Best Khabar Team | २०७६ पुष ७ गते सोमबार

तपाईँ दहीको पारखी हुनुहुन्छ ? वा तपाईँको परिवारका कोही सदस्यलाई दही औधी मन पर्दछ ? तपाईँले उत्पयकाको भक्तपुरमा उत्पादित जुजु धौं खानुभएको छ ? दहीहरुको राजाको रुपमा परिचित काठमाडौंको जुजु धौं बनाउनेहरुलाई यतिबेला भ्याई नभ्याई छ ।
विशेष गरी चाडपर्व र विवाह ब्रतबन्धको लगनकाका बेला उनीहरुलाई दहि बनाउने चटारोले छुन्छ । मेहनत अनुसारको कमाई पनि भएकाले उनीहरु खुसी छन् । भक्तपुरको व्यासी, सुकुलढोका, मूलढोका, ठिमीलगायतका क्षेत्रका दर्जनौं व्यवसायीहरु दही बनाएर आफू र आफ्नो परिवारको गुजारा चलाईरहेका छन् ।
कतिपयले पुर्खौदेखिको यो पेशालाई आफ्नो दैनिकीको रुपमा अगाडि बनाईरहेका छन् । सुकुलढोकाकी मनमाया धौल भन्नुहुन्छ –“मेरो जीवन दही जस्तै गुलियो छ , ३० वर्षदेखि परिवारको सदस्यसहित जुजु धौ बनाउदै आएको छु । दैनिक खर्च कटाएर महिनामा ४०देखि ६० हजारसम्म बचत गर्दै आएको छु ।

छोरा छोरी राम्रो क्याम्पसमा पढ्छन् ।’ मनमायाजस्तै, नरबहादुर लाखें, रमेश छाःस, दनबीर यशःलगायतपनि यो पेशामा निक्कै खुसी छन् । यद्यपि दहिका लागि चाहिने दुःध संकलन विस्तारै कम हुन थालेपछि भने उनीहरु चिन्नित बनेका छन् ।
तर पुस्तौदेखिको यो पेशालाई निरन्तरता दिन पाउँदा र पछिला वर्षहरुमा दहिको खपत बढ्दै गएकोमा भने उनीहरु आफ्नो पेशा तत्काल संकटमा नपर्नेमा ढुंक्क छन् ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
कोरोना संक्रमणबाट भयभित बन्दै विश्व : कहाँ के भयो ? (विश्वभरको पछिल्लो अपडेटसहित)
२०७६ फाल्गुन १७ गते शनिबार
१ मार्च, २०२०काठमाडौं । चीनको हुवेई प्रान्तबाट करिब साढे...
भारतमा भूकम्प, भूकम्पको केन्द्रबिन्दु हरियाणा
२०७७ जेठ १६ गते शुक्रबार
२९ मे, २०२०नयाँदिल्ली । भारतमा केहीबेरअघि भूकम्प गएको छ...
अमेरिकामा होलिकोप्टर दुर्घटनामा परी विश्वविख्यात खेलाडी ब्रायन्ट सहित ९ को मृत्यु
२०७६ माघ १३ गते सोमबार
२७ जनवरी, २०२० क्यालिफोर्निया । अमेरिकाको क्यालिफोर्नियामा आज दिउँसो...
सोमबारदेखि देशभरका अस्पतालको ओपिडी सेवा पुनः सञ्चालन हुँदै
२०७७ बैशाख २८ गते आइतबार
१० मे, २०२०काठमाडौं । लकडाउनका कारण ७ हप्तादेखि अवरुद्ध...
Top