Best Khabar Team | २०७७ माघ १२ गते सोमबार
२५ जनवरी, २०२१
न्यूर्योक, अमेरिका । कोरोना भाइरसका विरुद्ध अमेरिकी कम्पनीले बनाएको फाइजर नामक भ्याक्सिन कोरोनाको परिबर्तित रुपका संक्रमितका लागि समेत प्रभावकारी भएको अमेरिकी औषधी कम्पनीसम्बध बैज्ञानिकहरुले दाबी गरेका छन् । केही समय आघि बेलायत तथा दक्षिण अफ्रिकामा देखिएको कोरोनाको परिवर्तितरुपको भाइरस नियन्त्रणका लागि पनि हालै प्रयोगमा आएको कोरोना भ्याक्सिन प्रभावकारी रहेको ती कम्पनीले जनाएका छन् ।
कोरोनाको परिवर्तित अर्थात् भेरियन्ट स्वरुपलाई नियन्त्रणका लागि पनि यो भ्याक्सिनले सुरुवाती चरणमा प्रभावकारी रुपमा काम गरेको बिबिसीले आफ्नो समाचारमा उल्लेख गरेको छ । हालै अमेरिकी बैज्ञानिकहरुले नयाँ कोरोनाका संक्रमित (बेलायत र दक्षिण अफ्रिकामा देखिएका नयाँ प्रकारको कोरोना संक्रमित) विरामीलाई खोप दिएर गरेको परिक्षणका क्रममा खोपले प्रभावकारी रुपमा काम गरेको बताइएको छ ।

खोपले कोरोना विरुद्ध प्रभावकारी रुपमा लड्नका लागि शुरुवाती अवस्थामा उत्साहजचक रुपमा काम गरेको र अझै परिक्षण जारी रहेकोले यसको रिजल्ट पूर्ण सकारात्मक आउनेमा आफूहरु विश्वस्त रहेको औषधी उत्पादक कम्पनीका बैज्ञानिकहरुको दाबी छ ।
यद्यपि यसको पूर्ण पुष्टिका लागि भने थप अध्ययन र थप समय आवश्यक पर्ने उनीहरुले बताएका छन् । अहिले बजारमा आएको कोरोना भाइरस विरुद्धको भ्याक्सिन कोरोना भाइरसको पहिलो चरणमा देखिएको भाइरसको प्रकृतिलाई लक्षित गरी बनाइएको थियो । तर यसको परिवर्तित रुपपछि यो भाइरसले काम गर्नेमा विज्ञहरुले आशंका गरिरहेकै बेला अमेरिकी बैज्ञानिकहरुको यो भनाई सार्वजनिक भएको हो ।
यसले कोरोना नियन्त्रणका लागि भै रहेको प्रयासमा एउटा बलियो आशा जगाएको छ । अहिले बजारमा आएको भ्याक्सिनले कोरोना संक्रमितको शरिरको प्रतिरक्षा प्रणालीद्वारा निर्मित एन्टीबडीलाई रोकेर भाइसरलाई शरीरका विभिन्न कोशिकाहरु पुग्न नदिन प्रभावकारी रुपमा काम गर्ने विज्ञहरुले बताएका छन् ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
घरमै बसेर यसरी पढ्न–पढाउन मिल्नेछ अब आफ्ना नानी बाबुहरुलाई
२०७७ बैशाख २८ गते आइतबार
१० मे, २०२०काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को...
कोरोना भाइरसको प्रकोपमा विश्व पर्यटन
२०७७ बैशाख ४ गते बिहिबार
१६ अप्रिल, २०२०प्रदिप शर्मा काठमाडौं । कोरोना भाइरस (कोभिड...
विश्वमा पहिलो पटक बाघमा कोरोना : अमेरिकामा चिडियाखानाको ४ वटा बाघमा कोरोना संक्रमण
२०७६ चैत्र २४ गते सोमबार
०६ मार्च, २०२० न्यूर्योक । विश्वमा पहिलो पटक बाघमा...
सेप्टेम्बर १६ (भदौ मसान्त) सम्म आन्तरिक उडान र लामो दुरीका सार्वजनिक सवारी सञ्चालन नहुने
२०७७ भाद्र १४ गते आइतबार
३० अगस्ट, २०२०काठमाडौं । काठमाडौं उपत्यकालगायत देशव्यापी रुपमा कोरोना...
Top