Best Khabar Team | २०८० कार्तिक ५ गते आइतबार
२२ अक्टोबर, २०२३
सल्यानटार, धादिङ्ग । धादिङ्गको ज्वालामूखि गाउँपालिका वडा नम्बर ५ को खरी भन्ने ठाउँलाई केन्द्रबिन्दु बनाएर आज बिहान भूकम्प गएको छ । आज बिहान केही घण्टाको अन्तरालमा ४ पटकसम्म भूकम्पको कम्पन महशुस गरिएको स्थानीयबासीले बताएका छन् । पहिले गएको भूकम्प ६ दशमलव १ रेक्टर स्केलको भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

त्यसपछि निरन्तर रुपमा पराकम्पन गएको र त्यसका कारण खरी आसपासमा रहेका केही दर्जन घरहरुमा क्षति पुगेको छ । भूकम्पको कारण अहिलेसम्म कुनै मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । केन्द्रका अनुसार यो भूकम्प नयाँ नभै २०७२ सालमा गोर्खाको बारपाकलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पकै पराकम्पन भएको बताइएको छ । भूकम्पको धक्का छिमेकी काठमाडौ, गोरखा, चितवन, नुवाकोटलगायतका जिल्लामा पनि महशुस गरिएको थियो । भूकम्पका कारण खरी क्षेत्रका केही जमिनमा चिरा परेको तथा बुढीगण्डकी क्षेत्रमा रहेका केही तटीय जमिन समेत चिरिएको छ ।
निरन्तर भूकम्पको धक्का महशुस भएपछि स्थानीय वासिन्दा दशैको बेला त्रसित बनेको स्थानीय पत्रकार नवराज छत्कुलीले बेस्टखबरलाई जानकारी दिए । यसैबीच भूकम्प आएलगत्तै घरको दोश्रो तलाबाट हामफाल्ने क्रममा गोर्खामा एक महिला घाइते भएकी छन् । घाइते हुनेमा गोरखाको गोरखानगरपालिका वडा नम्बर ३ नारेश्वर भोगटेनीकी ३० वर्षीया सरस्वती थापा रहेकी छन् । उनलाई उपचारका लागि चितवन लगिएको र उनको अवस्था सामान्य रहेको बताइएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
अमेरिका छि-यो कोरोना भाईरस, एक अमेरिकी युवकमा कोरोनाको संक्रमण
२०७६ माघ ८ गते बुधबार
२२ जनवरी, २०२०वासिङ्गटन् । अमेरिकाको वासिङ्गटन राज्यमा एक अमेरिकी...
झण्डै १ दर्जन देशमा राजदूत नियुक्त गर्ने ओली सरकारको निर्णय देउवा नेतृत्वको सरकारद्वारा खारेज
२०७८ श्रावण ४ गते सोमबार
१९ जुलाई, २०२१काठमाडौं । विश्वका विभिन्न ११ देशका लागि...
भारतद्वारा अतिक्रमित भूमि समावेश गरी नयाँ नक्सा सार्वजनिक गर्ने सरकारको तयारी
२०७६ मंशिर २७ गते शुक्रबार
१३ डिसेम्बर, २०१९ काठमाडौं । छिमेकी मुलुक भारतले सिमावर्ती...
इटालीका रोग संक्रमण विशेषज्ञ डाक्टर भन्छन् : ‘कोरोना भाइरस कमजोर हुँदै गएको छ’
२०७७ असार ९ गते मंगलबार
२३, जुन, २०२०रोम, इटली । कुनै बेला चीनपछि कोरोना...
Top