निर्मला हत्या प्रहरण : एसपी विष्टलाई धरौटीमा छाड्न अदालतको आदेश

Best Khabar Team | २०७५ चैत्र १० गते आइतबार


२४ मार्च, २०१९
काठमाडौं । कैलालीमा केही महिना अघि एक १३ वर्षकी बालिकालाई बलात्कारपछि हत्या गरिएको घटनाका एक अभियोगी नेपाल प्रहरीका उपरीक्षक डिल्लीराज विष्टलाई धरौटीमा छाड्न जिल्ला अदालतले आदेश दिएको छ । पन्तको हत्या भै सकेपछि एसपी विष्टले अभियुक्तलाई यातना दिएको तथा हत्याको प्रमाण नष्ट गर्न मुख्य भूमिका निर्वाह गरेको अभियोग लगाईको थियो ।

आज अदालतले विष्टलाई तत्काल १० लाख ५० हजार रुपैयाँ धरौटी बुझाएर रिहा गर्न आदेश दिएको बताइएको छ । घटनाका समयमा विष्ट कञ्चनपुर जिल्लाका प्रहरी प्रमुख समेत रहेका थिए । प्रमाण नष्ट गरेको अभियोगमा साढे ४ लाख र यातना दिएको अभियोगमा ६ लाख गरी साढे १० लाख धरौटी माग गरिएको अदालत स्रोतको बताई छ ।

घटना पछि सरकारले विष्ट र प्रहरी निरीक्षक जगदिश भट्टलाई गत कात्तिकको पहिलो साता सेवाबाट वर्खास्त गरेको थियो । उनको मुद्दामाथिको थुनछेक बहस शुक्रबार नै सकिएको थियो । तर समय अभावका शुक्रबार मुद्दाको फैसला हुन नसकेको र आज फैसला गरिएको हो ।

विष्टले गत मंगलबार जिल्ला अदालत गएर आत्मसमर्पण गरेका थिए । यसअघि कञ्चनपुर जिल्ला अदालतले ३० फागुनमा मुद्दामा फैसना सुनाउँदै ६ जना प्रहरीलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

काठमाडौंमा रहेका अमेरिकीहरुलाई मंगलबार विमान चार्टर गरेर स्वदेश ल्याईँदै काठमाडौंमा रहेका अमेरिकीहरुलाई मंगलबार विमान चार्टर गरेर स्वदेश ल्याईँदै

२०७६ चैत्र १६ गते आइतबार

२९ मार्च, २०२० सुनिल तिवारी / न्यूर्योक । अमेरिकाले...

नेपालमा कोरोनाबाट ३६ औं मृत्यु : काठमाडौं गोकर्णका ५४ वर्षका पुरुषको उपचारका क्रममा अस्पतालमा निधन नेपालमा कोरोनाबाट ३६ औं मृत्यु : काठमाडौं गोकर्णका ५४ वर्षका पुरुषको उपचारका क्रममा अस्पतालमा निधन

२०७७ असार २७ गते शनिबार

११ जुलाई, २०२०काठमाडौं । काठमाडौंमा कोरोना भाइरसका कारण एकजनाको...

प्रचण्ड पत्नी सिता दाहाललाई थप उपचारका लागि हरिद्वार लगियो (फोटोफिचरसहित) प्रचण्ड पत्नी सिता दाहाललाई थप उपचारका लागि हरिद्वार लगियो (फोटोफिचरसहित)

२०७६ पुष ४ गते शुक्रबार

२० डिसेम्बर, २०१९ नयाँदिल्ली । पार्किन्सन्स रोगबाट पीति नेकपाका...

७८ हजार बढी मास्कसहित काठमाडौंबाट ८ पक्राउ, महंगोमा बेच्ने योजना तुहियो ७८ हजार बढी मास्कसहित काठमाडौंबाट ८ पक्राउ, महंगोमा बेच्ने योजना तुहियो

२०७६ चैत्र १ गते शनिबार

१४ मार्च, २०२०काठमाडौं । काठमाडौं उपत्यकालगायत देशभर सर्जिकल मास्कको...

Top