कतारबाट रामचन्द्र गिरीले यसरी सम्झिए पालुङ्गटारको सेरोफेरोलाई (भिडियोसहित)

Best Khabar Team | २०७७ फाल्गुन २२ गते शनिबार


नवराज लामिछाने
०६ मार्च, २०२१
दोहा, कतार । ‘थोरै रहर अनि धेरै बाध्यता’ले मान्छे विदेशिन्छ । केही बर्ष विदेशिने वित्तिकै उसले आफ्नो जन्मभूमिलाई चटक्कै विर्सेको वा विदेशी भएको भने पक्कै हुँदैन । समय र परिस्थितिसँगै मान्छेले आफूमा पर्ने पारिवारिक दायित्व तथा त्यसलाई पुरा गर्नका लागि आवश्यक पर्ने अर्थोपार्जनका लागि पछिल्लो समयमा देशको ठूलो युवा शक्ति विदेशमा छन् ।

विदेशमा दुःख गरेरै भएपनि हरेक नेपालीले कुनै न कुनै ढंगले आफू र आफ्नो जन्म भूमिप्रतिको दायित्वलाई कहिल्यै भूलेका हुँदैनन् । चाहे रेमिट्यान्स होस् वा अन्य आर्थिक सहयोग, अहिले देशका केन्द्रदेखि दुर दराजसम्मको ठूलो आर्थिक हिस्सा यिनै विदेशिएका नेपालीहरुले थामेका छन् । योसँगै आफ्नो देश, जन्मभूमि र समाजको हितका लागि विभिन्न व्यक्तिहरुले विभिन्न हिसाबबाट अतुलनिय योगदान पु-याईरहेका हुन्छन् । यस्तै मध्येका एक हुन् गोर्खा पालुङ्गटारका रामचन्द्र गिरी। आफू र आफनो परिवारलाई खुसी बनाउने चाहना बोकेर केही वर्षअघि कतार आएका गिरीको शरीर यतिबेला कतारको दोहामा छ ।

तर उनको मन उनी जन्मेको त्यहि पालुङ्गटारको आसपासमा भुलिरहेको छ । त्यसैले त उनले व्यस्त परदेशी जीवन तथा दीनचर्यका बाबजुत पनि उनले आफ्नो जन्मभूमिलाई सम्झन भ्याए, त्यो पनि गीत संगीतको माध्यमबाट । उनै गिरीको सुन्दर लय तथा शब्दमा सजिएको सांगीतिक प्रस्तुती ‘लिगलिग को’ नामक गीत हालै सार्वजनिक भएको छ । जहाँ पालुङ्गटार र आपसासका पर्यटकीय तथा धार्मिकस्थलको बयान गरिएको छ। गोरखा जिल्लाका महत्त्वपूर्ण पर्यटकिय ठाउँहरु लिगलिग कोट, कालिका दरवार, मनकामना मन्दिर, २०७२ सालको भूकम्पको केन्द्रभाग बारपाकलगायतका ठाउँको बयान प्रस्तुत गीतमा गरिएको छ।

गोरखा जिल्लाका महत्त्वपूर्ण पर्यटकिय ठाउँहरु लिगलिग कोट, कालिका दरवार, मनकामना मन्दिर, २०७२ सालको भूकम्पको केन्द्रभाग बारपाकलगायतका ठाउँको बयान प्रस्तुत गीतमा गरिएको छ।

अत्यन्तै सुन्दर प्रस्तुत गीतमा चर्चित गायिका शान्तीश्री परियार र रामचन्द्र गिरीको सुमधुर आवाज रहेको छ । गीतको म्युजिक भिडियो सुटिङ अत्यन्तै सुन्दर पर्यटकिय ठाउँ लिगलिग कोटमा गरिएको छ। विशाल बैरागीले निर्देशन गरेको म्युजिक भिडियोमा रन्जिता गुरुङ ,रिया खड्का ,रोशन नेपाली ,दिनेश थापालगायको अभिनय रहेको छ। ‘बाध्यताले परदेसिएका हामी नेपालीले आफ्नो माटोको लागि केही न केही सहयोग अबस्य गर्न सक्छौं, त्यसैले मैले यो गीतको सिर्जना गरेर मातृभूमिलाई सम्झेको हुँ’ बेस्टखबर डटकमसँगको कुराकानीमा गायक गिरीले भने । आउने दिनमा पालुङटार, लिगलिगकोटलगायत समग्र गोर्खा जिल्लाको पर्यटनको बिकास र समृद्धिको लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत उनले जनाएका छन् । प्रस्तुत गीतको भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोला ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

‘लकडाउन’मा थप कडाई ‘लकडाउन’मा थप कडाई

२०७६ चैत्र २२ गते शनिबार

०४ मार्च, २०२०काठमाडौं । सरकारले बन्दाबन्दी (लकडाउन)लाई अझै प्रभावकारी...

कोरोना संक्रमित पत्रकारको भोगाई : ‘अस्पतालको आइसोलेसनमा पिउने पानी समेत पाईनँ’ कोरोना संक्रमित पत्रकारको भोगाई : ‘अस्पतालको आइसोलेसनमा पिउने पानी समेत पाईनँ’

२०७७ बैशाख ३१ गते बुधबार

कोरोना संक्रमणका बारेमा आम नागरिकलाई सत्य, तथ्य र निष्पक्ष...

मेक्सिकोमा ७ दशमलव ४ रेक्टरको भूकम्प, सुनामीको चेतावनी मेक्सिकोमा ७ दशमलव ४ रेक्टरको भूकम्प, सुनामीको चेतावनी

२०७७ असार ९ गते मंगलबार

२३ जुन, २०२०सान्ता मारिया, मेक्सिको । अमेरिकासँग सिमाना जोडिएको...

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका क्रममा २० बुँदे सहमति चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका क्रममा २० बुँदे सहमति

२०७६ आश्विन २७ गते सोमबार

१४ अक्टोबर, २०१९ काठमाडौं । चिनियाँ राष्ट्रपति सि जिनपिङको...

Top