Best Khabar Team | २०७७ चैत्र १३ गते शुक्रबार
२६ मार्च, २०२१
काठमाडौं । बिहीबार रातिदेखि काठमाडौं उपत्यकाको बायु प्रदुषण ह्वात्तै बढेपछि स्वास्थ्य मन्त्रालयले आवश्यक सुरक्षा सावधानी अपनाउन उपत्यकाबासीलाई अनुरोध गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज विज्ञप्ति निकालेर एक्कासी मौसममा आएको परिवर्तनसँगै उपत्यकाको आकाशको वायु प्रदूषणको दर उच्च भएको भन्दै सावधानी अपनाउनका लागि सबैलाई आग्रह गरेको हो । मन्त्रालयले अत्यावश्यक काम नपरी घरबाहिर ननिस्कन तथा सवारी साधन नचलाउनका लागि सबैलाई आग्रह गरेको छ ।
शुक्रबार काठमाडौं उपत्यकामा बायुप्रदुषणसँगै ढाकेको तुँवालोका कारण ‘भिजिबिलिटी’ नुहँदा केही घण्टा अन्र्तराष्ट्रिय तथा राष्ट्रिय उडान समेत रोकिएको थियो । मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार उपत्यकामा वायु प्रदूषण निकै बढेको र यसका कारण श्वासप्रश्वासमा समस्या आउने देखि अन्य विभिन्न समस्या पर्नसक्ने भन्दै विशेष गरी बालबालिका तथा बृद्दबृद्धाको सुरक्षामा विशेष ध्यान दिन भनिएको छ ।

आफ्नो घर तथा वरपर रहेको खुलास्थानमा नबस्न, नखेल्न, विहानी भ्रमणमा ननिस्कन तथा खुल्ला आकाशमुनी गएर शारीरिक व्यायाम नगर्न मन्त्रालयले सबैलाई आग्रह गरेको छ । मन्त्रालयले नकुहिने फोहोर हरुको उचित व्यवस्थापन गर्न आग्रह गर्दै फोहोर जलाउने काम गर्न पनि भनेको छ। मन्त्रालयले धुलो, धुँवा उड्ने खालका पेशा, व्यवसाय, निर्माण कार्यहरु तत्काल केही समयका लागि रोक्नका लागि सम्बन्धित सबैलाई आग्रह गरेको छ । यस्तै अत्यावश्यक कामले घर बाहिर निस्कन परेपनि आवश्यकता अनुसार चस्मा वा सनग्लासको प्रयोग गर्न तथा माक्स लगाउन चिकित्सकहरुले सुझाव दिएका छन् ।

कोरोना भाइरसको जोखिम कायमै रहेका बेला भएको यो बायुप्रदुषले स्वास्थ्य प्रश्वासमा थप समस्या ल्याउन सक्ने भन्दै चिकित्सकहरुले पनि आवश्यक सावधानी अपनाउन सबैलाई आग्रह गरेका छन् । विशेषगरी गर्भवती, बालबालिका, बृद्दबृद्दा तथा कुनैपनि दीर्घरोगको सामना गरिरहेकाहरुलाई बायुप्रदुषणको जोखिमबाट जोगाउनुपर्नेमा चिकित्सकहरुले सल्लाह दिएका छन् ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
औषधी व्यवसायीको मृत्यु प्रकरण : लकडाउनमा प्रेमिसँग मिलेर श्रीमानको हत्या
२०७७ जेठ ५ गते सोमबार
१८ मे, २०२०विराटनगर । मोरङ्गको बिराटनगरमा आइतबार भएको एकजना...
आजबाट सवारी साधनमा फेरि जोरविजोर नियम लागू, राति हिड्न प्रतिबन्ध
२०७७ श्रावण २१ गते बुधबार
०६ अगस्ट, २०२०काठमाडौं । सरकारले लकडाउन खुलेको घोषणा गरेलगत्तै...
कास्कीमा बैशाख मसान्तसम्म निषेधाज्ञा जारी : दैनिक उपभोग्य सामग्रीको पसल बिहान ९ बजेसम्म मात्रै खोल्न पाइने
२०७८ बैशाख १९ गते आइतबार
०२ मे, २०२१लेकसाईड (पोखरा), कास्की । पछिल्ला दिनमा जिल्लाका...
लक्जेम्बर्ग : दुनियाँको पहिलो देश, जहाँ हुँदैछ सार्वजनिक यातयात निःशुल्क
२०७६ फाल्गुन १३ गते मंगलबार
२५ फेब्रुअरी, २०२० पि.एल ‘तरंग’लिंकरोभर, बेल्जियम । तपाईँ बसेको...
Top