जेन-जीको आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुको सम्झनामा लक्जेम्बर्गमा मैनबत्ती प्रज्ज्वलन (फोटो फिचर)

Best Khabar Team | २०८२ भाद्र २५ गते बुधबार


१० सेप्टेम्बर, २०२५
बेट्टेम्बर्ग, लक्जेम्बर्ग । नेपालमा व्याप्त भ्रष्टाचार तथा विकृतिका विरुद्ध आवाज उठाउँदा राज्यद्वारा गरिएको बर्बर आक्रमणमा परी ज्यान गुमाएका बीर युवाहरुको आत्मको चीर शान्तिको कामना गर्दै नेपाल बाहिर पनि शोकसभा तथा श्रद्धाञ्जली कार्यक्रमहरु भैरहेका छन् । यही क्रममा मंगलबार युरोपेली मुलुक लक्जेम्बर्गको राजधानी लक्जेम्बर्गसिटीस्थित स्ट्रासेनमा श्रद्धाञ्जली तथा मैनबत्ती प्रज्ज्वलन कार्यक्रम सम्पन्न भएको छ । लक्जेम्बर्गमा रहेका नेपाली समुदायको उपस्थितिमा भएको सो कार्यक्रममा सहभागीहरुले काठमाडौंलगायत देशका विभिन्न स्थानमा ‘जेनजी’को अगुवाईमा भएको विरोध कार्यक्रममा ज्यान गुमाएका युवा विद्यार्थीहरुको आत्माको चीर शान्तिको कामना गर्दै मैनबत्ती बाल्नुका साथै पुष्पगुच्छा अर्पण गरेका थिए ।

कार्यक्रममा सहभागी नेपाली समुदायले आन्दोलनका क्रममा घाइतेहरुको स्वास्थ्यलाभको कामना समेत गरेका थिए । शोक सभामा सहभागीहरुले नेपालमा भ्रष्टाचारको अन्त्य हुनुपर्ने, युवा विद्यार्थीहरुमाथि भएको गोली प्रहारका घटनामा दोषीमाथि कडा कारबाही गर्नुपर्नेलगायतका नारा उल्लेखित प्लेकार्ड बोकेका थिए । त्यस क्रममा नेपाली तथा विदेशी समुदायका व्यक्तिहरुले नेपालको नक्साको ढाँचामा तयार पारिएका मैनबत्तीहरु बाल्नुका साथै पुष्पगुच्छा अर्पण गरी मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए । सो कार्यक्रममा लक्जेम्बर्गको स्ट्रासेन नगरपालिकाका मेयर निको पुन्डेल, नेपालका लागि लक्जेम्बर्गका मानार्थ वाणिज्यदूत फ्रान्कोइस प्रुमलगायतको उपस्थिति रहेको थियो । उनीहरुले नेपालमा पछिल्ला दिनहरुमा भै रहेको आन्दोलन र त्यसबाट उत्पन्न परिस्थितिको बारेमा नेपाली समुदायका अगुवाहरुसँग जिज्ञासा राखेका थिए ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

स्पेन सरकारको घोषणा : पोर्चुगल बाहेक अन्य ईयु राष्ट्रसँगको सिमाना जुन २२ देखि खुल्ने स्पेन सरकारको घोषणा : पोर्चुगल बाहेक अन्य ईयु राष्ट्रसँगको सिमाना जुन २२ देखि खुल्ने

२०७७ जेठ ३२ गते आइतबार

१४ जुन, २०२०सेभिल्ला, स्पेन । कोरोना भाइरस (कोडिभ–१९) को...

भोलिदेखि तय भएको एसईइ परीक्षा अन्तिम समयमा आएर स्थगित भोलिदेखि तय भएको एसईइ परीक्षा अन्तिम समयमा आएर स्थगित

२०७६ चैत्र ५ गते बुधबार

१८ मार्च, २०२० काठमाडौं । चौतर्फी दबाबपछि भोलिदेखि तय...

कोरोनाको त्रासदीकै बीच नेपालमा मध्यरातमा भूकम्प, अबस्था सामान्य कोरोनाको त्रासदीकै बीच नेपालमा मध्यरातमा भूकम्प, अबस्था सामान्य

२०७७ बैशाख ३० गते मंगलबार

१२ मे, २०२०चरिकोट । एकैदिन ८३ जना कोरोना संक्रमित...

यातयात व्यवस्था विभाग बुटबलका तत्कालीन प्रमुख र प्रहरी इन्स्पेक्टर विरुद्ध भ्रष्टाचार मुद्दा यातयात व्यवस्था विभाग बुटबलका तत्कालीन प्रमुख र प्रहरी इन्स्पेक्टर विरुद्ध भ्रष्टाचार मुद्दा

२०७६ पुष ११ गते शुक्रबार

२७ डिसेम्बर, २०१९ गोलपार्क । सवारीसाधनको ट्रायल फेल भएका...

Top