झण्डै १ दर्जन देशमा राजदूत नियुक्त गर्ने ओली सरकारको निर्णय देउवा नेतृत्वको सरकारद्वारा खारेज

Best Khabar Team | २०७८ श्रावण ४ गते सोमबार


१९ जुलाई, २०२१
काठमाडौं । विश्वका विभिन्न ११ देशका लागि नेपाली राजदूत नियुक्त गर्ने केपी ओली नेतृत्वको सरकारको निर्णयलाई वर्तमान सरकारले खारेज गरिदिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको नवगठित सरकारले आज मन्त्रीपरिषद्को बैठक बसेर विभिन्न देशमा राजदूत नियुक्त गर्ने ओली सरकारको निर्णय खारेज गरेको हो ।

फाइल तस्वीर ।

केपी ओली नेतृत्वको सरकारले गएको जेठ १ गते अष्ट्रेलिया, डेनमार्कलगायत ११ देशमा राजदूत नियुक्त गर्ने निर्णय गरेर विभिन्न व्यक्तिको नाम समेत सिफारिस गरेको थियो । तर यसरी सिफारिस भएका मध्य अधिकांश नामहरु प्रधानमन्त्री ओलीका सचिवालयमा कार्यरत कर्मचारी तथा एमाले नेता कार्यकर्ताका आफन्त रहेको सार्वजनिक भएपछि सरकारको चर्को विरोध हुँदै आएको थियो । यस्तै ओलीले संसदीय सुनुवाईमार्फत विभिन्न देशमा राजदूत नियुक्त गर्ने प्रक्रियाको विपरित राजदूत सिफारिस गरेको भन्दै एमालैभित्रैबाट गुनासो आइरहेको थियो ।

सर्वोच्चको आदेशसँगै गठन भएको वर्तमान सरकारले आज मन्त्रीपरिषद्को बैठक बसेर केपी ओली नेतृत्वको सरकारले गरेको तत्कालीन नियर्ण विवादास्पद एवं प्रक्रियासंगत नभएको भन्दै यसलाई खारेज गरिदिएको हो । यो सँगै सरकारले अब संयुक्त अधिराज्य रूस, अष्ट्रेलिया, श्रीलंका, दक्षिण कोरिया, इजिष्ट, ब्राजिल, डेनमार्क, म्यानमार, अरेबिया, बहराइन, अष्ट्रियालगायतका रिक्त ११ देशमा नयाँ राजदूत नियुक्तीका लगि नयाँ प्रक्रिया अघि बढाउने भएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

स्कुल, कलेज र अफिस बन्द भयो : पुराना नेपाली फिल्म पनि हुनसक्छ समय कटाउने माध्यम ( फिल्मसहित) स्कुल, कलेज र अफिस बन्द भयो : पुराना नेपाली फिल्म पनि हुनसक्छ समय कटाउने माध्यम ( फिल्मसहित)

२०७६ चैत्र ६ गते बिहिबार

१९ मार्च, २०२०काठमाडौं । कोरोना भाइरसको प्रकोप विश्वव्यापी बन्दै...

नेपालमा पहिलो पटक पत्रकारलाई कोरोना ! नेपालमा पहिलो पटक पत्रकारलाई कोरोना !

२०७७ बैशाख ३० गते मंगलबार

१२ मे, २०२० वीरगञ्ज । नेपालमा पहिलो पटक सञ्चारकर्मी...

बलिउड अभिनेता ऋषि कपूरको निधन, अस्ताए २४ घण्टामा दुई भारतीय चलचित्र ‘नायक’ बलिउड अभिनेता ऋषि कपूरको निधन, अस्ताए २४ घण्टामा दुई भारतीय चलचित्र ‘नायक’

२०७७ बैशाख १८ गते बिहिबार

३० अप्रिल, २०२०नयाँदिल्ली । पछिल्लो २४ घण्टायता बलिउड क्षेत्रले...

Mount Kailash  & Mystery Mount Kailash & Mystery

२०८० कार्तिक ६ गते सोमबार

– Mohit Borisagar / Known to be the abode...

Top