भारतमा कोरोनाको दोश्रो लहर शुरु, कतिपय शहरमा कर्फ्यू, नेपालीहरु धमाधम फर्कँदै

Best Khabar Team | २०७७ चैत्र ११ गते बुधबार


२४ मार्च, २०२१
नयाँदिल्ली, भारत । भारतमा कोरोना भाइरस संक्रमणको दोश्रो लहर शुरु भएको छ । कोरोना भाइरस संक्रमणको पहिलो लहरबाट नराम्ररी प्रभावित भारतले केही दिनयता फेरि कोरोनाकै दोश्रो चरणको सामना गर्न शुरु गरेको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार भारतका एक दर्जन बढी शहरमा अहिले कोरोना भाइरसको प्रकोप देखिएको छ ।

ती शहरहरुमा कोरोना भाइरसको परिवर्तित स्वरुपका विरामीहरु समेत देखिन थालेका छन् । बेलायत तथा कतिपय अफ्रिकी मुलुकहरुमा देखिएका कोरोना भाइरसका परिवर्तित स्वरुपका विरामीहरुसमेत देखिन थालेपछि भारत सरकारले आवश्यक सुरक्षा सावधानी अपनाउन शुरु गरेको छ । भारतको राजस्थानका कतिपय शहरी क्षेत्रमा यहाँको प्रदेश सरकारले रात्रीकालीन कर्फ्यूको घोषणा गरेको छ । कर्फ्यूको समयमा रात्रीकालिन व्यवसायहरु सञ्चालनमा पूर्णरुपमा रोक लगाइएको छ । जसका कारण मजदुरी गरेर जीबनयापन गर्नेहरु समस्यामा परेका छन् । यस्तै भारतका मुम्बई, दिल्ली, पन्जाब, गोआलगायतका शहरमा पछिल्लो केहीदिनयता कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्न थालेको छ ।

जसका कारण ती शहरहरुमा अहिले बढी मानिसहरु भेला हुने तथा रात्रीकालिन अवस्थमा सञ्चालन हुने व्यवासयहरुलाई रोक लगाइएको छ । यस्तै महाराष्ट्रमा पनि कोरोना संक्रमितहरुको संख्या बढ्न थालेको छ । भारतीय सुरक्षा अधिकारीहरुले आम नागरिकहरुलाई सुरक्षाका मापदण्ड अपनाउनका लागि अनुरोध गरेको छ । मंगलबारको २४ घण्टे तथ्यांक अनुसार भारतमा मंगलबार भारतमा ४७ हजार २ सय ६४ जनामा कोरोना संक्रमण देखिएको छ । सोही अवधिमा २ सय ७७ जनाको कोरोनाका कारण ज्यान गएको छ ।

यसैबीच, भारतका कतिपय शहरमा कोरोना भाइरसका संक्रमितको संख्या बढ्न थालेपछि मजदुरीका लागि भारत गएका नेपालीहरु धमाधाम स्वदेश फर्कन थालेका छन् । कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि रोजगारीका लागि भारतमा पुगेका नेपाली कामदारहरु धमाधम फर्कन थालेका छन् । विशेषगरी कैलाली र कञ्चनपुरको सीमा नाका गौरीफन्टाबाट हिजोआज दैनिक हजारौंको संख्यामा नेपाली मजदुरहरु कोरोनाको जोखिम बढेको भन्दै नेपाल फर्कन थालेका हुन् । सिमावर्ती नाका त्रिनगर र गड्डाचौकीबाट पनि दैनिक एक हजारको हाराहारीमा नेपाली नेपाल फर्कन थालेको सिमा प्रहरीको तथ्यांकमा उल्लेख छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

गुल्मीमा पहिरोबाट खसेको ढुंगाले च्यापेर एकै घरका ४ जनाको मृत्यु गुल्मीमा पहिरोबाट खसेको ढुंगाले च्यापेर एकै घरका ४ जनाको मृत्यु

२०७७ श्रावण १७ गते शनिबार

०१ अगस्ट, २०२०तम्घास, गुल्मी । पहिरोसँगै खसेको ढुंगाले च्यापेर...

भारतले मिचेको भूमि फिर्ता ल्याउन कठिन छ, तर ल्याएरै छाड्छौं : प्रधानमन्त्री भारतले मिचेको भूमि फिर्ता ल्याउन कठिन छ, तर ल्याएरै छाड्छौं : प्रधानमन्त्री

२०७७ जेठ ६ गते मंगलबार

१९ मे, २०२०काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले...

कोरोनाबारे भ्रम फैलाउने सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तालाई कडा कारबाही गर्ने सरकारको घोषणा कोरोनाबारे भ्रम फैलाउने सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तालाई कडा कारबाही गर्ने सरकारको घोषणा

२०७६ चैत्र ५ गते बुधबार

१८ मार्च, २०२० काठमाडौं । सरकारले विश्वव्यापीरुपमा महामारीको रुपमा...

उखु किसानले पाएनन् भुक्तानी, २ चिनीमिल सञ्चालकको बैंक खाता रोक्का उखु किसानले पाएनन् भुक्तानी, २ चिनीमिल सञ्चालकको बैंक खाता रोक्का

२०७६ माघ ८ गते बुधबार

२२ जनवरी, २०२०काठमाडौं । किसानबाट उखु किनेबापत रकम भुक्तान...

Top