निर्मला हत्या प्रहरण : एसपी विष्टलाई धरौटीमा छाड्न अदालतको आदेश

Best Khabar Team | २०७५ चैत्र १० गते आइतबार


२४ मार्च, २०१९
काठमाडौं । कैलालीमा केही महिना अघि एक १३ वर्षकी बालिकालाई बलात्कारपछि हत्या गरिएको घटनाका एक अभियोगी नेपाल प्रहरीका उपरीक्षक डिल्लीराज विष्टलाई धरौटीमा छाड्न जिल्ला अदालतले आदेश दिएको छ । पन्तको हत्या भै सकेपछि एसपी विष्टले अभियुक्तलाई यातना दिएको तथा हत्याको प्रमाण नष्ट गर्न मुख्य भूमिका निर्वाह गरेको अभियोग लगाईको थियो ।

आज अदालतले विष्टलाई तत्काल १० लाख ५० हजार रुपैयाँ धरौटी बुझाएर रिहा गर्न आदेश दिएको बताइएको छ । घटनाका समयमा विष्ट कञ्चनपुर जिल्लाका प्रहरी प्रमुख समेत रहेका थिए । प्रमाण नष्ट गरेको अभियोगमा साढे ४ लाख र यातना दिएको अभियोगमा ६ लाख गरी साढे १० लाख धरौटी माग गरिएको अदालत स्रोतको बताई छ ।

घटना पछि सरकारले विष्ट र प्रहरी निरीक्षक जगदिश भट्टलाई गत कात्तिकको पहिलो साता सेवाबाट वर्खास्त गरेको थियो । उनको मुद्दामाथिको थुनछेक बहस शुक्रबार नै सकिएको थियो । तर समय अभावका शुक्रबार मुद्दाको फैसला हुन नसकेको र आज फैसला गरिएको हो ।

विष्टले गत मंगलबार जिल्ला अदालत गएर आत्मसमर्पण गरेका थिए । यसअघि कञ्चनपुर जिल्ला अदालतले ३० फागुनमा मुद्दामा फैसना सुनाउँदै ६ जना प्रहरीलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

यी ४ अस्पतालबाट पाइनेछ अब कोरोनाका खोप लगाएकाहरुले आधिकारिक प्रमाणपत्र यी ४ अस्पतालबाट पाइनेछ अब कोरोनाका खोप लगाएकाहरुले आधिकारिक प्रमाणपत्र

२०७८ श्रावण ८ गते शुक्रबार

२३ जुलाई, २०२१काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र सञ्चालनमा रहेकामध्ये...

अमेरिकी राष्ट्रपति पुगे उत्तर कोरियाली भूमिमा अमेरिकी राष्ट्रपति पुगे उत्तर कोरियाली भूमिमा

२०७६ असार १६ गते सोमबार

०१ जुलाई, २०१९ वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प...

टर्की–सिरिया भूकम्प : मृतकको संख्या ३६ हजार नाघ्यो टर्की–सिरिया भूकम्प : मृतकको संख्या ३६ हजार नाघ्यो

२०७९ फाल्गुन १ गते सोमबार

१३ फेब्रुअरी, २०२३इस्तानबुल । टर्की र सिरियामा गतसाता गएको...

७५ वर्षीया कान्छीमायाले मागिन् जग्गाको निस्सा ७५ वर्षीया कान्छीमायाले मागिन् जग्गाको निस्सा

२०७५ चैत्र १२ गते मंगलबार

२५ मार्च, २०१९ काठमाडौं । लामो समयदेखि आफुहरुले भोगचलन...

Top