चीन सरकारको अनुदानमा प्राप्त ८ लाख डोज कोरोना खोप काठमाडौं आइपुग्यो

Best Khabar Team | २०७७ चैत्र १६ गते सोमबार


२९ मार्च, २०२१
काठमाडौं । कोरोना भाइरस विरुद्ध लडन्का लागि चीनमा उत्पादन भएको भ्याक्सिन (खोप) पहिलो पटक काठमाडौं आइपुगेको छ । चीन सरकारको सहयोगमा नेपाललाई प्राप्त ८ लाख थान खोप आज नेपाल बायुसेवा निगमको विमानबाट सरकारले काठमाण्डौं ल्याएको हो । चिनियाँ कम्पनी सिनोफार्मले उत्पादन गरेको भेरासेल नामक कोरोना भाइरसविरुद्धको खोप चीन सरकारका तर्फबाट नेपालका लागि चिनियाँ राजदूत हउ यान्छीले स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई त्रिभुवन विमानस्थलमा हस्तान्तरण गरेकी छन् ।

सो खोप लिनको लागि नेपाली ध्वजाबाहक नेपाल बायुसेवा निगमको चार्टर विमान हिजो बेइजिङ पुगेको थियो । स्वास्थ्य अधिकारीहरुका अनुसार सो खोपलाई २ देखि ८ डिग्री सेल्सियससम्ममा भण्डारण गर्न सकिने छ । हाल नेपालमा प्रयोगमा रहेको भारतीय उत्पादन कोभिशिल्ड भन्दा यो खोप बढी प्रभावकारी भएको विभिन्न परीक्षणहरुको दाबी छ ।

नेपालमा कोरोना विरुद्ध लड्नका लागि भारत सरकारले उपलब्ध गराउँदै आएको तथा भारतमै उत्पादन भएको कोभिसिल्ड खोप अहिले प्रयोगमा रहेको छ । तर भारतीय खोप भन्दा चिनियाँ खोपको मुल्य बढी रहेको बताइएको छ ।

यो खोपलाई सरकारले काठमाडौं उपत्यकालगायत देशका विभिन्न जिल्लामा पु-याउने र प्राथमिकताका आधारमा नागरिकहरुलाई लगाउने तयारी गरेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

चौतर्फी दबाबपछि कालापानी क्षेत्रमा सशस्त्र प्रहरी पोस्ट स्थापना चौतर्फी दबाबपछि कालापानी क्षेत्रमा सशस्त्र प्रहरी पोस्ट स्थापना

२०७७ बैशाख ३१ गते बुधबार

१३ मे, २०२०खलंगा । भारतले नेपालीको सिमावर्ती क्षेत्र दार्चुलामा...

२७ दिनमा कोरोनालाई जितिन् काठमाडौंकी युवतीले २७ दिनमा कोरोनालाई जितिन् काठमाडौंकी युवतीले

२०७७ बैशाख ६ गते शनिबार

१८ अप्रिल, २०२०काठमाडैं । गत चैत्र ४ गते युरोपेली...

पाटन अस्पतालको ‘भिडियो एक्सरे’ मेसिन चोरीमा संलग्न एक चिकित्सक र अहेब पक्राउ पाटन अस्पतालको ‘भिडियो एक्सरे’ मेसिन चोरीमा संलग्न एक चिकित्सक र अहेब पक्राउ

२०७७ जेठ २८ गते बुधबार

१० जुन, २०२०काठमाडौं । लतिलपुरको पाटन अस्पतालमा रहेको भिडियो...

नेपाली टोलीलाई अमेरिकाको सिटी अफ अर्भिङ्गको ‘आत्मिय स्वागत’ नेपाली टोलीलाई अमेरिकाको सिटी अफ अर्भिङ्गको ‘आत्मिय स्वागत’

२०७६ पुष १ गते मंगलबार

१७ डिसेम्बर, २०१९ वासिङ्टन । अमेरिकाको टेक्ससस्थित सिटी अफ...

Top