Best Khabar Team | २०७९ चैत्र ३ गते शुक्रबार
१७ मार्च, २०२३
लिंकरोभर, बेल्जियम । युक्रेनमाथि विगत एक वर्षदेखि निरन्तर युद्द छेड्दै आइरहेको रुस र यसका सुप्रिमो रुसी राष्ट्रपति भ्यादिमिर पुटिन सहित उनको कार्यालयमा कार्यरत अर्का एकजना विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । इन्टरनेशनल क्रिमिनल कोर्ट (आईसीसी) ले युद्द अपराधको आरोपमा राष्ट्रपति पुटिनसहित उनको कार्यालयको बालबालिका शाखामा कार्यरत अर्की एक महिला विरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

आईसीसीको पक्राउ पुर्जीमा युक्रेनमा जर्वजस्ती युद्द गरेर युक्रेनका बालबालिकालाई गैरकानुनीरुपमा रुस प्रवेश गर्न बाध्य बनाइएको उल्लेख गरिएको विबिसीले जनाएको छ । नेदरल्याण्डकमा मुख्यालय रहेको आईसीसीले पुटिनसँगै उनको कार्यालयको बालबालिका अधिकार हेर्ने आयुक्त मारिया अल्केस्येभ्ना एल्भोभा बेलोभालाई पनि पक्राउ गर्न आदेश दिएको छ । गत वर्षको फेब्रुअरी २४ देखि रुसले युक्रेनमाथि आक्रमण शुरु गरेको दिनबाटै औपचारिक रुपमा उनीहरुले युद्द अपराध थालेको आइसीसीले जनाएको छ ।

यद्यपि रुसी विदेश मन्त्रालयका प्रवक्ता मारिया जखारोवाले भने यो पक्राउ पुर्जीको कुनै तुक नभएको बताएकी छिन् । उनले आफूहरुले कुनैपनि हिसाबबाट युद्द अपराध नगरेको जीकिर गरेकी छन् । रुसले युक्रेनमाथि युद्द गरेको करिब १३ महिना पुग्न लाग्दा दुबै तर्फबाट हजारौैंको ज्यान गएको छ भने लाखौं विस्थापित भएका छन् । रुसले गरेको आक्रमणका कारण युक्रेनका दर्जनौं शहर खण्डहरमा परिणत भएका छन् । अहिले पनि रुसले युक्रेनमाथि आक्रमण जारी राखेको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
सोमबारबाट देशभर सबै शैक्षिक संस्थामा हुने परीक्षा स्थगित गर्ने सरकारको निर्णय (विज्ञप्तिसहित)
२०७८ बैशाख १२ गते आइतबार
२५ अप्रिल, २०२१काठमाडौं । सरकारले कोरोना भाइरसको जोखिम बढेको...
ललितपुर दुर्घटना : एक पत्रकार र एक कलाकारको ज्यान गयो
२०७६ जेठ १९ गते आइतबार
०२ जुन, २०१९ काठमाडौं । उपत्यकाको ललितपुरमा आज भएको...
‘साइबर क्राइम’ को अभियोगमा पूर्व सचिव उपाध्याय पक्राउ
२०७७ बैशाख १० गते बुधबार
२२ अप्रिल, २०२०काठमाडौं । नेपाल सरकारका पूर्व सचिव भीम...
धादिङ्गका प्रशेष पाण्डेले जिते भ्वाइस अफ नेपाल छैटौं सिजनको उपाधि
२०८२ बैशाख १९ गते शुक्रबार
०२ मे, २०२५काठमाडौ । काठमाडौंमा जारी भ्वाईस अफ नेपाल...
Top