४८ घण्टापछि बेलायत र फ्रान्सबीच नयाँ सहमति : दुबै देशबीचको सीमा यात्रा खुकुलो

Best Khabar Team | २०७७ पुष ८ गते बुधबार


२३ डिसेम्बर, २०२०
पेरिस, फ्रान्स । अन्ततः दुईदेशबीचको सहमतिसँगै फ्रान्स र बेलायतबीच विगत ४८ घण्टादेखि सिमावर्ती क्षेत्रमा रोकिएका लरीहरुले गन्तव्यमा यात्रा भर्न पाउने भएका छन् । पछिल्ला केहीदिन यता बेलायतका विभिन्न शहरमा कोरोना भाइरस नयाँ र आक्रामक रुपमा फैलिएपछि फ्रान्स तथा बेलायतले सीमा क्षेत्रको आवागमनलाई आकस्मिक रुपमा रोक लगाएको थियो । यस्तै फ्रान्सलगायत युरोपका अधिकांश देशले बेलायतबाट हुने हवाई तथा समद्रिक यात्रामा समेत प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

जसका कारण पछिल्लो ४८ घण्टा यता बेलायतबाट फ्रान्स आउने तथा त्यता जाने हजारौं मालबहाक ट्रकहरु सिमाक्षेत्रमा रोकिएको थियो । तर गएराति अबेर फ्रान्स र बेलायतबीच सरकारी स्तरमा भएको छलफलपछि निश्चित मापदण्ड पुरा गरी अत्यावश्यिक सेवा प्रवाहमा रहेका लरी तथा अन्य सवारी साधनहरुमाथि प्रतिबन्ध नलगाउने सहमति भएको थियो । यो सहमति भएसँगै दुई देशबीचको अन्तरसिमा यात्रा सहज भएको हो ।

बेलायतले पनि आफ्ना देशमा कोरोनाका नयाँ खालका संक्रमित भेटिएसँगै फ्रान्सबाट स्थलमार्ग हुँदै आउने मालबाहक ट्रक तथा लरीहरुमा प्रतिबन्ध लगाएको थियो । दुई देशबीचको सिमा डोभरमा सयौं मालबाहक ट्रकहरुको लस्कर देखिएपछि दुबै देशले सरकारी स्तरमा यसको समाधानका लागि वार्ता गरेका थिए । गएराति अबेर भएको सहमतिसँगै आज बिहानैबाट अत्यावश्यिक सामग्री बोकेका ट्रकहरु सिमा नाकाबाट वारपार भएका छन् । फ्रान्सेली यातायात मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार आज बिहानैबाट हवाई यात्रासहित, डुङ्गा र युरोस्टार रेलले आफ्नो सेवा सूचारु गरेको छ ।

यस्तै अत्यावश्यकीय काममा हिँडेका यात्रुहरुलाई पनि कोरोनाको पिसिआर परीक्षणपछि दुईदेशबीच प्रवेशमा अनुमति दिइने अधिकारीहरुले बताएका छन् । यद्यपि बेलायतको दक्षिण क्षेत्र अर्थात् ‘केन्ट काउन्टी’तर्फ भने तत्काल प्रवेशका लागि अनुमति प्रदान गरिएको छैन । विगतको कोरोना भन्दा निक्कै शक्तिशाली र छिटो संक्रमण फैलाउन सक्ने प्रकृतिका संक्रमित भेटिएसँगै विश्वका ५ दर्जन बढी मुलुकले बेलायतबाट हुने हवाई उडानमाथि प्रतिबन्ध लगाएका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

क्यानडाका प्रधानमन्त्री पत्नीलाई कोरोनाको आशंका,  प्रधानमन्त्री पनि ‘आइसोलेसनमा’ क्यानडाका प्रधानमन्त्री पत्नीलाई कोरोनाको आशंका, प्रधानमन्त्री पनि ‘आइसोलेसनमा’

२०७६ फाल्गुन ३० गते शुक्रबार

१३ मार्च, २०२० टोरोन्टो । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो...

डोल्पामा कोरोनाबाट एक पुरुषको मृत्यु : शवको अन्तेष्टि गरिएको ३ दिनपछि कोरोना पुष्टि डोल्पामा कोरोनाबाट एक पुरुषको मृत्यु : शवको अन्तेष्टि गरिएको ३ दिनपछि कोरोना पुष्टि

२०७७ जेठ २४ गते शनिबार

०६ जुन, २०२०दुनै, डोल्पा । डोल्पामा कोरोनाबाट थप एकजनाको...

पोखरामा ७२ जना सवार यात्रुबाहक विमान दुर्घटना, विस्तृत विवरण आउन बाँकी पोखरामा ७२ जना सवार यात्रुबाहक विमान दुर्घटना, विस्तृत विवरण आउन बाँकी

२०७९ माघ १ गते आइतबार

१५ जनवरी, २०२३चिप्लेढुंगा, पोखरा । निजी बायुसेवा निगम एति...

अर्को जिल्लामा जान कडाई, हिँडेर घर फर्केका मजदुरलाई थप समस्या अर्को जिल्लामा जान कडाई, हिँडेर घर फर्केका मजदुरलाई थप समस्या

२०७७ बैशाख ४ गते बिहिबार

१६ अप्रिल, २०२० काठमाडौं । सरकारले तत्कालका लागि एक...

Top