Best Khabar Team | २०७८ बैशाख २ गते बिहिबार
१५ अप्रिल, २०२१
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर कोरोनाका कारण ५ जनाले ज्यान गुमाएका छन् । स्वास्थय मन्त्रालयले दिएको जानकारी अनुसार देशका विभिन्न अस्पतालमा उपचारमा रहेका ५ जना कोरोना संक्रमितको मृत्यु भएको हो । यस्तै यही अवधिमा देशभर थप ४ सय ९० जनामा कोरोनाको संक्रमण देखिएको छ ।

देशभर भएको ३ हजार ५८८ परीक्षणमध्ये ४९० जनामा संक्रमण देखिएको हो । यस्तै । ५ सय ६४ एन्टिजेन परीक्षणमध्ये थप ४४ जनामा कोरोनाको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले आज गरेको नियमित प्रेस ब्रिफिङ्गमा उल्लेख छ । मन्त्रालयका अनुसार काठमाडौंमा १४५, ललितपुरमा ४३, कास्कीमा ३८, बाँकेमा ८९, मोरङ र दाङमा १३/१३, रुपन्देहीमा १६, महोत्तरी र बाग्लुङमा १०/१० जनामा संक्रमण देखिएको छ ।
यस्तै यही अवधिमा देशभर कोरोना निको भएर १५७ जना घर फर्केका छन् हालसम्म कोरोनाका कारण देशभर ज्यान गुमाउनेको संख्या ३ हजार ६६ पुगेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले जोखिम बढेको भन्दै विद्यालयलगायतका क्षेत्रमा नजान सबैलाई अनुरोध गरेको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
सोलुखुम्बुमा विप्लव समूहले गरे प्रहरी चौकी कब्जाको असफल प्रयास
२०७६ जेठ २० गते सोमबार
०३ जुन, २०१८ काठमाडौं । सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द...
प्रधानमन्त्री दाहाललाई पत्नीशोक
२०८० आश्विन ३ गते बुधबार
१२ जुलाई, २०२३काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी धर्मपत्नी...
बुहानबाट फर्काइने नेपालीलाई राख्न प्राधिकरणका २ भवन खाली गरियो
२०७६ माघ २५ गते शनिबार
०८ फेब्रुअरी, २०२० काठमाडौं । सरकारले कोरोना भाईरसको उद्गम...
अमेरिकामा ‘साइबर संकटकाल’ घोषणा
२०७६ जेठ २ गते बिहिबार
१६ मे, २०१९ न्युयोर्क । विश्वको सर्वशक्तिमान सम्पन्न मुलुक...
Top