Best Khabar Team | २०७४ श्रावण २० गते शुक्रबार
अगस्ट ४, २०१७
काठमाडौं । आपूर्तिमन्त्री शिवकुमार मण्डलले आयल निगमको जग्गा खरिद प्रकरणमा अनियमितता भएको पाइए एक मिनेट पनि ढिलाई नगरी दोषीमाथि कडा भन्दा कडा कारवाही गर्ने चेतावनी दिएका छन् । काठमाडौंमा आज आज पत्रकारहरुसँगको छलफल कार्यक्रममा मन्त्री मण्डलले आयल निगमको जग्गा खरिदमा कमिकमजोरी र व्यापक प्रश्न उठेको उल्लेख गर्दै दोषी भेटिए कारबाहीको दायरामा ल्याउने बताएका हुन् । उनले संसदीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएपछि र उक्त खरिद प्रक्रियामा अनियमितता पाईए दोषीमाथि कडा भन्दा कडा कारवाही गर्ने बताएका हुन् ।
उनले यो घोषणा गरेको केही समयपछि नै संसदीय समितिले सो काण्डमा अनियमितता भएको ठहर गरेको थियो । मन्त्री मण्डलले भने,‘जग्गा खरिद प्रकरणमा यदि अनियमितता भएको पाईए र संसदीय समितिले अनियमितता भएको प्रतिवेदन दिन्छ भने म एक मिनेटपनि ढिलाई नगरी दोषीमाथि कडा भन्दा कडा कारवाही गर्छु।’ उनले भने,‘दोषी देखिए म एक मिनेटपनि ढिलाई नगरीकन कारवाही गर्छु, म कसैको दबाब, हस्तक्षेप स्विकार गर्नेवाला छैन, कारवाही गरेरै छाड्छु।’
यद्धपी उनले जग्गा खरिद गर्ने नीतिगत निर्णय भएको उल्लेख गर्दै भने,‘तेल भण्डारणको लागि जग्गा खरिद गर्ने नीतिगत निर्णय भएको हो, तर यहाँ नियत र प्रक्रियाको कुरा महत्वपूर्ण छ, खरिद गर्ने नाममा अनियमितता र दुरुपयोग भएको पाईए दोषीमाथि कडा भन्दा कडा कारवाही हुन्छ।’ त्यस्तै उनले उक्त प्रकरणबारे सत्यतथ्य जतिसक्दो चाँडो बाहिर ल्याउनको लागि मिडियाले संसदीय छानबिन समिति, र सार्वजनिक लेखा समिति तथा अर्थ समितिलाई मिडियाले दबाब दिनुपर्ने समेत सुझाए ।
उनले आक्रोश पोख्दै भने,‘कुरा धेरै नगरौं, अब काम गरौं, त्यसैले यसबारेमा सत्यतथ्य बाहिर ल्याउनको लागि छानबिन समितिहरुसँग मिडियाले दबाब दिनुहोस्, छानबिनको प्रतिवेदन बाहिर आएपछि काम गर्न सजिलो हुन्छ।’ उनले जग्गा खरिदका लागि टेण्डर आह्वान प्रक्रियाबारे मन्त्रालयका सचिव र आयल निगमका पदाधिकारीसँग थप छलफल गरी आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाउनको लागि यसअघि नै निर्देशन दिईसकेको जानकारी दिए ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थ भण्डारणका लागि खरिद गरिएको जग्गामा ठूलै आर्थिक अनियमितता भएको पाइएपछि संसदीय समितिहरुले यस सम्बन्धमा अनुसन्धान प्रक्रिया अघि बढाएका छन । विचौलियामार्फत ठूलै कमिसन लिएर जग्गा खरिद गरेको पाइएको पनि संसदीय समितिहरुको आरोप छ । मन्त्री मण्डलले पेट्रोलियम पदार्थमा देखिएको लिकेज अन्त्यको लागि पनि आफूले पहलकदमी लिने विश्वास दिलाए । उनका अनुसार भारतमा डिजेल, पेटोल आयात गर्दा रक्सौल नाकाबाट आउने तेलहरु कम देखिने तर सिलगुढी नाकाबाट आउनेहरुमा नघट्ने देखिएको छ ।
भारतका प्रत्येक प्रदेशहरुमा नै क्यालिवेरेशन फरक फरक देखिएकोले दिर्घकालिन रुपमा टेक्निकल समस्याहरु समाधान गर्न आफूले पहल लिने मन्त्री मण्डलले विश्वास दिलाएका हुन् ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
कोरोना संक्रमण बढ्दै गर्दा काठमाडौं जिल्लामा दर्जनौं गतिविधि भदौ १५ सम्मलाई निषेध(विज्ञप्तिसहित)
२०७७ श्रावण ३० गते शुक्रबार
१४ अगस्ट, २०२०काठमाडौं । पछिल्ला दिनमा काठमाडौं उपत्यकामा कोरोना...
युद्ध अपराधको अभियोगमा रुसका राष्ट्रपति पुटिनसहित २ जना विरुद्ध पक्राउ पूर्जी जारी
२०७९ चैत्र ३ गते शुक्रबार
१७ मार्च, २०२३लिंकरोभर, बेल्जियम । युक्रेनमाथि विगत एक वर्षदेखि...
पश्चिमी बायुको प्रभाव : शुक्रबारपछि मौसममा सुधार
२०७६ फाल्गुन १३ गते मंगलबार
२५ फेब्रुअरी, २०२० ललितपुर । पश्चिमी बायुको प्रभावका कारण...
कोरोना नियन्त्रणसम्बन्धी अत्यावश्यकीय सामग्री लिएर चीनबाट नेपाल एयरलाईन्सको विमान आज मध्यरातमा काठमाडौं आइपुग्दै
२०७६ चैत्र १५ गते शनिबार
२८ मार्च, २०२० काठमाडौं । कोरोना भाइरसको प्रकोप र...
Top