ब्राजिलमा भेटिएको ‘नयाँ खाले’ कोरोना संक्रमण बेलायत र स्कटल्याण्डमा पनि देखियो

Best Khabar Team | २०७७ फाल्गुन १६ गते आइतबार


२८ फेब्रुअरी, २०२१
वेस्टह्याम, बेलायत । पहिलो पटक ब्राजिलमा भेटिएको कोरोना भाइरसको परिवर्तित स्वरुप (भेरियन्ट)का संक्रमितहरु बेलायत र छिमेकी मुलुक स्टकटल्याण्डमा समेत भेटिएको छ । बिबिसीले जनाए अनुसार केही महिना अघि ब्राजिलमा भेटिएको कोरोना भाइरसका परिबर्तित स्वरुपसहितका संक्रमित बेलायत र स्कटल्याण्डमा आज एकैदिन फेला परेका हुन् ।

स्वास्थ्य अधिकारीहरुका अनुसार हालै ब्राजिलबाट फर्किएकाहरुमा गरिएको परिक्षणका क्रममा नयाँ खाले संक्रमण भेटिएका हो । बेलायती स्वास्थ्य अधिकारीहरुले दिएको जानकारी अनुसार ब्राजिलको उत्तरी क्षेत्रमा पर्ने मनौस नामक शहरमा केही समयअघि भेटिएका बढी जोखिमपूर्ण मानिएको कोरोनाका संक्रमित बेलायतमा पहिलो पटक भेटिएका छन् । भाइरसको परिवर्तित स्वरुपका संक्रमितहरु बेलायतमा ३ र स्कटल्याण्डमा ३ गरी जम्मा ६ जना फेला परेका छन् । ब्राजिलको मानौस शहरमा भेटिएको कोरोनाको परिवर्तित स्वरुपका संक्रमितहरुबाट अन्य धेरैमा एकैपटक भाइरस सर्ने तथ्य पनि केही समयअघि मात्रै सार्वजनिक भएको थियो ।

यसरी भेटिएका मध्ये हालै ब्राजिलको भ्रमणमा गएर फर्केका ३ जना स्कटल्याण्डका नागरिकहरु रहेका छन् । उनीहरु ब्राजिलबाट फ्रान्सको राजधानी पेरिस, लण्डन हुँदै स्कटल्याण्ड पुगेका थिए । यस्तै बेलायतमा भेटिएकाहरुमध्ये २ जना हालै ब्राजिलबाटै आएका रहेका छन् । अर्का एक जना भने पछिल्लो १ वर्ष यता कहिँकतै यात्रा नगरेका स्थानीय भएको अधिकारीहरुले जनाएका छन् । फेब्रुअरीको दोश्रो साता उनीहरु ब्राजिलबाट पेरिस हुँदै लण्डन फर्केका हुन् ।

स्वास्थ्य अधिकारीहरुले यो भाइरस बढी संक्रामक देखिएको भएपनि अहिले कोरोनाको खोप आइसकेकोले आवश्यक सावधानी अपनाउन सकिए यसबाट हुने क्षति कम गर्न सकिने बताएका छन् । पछिल्ला दिनमा बेलायतले कोरोना भाइरसबाट ठूलो क्षति व्यहोर्दै आएको छ । बेलायतमा यो समाचार तयार पार्दासम्म कोरोनाका कारण हालसम्म १ लाख २२ हजार ८ सय ४९ जनाले ज्यान गुमाईसकेका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

विदेशमा रहेका आफ्ना नागरिकलाई स्वदेश ल्याएपछि कुवेतले लगायो २० दिने कर्फ्यू विदेशमा रहेका आफ्ना नागरिकलाई स्वदेश ल्याएपछि कुवेतले लगायो २० दिने कर्फ्यू

२०७७ बैशाख २७ गते शनिबार

०९ मे, २०२०मिरक्युयेब, कुवेत । कोरोना भाइरस (कोभिड १९)...

शितलनिवास भित्र सभामुखको सपथ– बाहिर विरोध, विरोधमा उत्रिएका १२ अधिकारकर्मी पक्राउ शितलनिवास भित्र सभामुखको सपथ– बाहिर विरोध, विरोधमा उत्रिएका १२ अधिकारकर्मी पक्राउ

२०७६ माघ १३ गते सोमबार

२७ जनवरी, २०२०काठमाडौं । व्यक्ति हत्यामा संलग्न रहेको आरोपसम्बन्धी...

दशैंको फूलपातीकै दिन मुगुमा भयानक दुर्घटना : ३२ को मृत्यु केही घाइते (अपडेट) दशैंको फूलपातीकै दिन मुगुमा भयानक दुर्घटना : ३२ को मृत्यु केही घाइते (अपडेट)

२०७८ आश्विन २६ गते मंगलबार

१२ अक्टोबर, २०२१गमगढी, मुगु । बाँकेको नेपालगञ्जबाट मुगुको गमगढी...

Nepal & Cyber Security Nepal & Cyber Security

२०७६ मंशिर २९ गते आइतबार

Ravi Dhungel Nepal has seen a paradigm shift in...

Top