गैरआवासीय नेपाली संघको अध्यक्षमा डा. बद्री केसी बिजयी

Best Khabar Team | २०८० कार्तिक २ गते बिहिबार


१९ अक्टोबर, २०२३
लिंकरोभर, बेल्जियम । काठमाडौंमा जारी गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औं विश्व सम्मेलन अन्तर्गत् भएको चुनावबाट डाक्टर बद्री केसी अध्यक्ष पदमा विजयी भएका छन् । आफ्ना निकटतम प्रतिद्वन्द्वीद्वय महेश श्रेष्ठ र आरके शर्मालाई पराजित गर्दै केसी एनआरएनको अध्यक्षमा विजयी भएका हुन् ।

उनले १ हजार ३ सय ७८ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी श्रेष्ठले १ हजार २ सय २५ र शर्माले १ हजार २ सय ८१ मत प्राप्त गरेका छन् । सम्मेलनले ६ उपाध्यक्ष समेत चयन गरेको छ । जसमा डा. हेमराज शर्मा, रोविन शेरचन, रामशरण सिंखडा, खगेन्द्र न्यौपाने, राज रेग्मी र डाक्टर विनोद श्रेष्ठ विजयी भएका छन् । बेल्जियम निवासी अनुजा प्रधान महिला उपाध्यक्षमा विजयी भएकी छन् । उनकी निकटतम प्रतिद्वन्द्वी वेगम सैयदले १ हजार ९ सय १४ मत प्राप्त गर्दा अनुजाले एक हजार ९ सय ४७ मत प्राप्त गरेर विजयी भएकी हुन् ।

महासचिवमा गौरीराज जोशी, उपमहासचिवमा सोम सापकोटा र प्रविन गुरुङ्ग विजयी भएका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

संखुवासभाको सिसुवामा भीषण पहिरो, ८ घर बगायो, ११ जना वेपत्ता संखुवासभाको सिसुवामा भीषण पहिरो, ८ घर बगायो, ११ जना वेपत्ता

२०७७ असार २८ गते आइतबार

१२ जुलाई, २०२०खाँदबारी, संखुवासभा । विगत केहीदिनयता परेको अविरल...

साामजिक सुरक्षा योजनाको विरोधमा बैंक तथा वित्तीय संस्थाका कर्मचारीद्वारा आन्दोलनको चेतवानी साामजिक सुरक्षा योजनाको विरोधमा बैंक तथा वित्तीय संस्थाका कर्मचारीद्वारा आन्दोलनको चेतवानी

२०७६ पुष १५ गते मंगलबार

३१ डिसेम्बर, २०१९ काठमाडौं । नेपाल राष्ट्र बैंकले योगदानमा...

क्यानडा र अमेरिकाको सिमाना थप एक महिनाका लागि बन्द क्यानडा र अमेरिकाको सिमाना थप एक महिनाका लागि बन्द

२०७७ जेठ ६ गते मंगलबार

१९ मे, २०२०टोरन्टो । क्यानडा र अमेरिकाले दुईदेशबीचको सीमा...

अमेरिकामा प्रहरी यातनाबाट अश्वेत नागरिकको मृत्यु प्रकरण : टेलिभिजनमा प्रत्यक्ष प्रशारण गर्दैगर्दा पत्रकारको हातमा प्रहरीको हत्कडी (भिडियोसहित) अमेरिकामा प्रहरी यातनाबाट अश्वेत नागरिकको मृत्यु प्रकरण : टेलिभिजनमा प्रत्यक्ष प्रशारण गर्दैगर्दा पत्रकारको हातमा प्रहरीको हत्कडी (भिडियोसहित)

२०७७ जेठ १७ गते शनिबार

अमेरिकाको मिन्निसोटा राज्यमा एकजना अश्वेत नागरिकको प्रहरीको यातनाबाट मृत्यु...

Top