Best Khabar Team | २०७९ माघ १ गते आइतबार
१५ जनवरी, २०२३
काठमाडौं । पोखरामा आज बिहान भएको विमान दुर्घटना र यसबाट उत्पन्न शोकको घडिमा सरकारले भोलि सोमबार सार्वजनिक विदा दिएको छ । विमान दुर्घटनामा परी ज्यान गुमाउनेहरुप्रति श्रञ्द्धाञ्जली तथा घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै भोलि सार्वजनिक शोक मनाउन सार्वजनिक विदा दिन लागिएको हो ।
नेपाल सरकार मन्त्रीपरिषद्को आज बसेको बैठकले दुर्घटनामा परी ज्यान गुमाएकाको चीर शान्तिको कामना, शोकाकुल परिवारजनमा समवेदना तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामनासहित भोलि राष्ट्रिय विदा दिने निर्णय गरेको हो ।

यसैबीच सरकारले पूर्व सचिव नागेन्द्र घिमिरे संयोजक रहेको ५ सदस्यीय छानबिन समिति गठन गरेको छ । समितिले आजैबाट विमान दुर्घटनाको छानबिन अघि बढाएको छ । पोखरामा भएको विमान दुर्घटना प्रकरणको छानबिन तथा अध्ययनका लागि भन्दै सरकारले घिमिरेको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको हो । समितिमा अवकाश प्राप्त नेपाली सेनाका उपरथी दीपकप्रकाश वास्तोला, अवकाश प्राप्त क्याप्टेन सुनिल थापा, हवाई इन्जिनियर एकराजचन थापा सदस्य तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने सदस्य सचिव रहेका छन्।
उनीहरुलाई डेढ महिनाभित्र घटनाको सत्यतथ्य छानबिन गरी सरकार समक्ष प्रतिबेदन बुझाउन भनिएको । आजको मन्त्रीपरिषद् बैठकले सबै वायु सेवा कम्पनीलाई अनिवार्य रुपमा विमानको प्रभावकारी प्राविधिक परिक्षण गर्नका लागि निर्देशन समेत दिएको छ । नागरिक उड्डयन प्राधिकरणलाई यसको अनुगमनको लागि जिम्मेवारी दिएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
गोरखाको बारपाकमा एउटै परिवारका ३ जना मृत भेटिए
२०७७ फाल्गुन १० गते सोमबार
२२ फेब्रुअरी, २०२१गोर्खाबजार, गोर्खा । गोरखा जिल्लाको पालुङ्गटारमा एउटै...
नेपालीसहित विश्वका आधादर्जन देशका नागरिकलाई लिएर काठमाडौंबाट दोहा उड्यो कतार एयरलाईन्सको चार्टर विमान
२०७७ जेठ ११ गते आइतबार
२५ मे, २०२०, २४ मे, २०२० काठमाडौं । विदेशी...
आममाफी पाएका १५० नेपालीलाई कुवेत सरकारले गरिदियो नि:शुल्क उद्दार
२०७७ असार ४ गते बिहिबार
१८ जुन २०२०कुवेत सिटी । रोजगारीका लागि कुवेत आएका...
सशस्त्रका पूर्वी डिआइजी कोइरालाको पक्षमा प्रधानध्यायधीशको फैलसा पुनरावेदन गर्न सरकारलाई अनुमति
२०७७ श्रावण ११ गते आइतबार
२६ जुलाई, २०२०काठमाडौं । पत्नी हत्याको अभियोगमा सर्वस्वसहित जन्मकैदको...
Top