Best Khabar Team | २०७७ पुष २५ गते शनिबार
०९ जनवरी, २०२१
जाकर्ता, इन्डानेसिया । इन्डोनेसियामा श्रीविजया एयरलाईन्सको एउटा यात्रुबाहक बिहान उडान भरेको केही बेरपछिनै आकाशबाट सम्पर्कविहिन भएको छ । राजधानी जाकर्ताबाट ५० जना यात्रु लिएर उडेको बिमान केही समयपछि नै स्थानीय ‘जाभा महासागर’ माथिको आकाशबाट वेपत्ता भएको हो । पछिल्लो रेकर्ड अनुसार सो जाहाज १ मिनेटको अवधिमा १० हजार फिट तल झरेको देखिएको छ । त्यसपछि जाहाले टावरसँग कुनै संकेत आदानप्रदान गरेको देखिएको छैन ।

जहाज समुद्रमा खसेको हुनसक्ने आशंका गरिएको भएपनि यसको औपचारिक पुष्टि भने भएको छैन । विश्वव्यापी रुपमा जहाजको ट्रयाकिङ गर्ने वेबसाइट फ्लाइट राडार ट्वेण्टी फोरका अनुसार सो जहान पछिल्लो समय जाभा महादिपको आकाशबाट सम्पर्क बिहिन भएको छ । हराईरहेको जहाजको खोजिका लागि यहाँको सरकारले समुद्र तथा आकाशमार्ग दुबैतर्फबाट सेना तथा प्रहरीलगायत विशेषज्ञ उद्धारकर्मीहरुको टोली परिचालन गरिसकेको छ ।
जहाजले उडान भरेको केहीमिनेट पनि नै सो क्षेत्रमा भीषण वर्षा भएको अधिकारीहरुले बताएका छन् । स्थानीय समय अनुसार दिउँसो २ बजेर ४० मिनेटमा जाकर्ताबाट पोन्तियानाकका लागि सो विमानले उडान भरेको थियो । बिमानसँगको सम्पर्क टुटेपछि अहिले सो विमानमा यात्रा गरेका यात्रुका आफन्त तथा चालकदलका सदस्यको परिवार चिन्तित बनेका छन् ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
आबुधावी दुर्घटना अपडेट: मृतक ६ मध्ये ३ नेपाली युवती (दुर्घटनाको भिडियोसहित)
२०७६ माघ ३ गते शुक्रबार
१७ जनवरी, २०२० आबुधावी । संयुक्त अरव इमिरेट्समा हिजो...
अमेरिकामा पनि फैलँदै कोरोना, वासिंटनमा मात्रै ६ जनाको मृत्य, ७ गम्भीर
२०७६ फाल्गुन १९ गते सोमबार
०२ मार्च, २०२० न्यूर्योक । अमेरिकामा पछिल्लो ७२ घण्टायता...
धनकुटा र मोरङ्मा भेटिए पहिलो पटक कोरोना संक्रमित, संक्रमितको संख्या २९५ पुग्यो
२०७७ जेठ ४ गते आइतबार
१७ मे, २०२०भेडेटार । पूर्वी नेपालको धनकुटा र मोरङ्गमा...
अगस्ट महिना (भदौ १५ सम्म) भर आन्तरिक तथा बाह्य हवाई सेवा बन्द गर्ने सरकारको निर्णय
२०७७ श्रावण २६ गते सोमबार
१० अगस्ट, २०२०काठमाडौं । सरकारले यसअघि गरेको निर्णयलाई पुर्नविचार...
Top