Best Khabar Team | २०८० कार्तिक ५ गते आइतबार
२२ अक्टोबर, २०२३
सल्यानटार, धादिङ्ग । धादिङ्गको ज्वालामूखि गाउँपालिका वडा नम्बर ५ को खरी भन्ने ठाउँलाई केन्द्रबिन्दु बनाएर आज बिहान भूकम्प गएको छ । आज बिहान केही घण्टाको अन्तरालमा ४ पटकसम्म भूकम्पको कम्पन महशुस गरिएको स्थानीयबासीले बताएका छन् । पहिले गएको भूकम्प ६ दशमलव १ रेक्टर स्केलको भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

त्यसपछि निरन्तर रुपमा पराकम्पन गएको र त्यसका कारण खरी आसपासमा रहेका केही दर्जन घरहरुमा क्षति पुगेको छ । भूकम्पको कारण अहिलेसम्म कुनै मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । केन्द्रका अनुसार यो भूकम्प नयाँ नभै २०७२ सालमा गोर्खाको बारपाकलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पकै पराकम्पन भएको बताइएको छ । भूकम्पको धक्का छिमेकी काठमाडौ, गोरखा, चितवन, नुवाकोटलगायतका जिल्लामा पनि महशुस गरिएको थियो । भूकम्पका कारण खरी क्षेत्रका केही जमिनमा चिरा परेको तथा बुढीगण्डकी क्षेत्रमा रहेका केही तटीय जमिन समेत चिरिएको छ ।
निरन्तर भूकम्पको धक्का महशुस भएपछि स्थानीय वासिन्दा दशैको बेला त्रसित बनेको स्थानीय पत्रकार नवराज छत्कुलीले बेस्टखबरलाई जानकारी दिए । यसैबीच भूकम्प आएलगत्तै घरको दोश्रो तलाबाट हामफाल्ने क्रममा गोर्खामा एक महिला घाइते भएकी छन् । घाइते हुनेमा गोरखाको गोरखानगरपालिका वडा नम्बर ३ नारेश्वर भोगटेनीकी ३० वर्षीया सरस्वती थापा रहेकी छन् । उनलाई उपचारका लागि चितवन लगिएको र उनको अवस्था सामान्य रहेको बताइएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
परिवारका १४ जनामा संक्रमित भेटिएपछि मोरङ्गको रंगेली बजार अनिश्चितकालका लागि बन्द
२०७७ श्रावण २० गते मंगलबार
०४ अगस्ट, २०२०विराटनगर, मोरङ्ग । मोरङ्गको रंगेली बजारमा २२...
ज्ञान लिएर जाने होइन, छोडेर जाने हो
२०७७ मंशिर २७ गते शनिबार
– पद्मप्रसाद शर्मा घोराहीउपमहानगरपालिका ९, अस्पारा, दाङ हरेक मानवमा...
सेनापरिचालन विधेयकबारे सबैको फरक धारणा
२०७५ चैत्र १२ गते मंगलबार
२६ मार्च, २०१९ काठमाडौ ।सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी...
आगामी बैशाख १८ सम्मका लागि नेपाल आउने सबै विदेशी पर्यटकलाई नेपाल प्रवेशको भिषा बन्द, हवाई र स्थलमार्ग दुबैमा यो नियम लागू हुने
२०७६ चैत्र १ गते शनिबार
१४ मार्च, २०२०काठमाडौं । सरकारले आजराति (आइतबार बिहान १...
Top