उपत्यकासहित ९ जिल्लामा सक्रिय संक्रमित ५ सय बढी : जुनसुकै बेला लकडाउन हुनसक्ने

Best Khabar Team | २०७८ बैशाख १२ गते आइतबार


२५ अप्रिल, २०२१
काठमाडौं । काठमाडौं उपत्यकाका तीनसहित देशभरका ९ जिल्लामा अहिले कोरोना भाइरसबाट संक्रमित भएर विरामी परेका (सक्रिय संक्रमित) को संख्या ५ सय नाघेको छ । योसँगै यी जिल्लाहरुमा स्थानीय प्रशासनले जुनसुकै बेला आवश्यकता अनुसार लकडाउन गर्न सक्ने गरी अधिकार प्राप्त गरेको छ ।

कोरोना नियन्त्रण सम्बन्धी उच्चस्तरीय संयन्त्रको आज बसेको बैठकले सक्रिय संक्रमित ५नाघेका उपत्यकासहितका तराईका जिल्लामा लकडाउन गर्नसक्ने गरी अधिकार स्थानीय प्रशासनलाई प्रदान गरेको थियो । यस्तै कोरोनाका सक्रिय संक्रमित २ सय नाघेपछि पहाडी जिल्लामा पनि लकडाउन गर्नसक्ने गरी स्थानीय प्रशासनलाई अधिकार दिइएको छ । अब यो निर्णयसँगै काठमाडौं, ललितपुर भक्तपुरमा तत्काल पूर्ण वा आंशिक लकडाउन जारी गर्ने र त्यसको स्वरुप के हुने भन्ने विषयमा स्थानीय प्रशासनले आन्तरिक तयारी र छलफल थालेको छ । कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले निषेधाज्ञा लगाउनसक्ने गरी स्थानीय प्रशासनलाई अधिकार दिएसँगै तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले आन्तरिक रुपमा सरोकारबालाहरुसँग अनौपचारिक छलफल थालेका छन् ।

सोमबार यो विषयमा ठोस निर्णय लिने तयारी तीनवटै जिल्लाले गरिरहेको स्रोतले जनाएको छ । काठमाडौं उपत्यका अलावा पूर्वी नेपालको मोरङ, तराईको पर्सा, गण्डकी प्रदेशको कास्की, दाङ, बाँके र रुपन्देही जिल्लामा पनि निषेधाज्ञा जारी गर्ने विषयमा स्थानीय प्रशासनले छलफल थालेको छ । किनकी यी जिल्लाहरुमा पनि आइतबार साँझसम्म सक्रिय संक्रमितको संख्या पाँचसय नाघेको छ । यो समाचार तयार पार्दासम्म बर्दिया जिल्ला प्रशासनले भने आगामी १ साताका लागि भन्दै सोमबारदेखि लागूहुने गरी लकडाउनको घोषणा गरिसकेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

अमेरिकाको नयाँ राष्ट्रपतिमा जो बाइडेन जित नजिक अमेरिकाको नयाँ राष्ट्रपतिमा जो बाइडेन जित नजिक

२०७७ कार्तिक २१ गते शुक्रबार

०६ नोभेम्बर, २०२०न्यूयोर्क, अमेरिका । निर्वतमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई...

बेल्जियममा नेपाल महोत्सव आयोजना गरिँदै बेल्जियममा नेपाल महोत्सव आयोजना गरिँदै

२०७६ जेठ २० गते सोमबार

०३ जुन, २०१९ब्रसेल्स । ‘नेपाली कला संस्कृतिको संरक्षण गरौं,...

मन्त्रीपरिषद्को बैठक बालुवाटारमा : ‘लकडाउन’ एकसाता थपिने सम्भावना मन्त्रीपरिषद्को बैठक बालुवाटारमा : ‘लकडाउन’ एकसाता थपिने सम्भावना

२०७६ चैत्र २४ गते सोमबार

०६ मार्च, २०२० काठमाडौं । सरकारले कोरोना भाइरसको रोकथाम...

कोरोना कहर : ललितपुर जावालाखेलको सदर चिडियाखानामा प्रवेश निषेध कोरोना कहर : ललितपुर जावालाखेलको सदर चिडियाखानामा प्रवेश निषेध

२०७६ चैत्र ६ गते बिहिबार

१९ मार्च, २०२०ललितपुर । नेपालको सबैभन्दा पुरानो र ठूलो...

Top