नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै घट्यो

Best Khabar Team | २०७७ माघ २९ गते बिहिबार


११ फेब्रुअरी, २०२१
काठमाडौं । नेपालमा पछिल्ला दिनहरुमा कोरोना संक्रमितको संख्या घट्दै गएको छ। विगत १ महिनायता दैनिक २ सय ५० सयको हाराहारीमा कोरोना संक्रमित भेटिएपनि यो क्रम पछिल्ला केहीदिनयता १ सय ५० को आसपासमा सिमित हुँदै आएको थियो । तर पछिल्लो २४ घण्टायता देशभर कोरोना संक्रमितको संख्या १ सय भन्दा कम भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

विश्वका विभिन्न देशमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्न थालेपछि कडा लकडाउन भै रहेका बेला नेपालमा भने दैनिक रुपमा कोरोनाका नयाँ संक्रमितहरु घट्न थालेको सरकारी तथ्यांकले जनाएको छ । पछिल्लो २४ घण्टामा देशभर गरिएको स्वाब परीक्षणका क्रममा ८१ जनामा मात्रै कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले बिहीबार अपरान्ह जारी गरेको अद्यावधिक तथ्यांकमा उल्लेख छ ।

यस अवधिमा देशभर कोरोनाका कारण ५ जनाको ज्यान गएको छ । सरकारले पछिल्ला दिनहरुमा कोरोना विरुद्धको खोप लगाउने काम समेत शुरु भएको तथा मानिसहरु कोरोनाका विरुद्ध मानसिक रुपमा तन्दरुस्त रहेकोले संक्रमितको संख्या घटेको हुनसक्ने अनुमान गरेको छ । यस्तै विस्तारै जाडो समेत हट्दै गएका कारण उपत्यकालगायतका जिल्लामा संक्रमितको संख्या कम भएको बताइएको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमित मध्ये १ सय ११ जना अस्पतालबाट डिस्चार्ज भएका छन् ।

हालसम्म देशभरबाट कोरोनाका कारण ज्यान गुमाएको संख्या भने २ हजार नाघेको छ । मन्त्रालयले आज जारी गरेको विवरण अनुसार हालसम्म देशभरबाट कोरोनाका कारण २ हजार ५२ जनाले ज्यान गुमाएका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

गीतकार पारस थापाले ल्याए जनचेतनामूलक गीत ‘आयो कोरोना’ (भिडियोसहित) गीतकार पारस थापाले ल्याए जनचेतनामूलक गीत ‘आयो कोरोना’ (भिडियोसहित)

२०७७ श्रावण २१ गते बुधबार

०६ अगस्ट, २०२०कोरोना भाइरसको प्रकोपबाट विश्व आतंकित भै रहेका...

साढे ४ महिनामा क्यानडामा कोरोना संक्रमितको संख्या करिब १ लाख, मृतक ८ हजार नाघे साढे ४ महिनामा क्यानडामा कोरोना संक्रमितको संख्या करिब १ लाख, मृतक ८ हजार नाघे

२०७७ जेठ ३२ गते आइतबार

१४ जुन, २०२०टोरन्टो, क्यानडा । क्यानडामा हालसम्म कोरोना संक्रमितको...

६ वर्षअघिको एसिडकाण्डमा अदालतले सुनायो दोषीमाथि ८ बर्ष कैद सजायाँ, उपचारखर्च झण्डै डेढ करोड भराउन निर्देशन ६ वर्षअघिको एसिडकाण्डमा अदालतले सुनायो दोषीमाथि ८ बर्ष कैद सजायाँ, उपचारखर्च झण्डै डेढ करोड भराउन निर्देशन

२०७६ फाल्गुन १५ गते बिहिबार

२७ फेब्रुअरी, २०२०हेटौंडा । मकवानपुरमा २०७० साल वैशाख ९...

अष्ट्रेलियामा आगोको वितण्डा अष्ट्रेलियामा आगोको वितण्डा

२०७६ पुष १९ गते शनिबार

०४ जनवरी, २०२० मेलबर्न । अष्ट्रेलियाको भिक्टोरिया राज्यको जंगलमा...

Top