मे ४ बाट सबै आन्तरिक उडान बन्द हुने : भारत, ब्राजिल र दक्षिण अफ्रिकाबाट हुने उडान पनि रोक्ने सरकारको निर्णय

Best Khabar Team | २०७८ बैशाख १९ गते आइतबार


०२ मे, २०२१
काठमाडौं । बढ्दो कोरोना संक्रमणलाई मध्यनजर गर्दै सरकारले भोलि सोमबार मध्यरातबाट लागुहुने गरी देशभर सञ्चालनमा रहेका सबै आन्तरिक हवाई उडान बन्द गर्ने निर्णय गरेको छ । कोभिड संकट व्यवस्थापन केन्द्रले यसअघि गरेको सिफारिसलाई कार्यान्वयन गर्दै सरकारले यो निर्णय लागू गरेको हो ।

फाइल तस्वीर : त्रिभुवन विमानस्थल ।

योसँगै मे ४ तारिख अर्थात् मंगलबार बिहानैदेखि देशभर हुने सबै राष्ट्रिय उडान अनिश्चितकालका लागि बन्द गरिने भएको छ । नेपाल सरकार मन्त्रीपरिषद्को आज साँझ बसेको बैठकले यो निर्णय गरेको हो । सरकारको यो निर्णयसँगै भोलि सोमबार मध्यरात अघिसम्म मात्रै आन्तरिक उडान हुनेछन् । त्यसपछि मंगलबारदेखि देशभरी सञ्चालनमा रहेका सबै हवाई उडान अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि बन्द हुने भएका छन् ।

पछिल्ला दिनमा काठमाडौं उपत्यकालगायत देशभर कोरोना संक्रमण बढ्दो क्रममा रहेपछि सरकारले बिहीबारबाट उपत्यकालगायतका देशका विभिन्न जिल्लामा निषेधाज्ञा जारी गरेको थियो । योसँगै देशभर सञ्चालनमा रहेका सार्वजनिक तथा निजी गाडी सञ्चालनमा रोक लगाइएपनि हवाई उडान भने सञ्चालमै थियो । तर हवाई उडानबाट यात्रुहरु आउजाउ गर्ने क्रम जारी रहेसँगै कोरोना संक्रमण थप फैलने निष्कर्षसहित हवाई उडानमाथि रोक लगाइएको सरकारी स्रोतको दाबी छ । यसअघि कोभिड १९ संकट व्यवस्थापन केन्द्र अर्थात् सीसीएमसीले तत्काल कोरोना संक्रमण नियन्त्रणमा लिनका लागि हवाई उडान बन्द गर्नुपर्ने सुझाव मन्त्रीपरिषद्मा पेश गरेको थियो । आज साँझ बसेको मन्त्रीपरिषद् बैठकले यो प्रस्तावलाई पारित गरेको हो । तर अत्यावश्यक सेवामा रहेका उडानहरुलाई सरकारको अनुमतिमा चार्टर उडान भर्न दिइने निर्णय मन्त्रीपरिषद्ले गरेको छ ।

यसैबीच सरकारले भोलिदेखि नै लागूहुने गरी छिमेकी मुलुक, दक्षिण अफ्रिका तथा ब्राजिलबाट हुने सबै अन्र्तराष्ट्रिय उडानमाथि समेत रोक्ने निर्णय गरेको छ । यस्तै कोरोना प्रभावित अन्य देशहरुबाट हुने हवाई उडानमाथि पछि बैशाख अन्तिम सातादेखि रोक लगाउने निर्णय भएको मन्त्रीपरिषद् स्रोतको दाबी छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

पोर्चुगलमा बिहीबार एकैदिन ३५ जना कोरोना संक्रमित थपिए, सोमबारबाट सबै शैक्षिक संस्था बन्द हुँदै, देशव्यापी रुपमा ‘हाइ एलर्ट’ जारी गरियो पोर्चुगलमा बिहीबार एकैदिन ३५ जना कोरोना संक्रमित थपिए, सोमबारबाट सबै शैक्षिक संस्था बन्द हुँदै, देशव्यापी रुपमा ‘हाइ एलर्ट’ जारी गरियो

२०७६ फाल्गुन ३० गते शुक्रबार

१३ मार्च, २०२०पोर्तिमाउ । युरोपेली मुलुक पोर्चुगलमा पछिल्लो २...

संक्रमित थपिँदै जाँदा  ब्राजिल बन्यो विश्वकै दोश्रो धेरै कोरोना संक्रमित देश संक्रमित थपिँदै जाँदा ब्राजिल बन्यो विश्वकै दोश्रो धेरै कोरोना संक्रमित देश

२०७७ जेठ १३ गते मंगलबार

२६ मे, २०२०साउ पाउलो । कोरोना भाइरस (कोभिड १९)...

कोरोनाको तेश्रो लहर सामना गर्दै युरोप :अधिकांश देशमा फेरि लकडाउन कोरोनाको तेश्रो लहर सामना गर्दै युरोप :अधिकांश देशमा फेरि लकडाउन

२०७७ चैत्र १३ गते शुक्रबार

२६ मार्च, २०२१लिंकरोभर, बेल्जियम । सन् २०१९ को डिसेम्बरमा...

मस्तिष्कको सर्जरीपछि भारतीय पूर्व राष्ट्रपति मुखर्जीको स्वास्थ्य अवस्था जटिल बन्दै, कोरोनाको संक्रमण पनि देखियो मस्तिष्कको सर्जरीपछि भारतीय पूर्व राष्ट्रपति मुखर्जीको स्वास्थ्य अवस्था जटिल बन्दै, कोरोनाको संक्रमण पनि देखियो

२०७७ श्रावण २९ गते बिहिबार

१३ अगस्ट, २०२०नयाँदिल्ली । केहीसाता अघि मस्तिष्कको सर्जरी गराएका...

Top