Best Khabar Team | २०७९ चैत्र ३ गते शुक्रबार
१७ मार्च, २०२३
लिंकरोभर, बेल्जियम । युक्रेनमाथि विगत एक वर्षदेखि निरन्तर युद्द छेड्दै आइरहेको रुस र यसका सुप्रिमो रुसी राष्ट्रपति भ्यादिमिर पुटिन सहित उनको कार्यालयमा कार्यरत अर्का एकजना विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । इन्टरनेशनल क्रिमिनल कोर्ट (आईसीसी) ले युद्द अपराधको आरोपमा राष्ट्रपति पुटिनसहित उनको कार्यालयको बालबालिका शाखामा कार्यरत अर्की एक महिला विरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

आईसीसीको पक्राउ पुर्जीमा युक्रेनमा जर्वजस्ती युद्द गरेर युक्रेनका बालबालिकालाई गैरकानुनीरुपमा रुस प्रवेश गर्न बाध्य बनाइएको उल्लेख गरिएको विबिसीले जनाएको छ । नेदरल्याण्डकमा मुख्यालय रहेको आईसीसीले पुटिनसँगै उनको कार्यालयको बालबालिका अधिकार हेर्ने आयुक्त मारिया अल्केस्येभ्ना एल्भोभा बेलोभालाई पनि पक्राउ गर्न आदेश दिएको छ । गत वर्षको फेब्रुअरी २४ देखि रुसले युक्रेनमाथि आक्रमण शुरु गरेको दिनबाटै औपचारिक रुपमा उनीहरुले युद्द अपराध थालेको आइसीसीले जनाएको छ ।

यद्यपि रुसी विदेश मन्त्रालयका प्रवक्ता मारिया जखारोवाले भने यो पक्राउ पुर्जीको कुनै तुक नभएको बताएकी छिन् । उनले आफूहरुले कुनैपनि हिसाबबाट युद्द अपराध नगरेको जीकिर गरेकी छन् । रुसले युक्रेनमाथि युद्द गरेको करिब १३ महिना पुग्न लाग्दा दुबै तर्फबाट हजारौैंको ज्यान गएको छ भने लाखौं विस्थापित भएका छन् । रुसले गरेको आक्रमणका कारण युक्रेनका दर्जनौं शहर खण्डहरमा परिणत भएका छन् । अहिले पनि रुसले युक्रेनमाथि आक्रमण जारी राखेको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
चौतर्फी दबाबपछि कालापानी क्षेत्रमा सशस्त्र प्रहरी पोस्ट स्थापना
२०७७ बैशाख ३१ गते बुधबार
१३ मे, २०२०खलंगा । भारतले नेपालीको सिमावर्ती क्षेत्र दार्चुलामा...
अष्ट्रेलियामा आगोको वितण्डा
२०७६ पुष १९ गते शनिबार
०४ जनवरी, २०२० मेलबर्न । अष्ट्रेलियाको भिक्टोरिया राज्यको जंगलमा...
अमेरिकाको क्यालिफोर्नियामा शक्तिशाली भूकम्प
२०७६ असार २० गते शुक्रबार
०५ जुलाई, २०१९क्यालिफोर्निया । अमेरिकाको क्यालिफोर्नियामा गएराति गएको भूकम्पले...
बहुपति प्रथामा आधारित डकुमेन्ट्री फिल्म यस्तो छ (भिडियोसहित)
२०७६ मंशिर २७ गते शुक्रबार
१३ डिसेम्बर, २०१९ काठमाडौं । बहुचर्चित डकुमेन्ट्री फिल्म ‘भाग्यले...
Top