका सडकमा टेम्पो गुडाउने एक युवकको कथा
२०७६ पुष ११ गते शुक्रबार
– पि.एल . तरंगपुस महिनाको कठ्यांग्रिने जाडोमा काठमाडौं शहर...
सामान्य भन्दा ४ गुणा महंगोमा टिकट विक्री हुन थालेपछि सरकारले लगायो ‘चार्टर फ्लाईट’ माथि प्रतिबन्ध
२०७७ जेठ २४ गते शनिबार
०६ जुन, २०२०काठमाडौं । ‘चार्टर फ्लाईट’का नाममा विभिन्न ट्राभल्स...
बाजुरामा कोरोना राहतमा व्यापक भ्रष्टाचार : ७ किलो चामल हातमा, हस्ताक्षर भने ३० किलो बुझेको भन्दै गर्न लगाईयो
२०७७ असार ४ गते बिहिबार
बाजुराको बडिमालिका नगरपालिकाका हलिया, गरीब, असहाय र श्रमिकलाई कोभिड–१९...
Top