ब्रुनाई, कम्बोडिया, भियतनाम तथा इक्वेडरका लागि नेपाली राजदूत नियुक्त

Best Khabar Team | २०७६ पुष २ गते बुधबार


१८ डिसेम्बर, २०१९
काठमाडौं । सरकारले विभिन्न ४ देशका लागि आवासीय राजदूत तथा स्थायी प्रतिनिधि नियुक्त गरेको छ । नेपाल सरकार मन्त्रीपरिषद्को बैठकले गरेको निर्णय अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले आज संविधानको धारा २ सय ८२ को उपधारा १ बमोजिम राजदूत नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

नियुक्त गरिएका राजदूतहरुमा ब्रुनाई तथा दारुसलामका लागि उदयराज पाण्डे, कम्बोडिया, लाओस र भियतनामका लागि गणेशप्रसाद ढकाल, इक्वेडरका लागि अमृतबहादुर राई तथा क्यूवाका लागि भृगु ढुंगा रहनुभएको छ ।

पाण्डेले मलेसिया बसेर ब्रुनाई र दारुसलामस्थित नेपाली दुतावासको काम हेर्नुहुनेछ भने ढकालले थाइल्याण्डमा बसेर, राईले अमेरिकामा बसेर तथा ढुंगानाले क्यानडा बसेर तोकिएका देशको जिम्मेवारी सम्हाल्नुहुने बताइएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १५ सय नाघ्यो देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १५ सय नाघ्यो

२०७७ मंशिर १६ गते मंगलबार

०१ डिसेम्बर, २०२०काठमाडौं । देशभर विगत २४ घण्टायता थप...

१२ घण्टाभित्र सरुवा दरबन्दीमा पुग्न प्रचण्डका पूर्व अंगरक्षक मल्ललाई प्रदेश प्रहरीको निर्देशन १२ घण्टाभित्र सरुवा दरबन्दीमा पुग्न प्रचण्डका पूर्व अंगरक्षक मल्ललाई प्रदेश प्रहरीको निर्देशन

२०७६ पुष १७ गते बिहिबार

०२ जनवरी, २०२० चितवन । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल...

कोरोनाबाट ज्यान गुमाउनेको संख्या विश्वभर ४ लाख नाघ्यो, अमेरिका सबैभन्दा बढी प्रभावित कोरोनाबाट ज्यान गुमाउनेको संख्या विश्वभर ४ लाख नाघ्यो, अमेरिका सबैभन्दा बढी प्रभावित

२०७७ जेठ २४ गते शनिबार

०६ जुन, २०२०न्यूर्योक, अमेरिका । विश्वभर कोरोना (कोभिड–१९) को...

Nepal Visit Year-2020 : Jungle Safari Open At Banke National Park Nepal Visit Year-2020 : Jungle Safari Open At Banke National Park

२०७६ मंशिर २३ गते सोमबार

09 Dec,2019 Banke, Jungle safari has been kept open...

Top