Best Khabar Team | २०७९ कार्तिक ७ गते सोमबार
२४ अक्टोबर, २०२२
लण्डन । बेलायतले विगत डेढ महिनाको अवधिमा दोश्रोपटक नयाँ प्रधानमन्त्री पाएको छ । यसअघिकी प्रधानमन्त्री लिज ट्रसले एकसता अघि पदबाट राजीनामा दिएपछि भारतीय मुलुका ऋषि सुनक नयाँ प्रधानमन्त्री बनेका हुन् । गत बिहीबार ट्रसले आन्तरिक कारण देखाउँदै प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि आज सुनक प्रधानमन्त्रीको रुपमा चयन भएका हुन् । ऋषि यसअघि कोरोनाको संकटका बेला बेलायतको अर्थमन्त्री बनेका थिए ।

युरोपियन युनियनबाट अलग्यिएपछि र लगत्तैको कोरोनाको महामारीका कारण अर्थतन्त्र कठिन अवस्थामा पुगेका बेला ऋषिले बेलायतको अर्थतन्त्रलाई सहि बाटोमा डोहो¥याएका थिए । त्यतिबेला देखि नै उनको बेलायती जनताले प्रशंसा गर्दै आएका थिए । नवनिर्वाचित प्रधानमन्त्री ऋषिको परिवार पूर्वी अफ्रिकाबाट बेलायत आइपुगेको बताइएको छ । ऋषिको बुबाआमा विगतमा दुबै भारतीय मुलको भएको विबिसीले उल्लेख गरेको छ ।
नवनिर्वाचित प्रधानमन्त्री बेलायतको कन्जरभेटिभ पार्टीका नेता पनि हुन् । यसअघि भएको प्रधानमन्त्री चुनावमा उनी लिज ट्रससँग पराजित भएका थिए भने ट्रसले एक्कासी प्रधानमन्त्रीबाट राजीनामा दिएकी थिइन् । यद्यपि ऋषि सुनक र पूर्वप्रधानमन्त्री बोरिस जोनसनबीच यसअपटक नयाँ प्रधानमन्त्रीका लागि प्रतिस्पर्धा हुने अनुमान गरिएको भएपनि जोनसोनले भने अन्तिम समयमा आएर प्रधानमन्त्री बन्ने अनिच्छा देखाएका थिए । उनी हिन्दुधर्म मान्दछन् भने उनलाई बेलायतको शीर्ष १० धनाढ्य् सांसदको रुपमा चिनिने गर्दछन् ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
विप्लव समूह र प्रहरीबीच पूर्वी नेपालमा गोली हानाहान : २ को मृत्यु एक घाईते
२०७६ असार २५ गते बुधबार
१० जुलाई, २०१९ काठमाडौं । पूर्वी नेपालको भोजपुर जिल्लामा...
बलात्कार काण्ड : पूर्वसभामुख महरा अझै एक महिना थुनामै रहने
२०७६ पुष ३ गते बिहिबार
१९ डिसेम्बर, २०१९ काठमाडौं । संसद सचिवालयकी महिला कर्मचारीमाथि...
लेखक भण्डारी भए ब्रह्मलिन
२०७६ चैत्र १ गते शनिबार
१४ मार्च, २०२०काठमाडौं । नेपाली साहित्यका बरिष्ठ लेखक एवं...
भागरथीको हत्यारा को ?
२०७७ माघ २६ गते सोमबार
०८ फेब्रुअरी, २०२१बैतडी–बिकट पहाडी जिल्ला बैतडीकी एक किशोरीको माघ...
Top