Best Khabar Team | २०८२ श्रावण ८ गते बिहिबार
बैंकक, थाइल्याण्ड । करिब १ सय वर्ष पुरानो सिमा विवादलाई लिएर दक्षिण पूर्वी एसियाली देश थाइल्याण्ड र कम्बोडियाबीच आक्रमण शुरुभएको छ । पछिल्ला २४ घण्टा यता दुईदेशबीच भएको रकेट आक्रमणमा परी यो समाचार तयार पार्दासम्म कम्तीमा १२ जनाले ज्यान गुमाएका छन् भने कयन् घाइते भएका छन् । आक्रमणमा परी परी हालसम्म थाइल्याण्डमा मात्रै १२ जनाले ज्यान गुमाएका छन् ।

जसमा राष्ट्रिय सुरक्षा फौजमा रहेका एक सैनिक अधिकारी, एक बालक र अन्य १० जना सर्वसाधारण रहेको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् । कम्बोडियातर्फ भएको जनधनको क्षतिको बारेमा कुनै जानकारी सार्वजनिक भएको छैन । अवस्था गम्भीर बनेपछि कम्बोडियाको सीमावर्ती थाइल्याण्डको सुरिन प्रान्तको काब चोइङ गाउँमा मा बसोबास गर्ने ५० हजार स्थानीयलाई अन्यत्र सारिएको थाइल्याण्डको समाचार माध्यमहरुले जनाएका छन् ।
स्थानीय समय अनुसार आज बिहान कम्बोडियाले थाइल्याण्डको सिमावर्ती सुरिन प्रान्तको काब गाउँ क्षेत्रमा २ वटा रेकट आक्रमण गरेको थियो । बस्तीमा रकेट आक्रमण भएपछि त्यसको जवाफमा थाइल्याण्डले पनि लडाकू विमानमार्फत् कम्बोडियाको सैन्य अड्डामा बम खसालेको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
सन् १९५३ मा फ्रान्सबाट कम्बोडिया स्वतन्त्र भएपछि विभिन्न समयमा यी दुईदेशबीच सिमा विवादका घटनाहरु सार्वजनिक भै रहेका छन् । सन् २००८ मा कम्बोडियाले ऐतिहासिक महत्वको मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने प्रयास गरेपछि दुई देशबीचको विवाद थप चुलिँदै आएको थियो ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
झुल्कियो इस्वी सम्वत् २०२० को पहिलो घाम
२०७६ पुष १६ गते बुधबार
०१ जनवरी २०२०विगतका वर्षहरुमा जस्तै घरका भित्ताहरुमा राखिएका अंग्रेजी...
कुबेत, बहराइन र दुबईमा शुक्रबारमात्रै थप ३५ नेपालीमा कोरोना संक्रमण
२०७७ बैशाख ५ गते शुक्रबार
१७ अप्रिल, २०२० मानमा । बैदेशिक रोजगारीको लागि बहराईन...
गतवर्ष भन्दा १ सय मेट्रिक टन बढी कन्दमुल काठमाडौं भित्रि-यो, भारबाट तरुल बढी आयात
२०७६ पुष २९ गते मंगलबार
१४ जनवरी, २०२० काठमाडौं । विशेषत हिन्दुहरुले मनाउने माघे...
कोरोना संक्रमित भागे गोली चलाउन प्रजिअ नेतृत्वको समितिको आदेश
२०७७ जेठ २ गते शुक्रबार
१५ मे, २०२०वीरगञ्ज, पर्सा । पर्सामा कोरोना संक्रमितहरुले स्वास्थ्यकर्मीले...
Top