नागरिकता संशोधन कानुनलाई लिएर दिल्लीमा जारी प्रदर्शन उग्रबन्दै

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार


तस्वीर : इन्डिया टुडे

१८ डिसेम्बर, २०१९
नयाँदिल्ली । भारतको राजधानी नयाँदिल्लीमा नागरिकता संशोधन कानुनको विषयलाई लिएर भएको प्रदर्शनमा सुरक्षकर्मी तथा प्रदर्शनकारी गरी दर्जनौं घाइते भएका छन् । दिल्लीको सिलमपुरमा जारी झडपका क्रममा प्रहरीले चलाएको लाठी तथा अश्रुग्याँसबाट थुप्रै प्रदर्शनकारी घाइते बनेका हुन् ।

यस्तै प्रदर्शनकारीले हानेको ढुंंगा, इँटालगायतको प्रहारबाट झण्डै दुई दर्जन सुरक्षाकर्मी घाइते भएका छन् । विगत केहीदिनदेखि जारी झडप दिनप्रतिदिन उग्र बन्दै गएको छ । प्रदर्शनका क्रममा सडकमा गुडेका दर्जनौ सवारी साधनमा क्षति पु-याइएको छ । यसरी क्षति पुगेका गाडीहरुमा निजीकारदेखि विद्यालयका बस, विभिन्न संघ संस्थाका सवारीसाधनलगायत छन् । नागरिकताको विषयमा जारी विवाद भारतको पूर्वीक्षेत्रबाट शुरु भएपछि अहिले यसले देशव्यापी रुपमा प्रर्दशन शुरु गरिएको छ ।

भारतले हालै जारी गरेको नागरिकतासम्बन्धी विधेयकमा मुसलमानहरुलाई विभेद गरेको भन्दै दिल्लीमा रहेको अल जामिया इस्लामिया क्याम्पसमा प्रदर्शन गरेका थिए । सो प्रदर्शनमा प्रहरीले व्यापक दमन गरेपछि त्यसको विरोधमा देशव्यापी रुपमा प्रदर्शन शुरु भएको हो । प्रदर्शन बढ्दै गएपछि सिमलपुरआसापसमा सञ्चालित रेलसेवा समेत अनिश्चितकालका लागि बन्द गरिएको छ । प्रदर्शनकारीहरुले सवारी साधन घरका सिसाहरुमा तोडफोड गरेका छन् ।

तस्वीर सौजन्य : भारतीय फोटो पत्रकार जावेद सुल्तान

प्रदर्शनलाई मध्यनजर गर्दै भारतभर सुरक्षाव्यवस्था कडा पारिएको छ । दिल्लीका अलावा अहिले मेघालय, आसामलगायतका पूर्वी क्षेत्रमा प्रदर्शन उग्र बन्दै गएको हो । प्रदर्शनकारीहरुले कतिपय स्थानमा रेलस्टेशनमा समेत आगजनी गरेका छन् । तर सरकारले भने कुनैहालतमा ऐन फिर्ता नहुने स्पष्ट पारेको छ । नागरिकतासम्बन्धी विधेयक अनुसार ३१ डिसेम्बर २०१४ अघि पाकिस्तान, बंगलादेश र अफगानिस्तानबाट भारत प्रवेश गरेका हिन्दु, शिख, बौद्ध, क्रिस्चियन, जैन, फारसीलाई नागरिकता दिने व्यवस्था गरिएको छ । र, विधेयकमा गरिएको व्यवस्थाअनुसार योग्य ठहरिएलाई ६ वर्षभित्र नागरिकता दिने प्रावधान पनि राखिएको छ ।

तस्वीर सौजन्य : भारतीय फोटो पत्रकार जावेद सुल्तान

विधेयक हालैमात्रै भारतका दुवै सदन लोकसभा र राज्यसभाबाट पारित भएसँगै नयाँ कानुनको रुपमा लागू भएको हो ।



Comment from facebook



थप खबर पढ्नुहोस्
शुक्रबार र शनिबार चट्याङ्सहित भीषण वर्षातको सम्भावना, सचेत रहन मौसमविद्को आग्रह शुक्रबार र शनिबार चट्याङ्सहित भीषण वर्षातको सम्भावना, सचेत रहन मौसमविद्को आग्रह

२०७६ चैत्र २४ गते सोमबार

०४ जुन, २०२०काठमाडौं । अरब सागरको दक्षिणपूर्वी भागबाट शुरु...

बेलायतबाट नेपाल आउने सबै उडानमा रोक लगाउने सरकारको निर्णय बेलायतबाट नेपाल आउने सबै उडानमा रोक लगाउने सरकारको निर्णय

२०२६ पुष १७ गते बिहिबार

२२ डिसेम्बर, २०२०काठमाडौं । नेपालले बेलायतबाट नेपालमा हुने सबै...

पाँचवर्ष ओलीको नेतृत्व : पूर्व माओवादी नेता शर्मा पाँचवर्ष ओलीको नेतृत्व : पूर्व माओवादी नेता शर्मा

२०२६ पुष १७ गते बिहिबार

१८ अक्टोबर, २०१९ काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट...

सरकारको दाबी : ‘नेपाल अब मगन्ते र सडक बालबालिका मुक्त देश बन्यो’ सरकारको दाबी : ‘नेपाल अब मगन्ते र सडक बालबालिका मुक्त देश बन्यो’

२०२६ पुष १७ गते बिहिबार

१८ जुन, २०२०काठमाडौं । सरकारले नेपाल अब सडक बालबालिका...

Top