नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै घट्यो

Best Khabar Team | २०७७ माघ २९ गते बिहिबार


११ फेब्रुअरी, २०२१
काठमाडौं । नेपालमा पछिल्ला दिनहरुमा कोरोना संक्रमितको संख्या घट्दै गएको छ। विगत १ महिनायता दैनिक २ सय ५० सयको हाराहारीमा कोरोना संक्रमित भेटिएपनि यो क्रम पछिल्ला केहीदिनयता १ सय ५० को आसपासमा सिमित हुँदै आएको थियो । तर पछिल्लो २४ घण्टायता देशभर कोरोना संक्रमितको संख्या १ सय भन्दा कम भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

विश्वका विभिन्न देशमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्न थालेपछि कडा लकडाउन भै रहेका बेला नेपालमा भने दैनिक रुपमा कोरोनाका नयाँ संक्रमितहरु घट्न थालेको सरकारी तथ्यांकले जनाएको छ । पछिल्लो २४ घण्टामा देशभर गरिएको स्वाब परीक्षणका क्रममा ८१ जनामा मात्रै कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले बिहीबार अपरान्ह जारी गरेको अद्यावधिक तथ्यांकमा उल्लेख छ ।

यस अवधिमा देशभर कोरोनाका कारण ५ जनाको ज्यान गएको छ । सरकारले पछिल्ला दिनहरुमा कोरोना विरुद्धको खोप लगाउने काम समेत शुरु भएको तथा मानिसहरु कोरोनाका विरुद्ध मानसिक रुपमा तन्दरुस्त रहेकोले संक्रमितको संख्या घटेको हुनसक्ने अनुमान गरेको छ । यस्तै विस्तारै जाडो समेत हट्दै गएका कारण उपत्यकालगायतका जिल्लामा संक्रमितको संख्या कम भएको बताइएको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमित मध्ये १ सय ११ जना अस्पतालबाट डिस्चार्ज भएका छन् ।

हालसम्म देशभरबाट कोरोनाका कारण ज्यान गुमाएको संख्या भने २ हजार नाघेको छ । मन्त्रालयले आज जारी गरेको विवरण अनुसार हालसम्म देशभरबाट कोरोनाका कारण २ हजार ५२ जनाले ज्यान गुमाएका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

भारतीय अतिक्रमणका विरुद्द आजपनि काठमाडौंमा प्रदर्शन, दर्जनौं विद्यार्थी पक्राउ भारतीय अतिक्रमणका विरुद्द आजपनि काठमाडौंमा प्रदर्शन, दर्जनौं विद्यार्थी पक्राउ

२०७७ बैशाख २८ गते आइतबार

१० मे, २०२०काठमाडौं । भारतले नेपाली भूमिहुँदै तिब्बतको कैलाश...

एक्कासी कसरी थपिए चीनमा एकैदिन झण्डै १३ सय मृतक ? एक्कासी कसरी थपिए चीनमा एकैदिन झण्डै १३ सय मृतक ?

२०७७ बैशाख ५ गते शुक्रबार

१७ अप्रिल, २०२० बेइजिङ्ग । चीनमा कोरोना भाइरसका कारण...

कोरोना संक्रमित बढ्न थालेपछि जापानको टोकियोमा संकटकाल घोषणा कोरोना संक्रमित बढ्न थालेपछि जापानको टोकियोमा संकटकाल घोषणा

२०७७ पुष २३ गते बिहिबार

०७ जनवरी, २०२१टोकियो, जापान । पछिल्ला केहीदिनयता राजधानी टोकियोलगायतका...

काठमाडौंमा रोकिएका सयौं मजदुरलाई ७ वटा बसमा राखेर गन्तव्यतर्फ पठाईयो काठमाडौंमा रोकिएका सयौं मजदुरलाई ७ वटा बसमा राखेर गन्तव्यतर्फ पठाईयो

२०७७ बैशाख ६ गते शनिबार

१८ अप्रिल, २०२०काठमाडौं । कोरोनाका कारण भएको लकडाउनका कारण...

Top