Best Khabar Team | २०७७ माघ १६ गते शुक्रबार
२९ जनवरी, २०२१
मेरिल्याण्ड, अमेरिका ।कोरोना भाइरस विरुद्ध निर्माण गरिएको कोभिड भ्याक्सिन ‘नोभाभ्याक्स’ बेलायतमा देखिएको नयाँ प्रकारको कोरोना भाइसरका विरुद्ध पनि ८९ प्रतिशतसम्म प्रभावकारी भएको एक अध्ययनले देखाएको छ । हालै अमेरिकी तथा बेलायती औषधी विज्ञहरुले सार्वजनिक गरेको अध्ययनको निष्कर्ष अनुसार अनुसार बेलायतमा देखिएको कोरोनाको परिवर्तित स्वरुपका नयाँ संक्रमितमा पनि यो खोपले प्रभावकारी रुपमा काम गरेको छ ।

बेलायती तथा अमेरिकी औषधी विज्ञानका विज्ञहरुले हालै गरेको एक अध्ययन तथा परिक्षणका क्रममा कोरोनाको परिवर्तित स्वरुपका संक्रमितहरुमा समेत यो भ्याक्सिनले ८९ ले प्रतिशतसम्म सफल र प्रभावकारी काम गरेको बताइएको छ । ‘अहिले देखिएको कोरोनाको भारिरेन्ट स्वरुपका संक्रमितमा गरिएको परिक्षणले पनि उत्साहजनक नजिता ल्याएको छ । यो सबैका लागि खुसीको कुरा हो ।’ विज्ञहरुले आफूहरुले गरेको खोजको पहिलो रिपोर्ट सार्वजनिक गर्दै बताएका छन् । यद्यपि यो प्रारम्भिक नतिजा भएको भन्दै यसको बारेमा अनुसन्धान, अध्ययन तथा प्रयोग जारी रहेकोले थप नतिजा आगामी दिनमा सार्वजनिक गर्न सकिने उनीहरुको भनाई छ ।
यो नतिजा कोरोना संक्रमितहरुमा ३ चरणमा गरिएको परीक्षणबाट सार्वजनिक गरिएको बताइएको छ । हालै दक्षिण अफ्रिकी मुलुकहरुमा देखिएको कोरोनाको परिवर्तित स्वरुपबाट संक्रमित भएकाहरुमा गरिएको भ्याक्सिनको परीक्षणका क्रममा यो भ्याक्सिनले ६० प्रतिशतसम्म प्रभावकारी रुपमा काम गरेको छ । औषधीविज्ञानका विज्ञहरु यो तथ्यांकप्रति सन्तुष्ट देखिएका छैनन् । उनीहरुले अफ्रिकी मुलुकहरुमा देखिएको कोरोनाको परिवर्तित रुपलाई नियन्त्रण गर्न तथा खोपले उल्लेख्य काम नगरेको उनीहरुको भनाई छ ।
विशेषतः एचआइभीलगायतका अन्य विशेष खालका रोगका शिकार भएका मानिसहरु जसमा कोरोना संक्रमण देखिएको छ, उनीहरुलाई यो खोपले प्रभावकारी रुपमा काम गरेको छैन । अध्ययन तथा अनुसन्धानका क्रममा १८ बर्षदेखि ८४ वर्षसम्मको उमेर समूहका करिब १५ हजार संक्रमितलाई समावेश गरिएको समाचा संस्था रोयटर्सले उल्लेख गरेको छ ।
कोरोनाका ३ चरणको खोप लगाईसकेपछिको अध्ययन तथा परीक्षणबाट यो पुष्टि भएको भन्दै विज्ञहरुले अब नोभाभ्याक्स युरोपेली युनियनसम्बन्ध अन्य राष्ट्रमा पठाउन अनुमति कुरेर बसेको बताएका छन् । अमेरिकाको मेरिल्याण्ड राज्यमा रहेको औषधी निर्माता कम्पनी बायोटेकले निर्माण गरेको भ्याक्सिन नोभाभ्याक्स पछिल्लो समयमा बजारमा आएका अन्य भ्याक्सिनभन्दा निक्कै प्रभावकारी रहेको दाबी उनीहरुको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
धरानका युगल लिम्बु बेलायतको नदि किनारमा मृत भेटिए
२०७६ फाल्गुन २७ गते मंगलबार
१०, मार्च, २०२०लण्डन । पूर्वी नेपालको धरान घर भएका...
सेप्टेम्बर १ (भदौ १६ गते) देखि निश्चित मापदण्डसहित बाह्य उडान खोल्ने सरकारको निर्णय
२०७७ भाद्र ५ गते शुक्रबार
२१ अगस्ट, २०२०काठमाडौं । सरकारले विभिन्न देशमा रोकिएर रहेका...
काठमाडौंको पुर्ननिर्मित पाँच सम्पदामा राष्ट्रपति पुग्दा (फोटोफिचर)
२०७६ माघ २५ गते शनिबार
०८ फेब्रुअरी, २०२०काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्निर्माण भइरहेका...
चीनको हेनान प्रान्तमा ६० वर्षयताकै भीषण वर्षात्, दर्जन बढीको ज्यान गयो, लाखौं विस्थापित
२०७८ श्रावण ६ गते बुधबार
२१ जुलाई, २०२१बेइजिङ्ग, चीन । पछिल्ला २४ घण्टादेखि दिनका...
Top