गैरआवासीय नेपाली संघको अध्यक्षमा डा. बद्री केसी बिजयी

Best Khabar Team | २०८० कार्तिक २ गते बिहिबार


१९ अक्टोबर, २०२३
लिंकरोभर, बेल्जियम । काठमाडौंमा जारी गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औं विश्व सम्मेलन अन्तर्गत् भएको चुनावबाट डाक्टर बद्री केसी अध्यक्ष पदमा विजयी भएका छन् । आफ्ना निकटतम प्रतिद्वन्द्वीद्वय महेश श्रेष्ठ र आरके शर्मालाई पराजित गर्दै केसी एनआरएनको अध्यक्षमा विजयी भएका हुन् ।

उनले १ हजार ३ सय ७८ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी श्रेष्ठले १ हजार २ सय २५ र शर्माले १ हजार २ सय ८१ मत प्राप्त गरेका छन् । सम्मेलनले ६ उपाध्यक्ष समेत चयन गरेको छ । जसमा डा. हेमराज शर्मा, रोविन शेरचन, रामशरण सिंखडा, खगेन्द्र न्यौपाने, राज रेग्मी र डाक्टर विनोद श्रेष्ठ विजयी भएका छन् । बेल्जियम निवासी अनुजा प्रधान महिला उपाध्यक्षमा विजयी भएकी छन् । उनकी निकटतम प्रतिद्वन्द्वी वेगम सैयदले १ हजार ९ सय १४ मत प्राप्त गर्दा अनुजाले एक हजार ९ सय ४७ मत प्राप्त गरेर विजयी भएकी हुन् ।

महासचिवमा गौरीराज जोशी, उपमहासचिवमा सोम सापकोटा र प्रविन गुरुङ्ग विजयी भएका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

चर्चित बलिउड अभिनेता अमिताभ बच्चन र उनका छोरालाई कोरोना संक्रमण : अस्पतालमा उपचार हुँदै चर्चित बलिउड अभिनेता अमिताभ बच्चन र उनका छोरालाई कोरोना संक्रमण : अस्पतालमा उपचार हुँदै

२०७७ असार २८ गते आइतबार

१२ जुलाई, २०२०नयाँदिल्ली । बलिउड क्षेत्रका प्रख्यात अभिनेता अमिताभ...

ललितपुरमा शुक्रबार १८ घण्टे कर्फ्यूको घोषणा ललितपुरमा शुक्रबार १८ घण्टे कर्फ्यूको घोषणा

२०७७ भाद्र १८ गते बिहिबार

०३ सेप्टेम्बर, २०२०सानेपा, ललितपुर । रातो मत्स्येन्द्रनाथको रथ तान्ने...

कोरोनाको इपिसेन्टर बनेको इटलीले पर्यटकलाई स्वागत गर्न शुरु ग-यो कोरोनाको इपिसेन्टर बनेको इटलीले पर्यटकलाई स्वागत गर्न शुरु ग-यो

२०७७ जेठ २१ गते बुधबार

०३ जुन, २०२०रोम । युरोपमा कोरोनाको इपिसेन्टरको रुपमा रहेको...

चीनमा कोरोना संक्रमित ८० को मृत्यु, ३ हजार संक्रमित, सावधानी अपनाउन चिकित्सकको विशेष आग्रह चीनमा कोरोना संक्रमित ८० को मृत्यु, ३ हजार संक्रमित, सावधानी अपनाउन चिकित्सकको विशेष आग्रह

२०७६ माघ १३ गते सोमबार

२७ जनवरी, २०२०बेइजिङ्ग । चीनका विभिन्न स्थानमा कोरोना भाइरसका...

Top