नेपाल भ्रमण वर्ष २०२० : नेपाल एयरलाईन्सले चीन र जापानका थप शहरमा उडान भर्दै

Best Khabar Team | २०७६ मंशिर २९ गते आइतबार


१५ डिसेम्बर, २०१९
काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल बायुसेवा नियमगले नेपाल भ्रमण वर्ष २०२० को सन्दर्भ पारेर जापान र चिनका थप शहरमा उडान भर्ने भएको छ । निगम कार्यकारी समितिको हालै बसेको बैठकका अनुसार जापानको नारिता र चीनको ग्वाङ्जाओ शहरमा थप उडान गर्ने निर्णय भएको हो ।

नेपाल भ्रमण वर्षमा सरकारले २० लाख विदेशी पर्यटक भित्र्या-उने लक्ष लिएसँगै सम्भावित पर्यटकलाई लक्षित गर्दै चीन र र जापानका दुई शहरमा थप उडान भर्न लागेको हो । निगमका अनुसार जापानको नारिता मार्च पहिलो साता र चीनको ग्वाङ्जाओ मार्च दोस्रो सातादेखि उडान शुरु गरिने निगम सञ्चालक समितिको भनाई छ ।

निगमले धेरै अनुसन्धानपछि यी दुई शहरमा थप उडान भर्न लागेको हो । यसअघि निगमले ३ महिना अघिदेखि जापानकै ओसाका कन्साई अन्तरराष्ट्रिय विमानस्थलमा सातामा दुई नियमित उडान भर्दै आएको छ । यता लामो समयको प्रयासपछि निगमको ग्वाङ्जाओ उडान गत मङ्सिर दोस्रो साता निश्चित भएकोे थियो ।

सन् २०२० मार्चको दोस्रो सातादेखि ग्वाङ्जाओ सीधा उडान गर्ने तयारी गरिएको निगमले उल्लेख गरेको छ । उक्त प्रयोजनका निम्ति सबै प्राविधिक तयारी पूरा भइसकेको छ । यो गन्तव्यमा पनि निगमले सातामा तीन दिन उडान भर्नेछ । थप गन्तव्यमा उडान भर्नका लागि आवश्यक सबै तयारी पुरा भै सकको निगम स्रोतको भनाई छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

कोरोनाको इपिसेन्टर बनेको इटलीले पर्यटकलाई स्वागत गर्न शुरु ग-यो कोरोनाको इपिसेन्टर बनेको इटलीले पर्यटकलाई स्वागत गर्न शुरु ग-यो

२०७७ जेठ २१ गते बुधबार

०३ जुन, २०२०रोम । युरोपमा कोरोनाको इपिसेन्टरको रुपमा रहेको...

युरोपको पोर्चुगलमा कोरोना संक्रमण तथा मृत्युदर अत्यन्तै उच्च, प्रधानमन्त्री भन्छन् : स्थिति भयानक भयो युरोपको पोर्चुगलमा कोरोना संक्रमण तथा मृत्युदर अत्यन्तै उच्च, प्रधानमन्त्री भन्छन् : स्थिति भयानक भयो

२०७७ माघ १५ गते बिहिबार

२८ जनवरी, २०२१पोर्तिमाउ, पोर्चुगल । पछिल्ला केहीदिनयता युरोपेली मुलुक...

एकैदिन कोरोना जित्ने नेपालकी यी दुई नारी ! एकैदिन कोरोना जित्ने नेपालकी यी दुई नारी !

२०७७ बैशाख ६ गते शनिबार

– पि.एल. तरंग/ विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिएको कोरोना...

Top