देशभर कोरोना संक्रमितको संख्या साढे २ लाख नजिक, निको हुने क्रम पनि बढ्दो

Best Khabar Team | २०७७ मंशिर २८ गते आइतबार


१३ डिसेम्बर, २०२०
काठमाडौं । देशभर कोरोना संक्रमितको संख्या साढे २ लाख नजिक पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार अद्यावधिक गरेको तथ्यांक अनुसार देशभर हालसम्म २ लाख ४८ हजार ४ सय २३ जनामा कोरोना संक्रमण देखिएको छ । यो आइतबार अपरान्हसम्मको तथ्यांक रहेको मन्त्रालयले जनाएको छ ।

विगत २४ घण्टामा देशभर ८ सय ३० जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टाको तथ्यांकलाई आधार बनाउँदा १ हजार ५ सय बढीले कोरोनालाई जितेर स्वास्थ्य लाभ गरेका छन् । यो तथ्यांकलाई आधार बनाउँदा पछिल्ला दिनहरुमा कोरोनालाई जितेर स्वास्थ्य लाभ गर्नेहरुको संख्यापनि उल्लेख रहेको छ ।

मन्त्रालयको तथ्यांक अनुसार हालसम्म २ लाख ३५ हजार ७ सय ३१ जना कोरोना मुक्त भएका छन् । यस्तै कोरोनाका कारण हालसम्म देशभर १ हजार ६ सय ९८ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा देशभर थप ९ जनाको कोरोनाका कारण ज्यान गएको छ ।

मन्त्रालयको तथ्यांक अनुसार हाल ५ सय १६ जना क्वारेन्टिनमा, १० हजार ९ सय ९४ आइसोलेसनमा छन् । यस्तै, २ सय ९४ जनाको आइसीयूमा र ५२ जनाको भेन्टिलेटरमा उपचार भै रहेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

एकैदिन थपिए ५९ जना कोरोना संक्रमित, भक्तपुर, धरान, मकवानपुर र बारामा थप ९ जनामा कोरोना,  संक्रमित ५१६ पुगे एकैदिन थपिए ५९ जना कोरोना संक्रमित, भक्तपुर, धरान, मकवानपुर र बारामा थप ९ जनामा कोरोना, संक्रमित ५१६ पुगे

२०७७ जेठ ९ गते शुक्रबार

२२ मे, २०२०काठमाडौं । देशका विभिन्न स्थानमा आजमात्रै ५९...

दोलखाका खड्काको चीनमा निधन दोलखाका खड्काको चीनमा निधन

२०७६ माघ ११ गते शनिबार

२५ जनवरी, २०२० बेइजिङ्ग । चीनको बुहानप्रान्तस्थित एक भारतीय...

अमेरिकाले नेपाली सेनालाई दियो छोटो समयमा उडान र अवतरण गर्नसक्ने दुई विमान अमेरिकाले नेपाली सेनालाई दियो छोटो समयमा उडान र अवतरण गर्नसक्ने दुई विमान

२०७६ पुष २ गते बुधबार

१८ डिसेम्बर, २०१९ काठमाडौं । नेपालको भौगलिक अवस्था तथा...

चीनमा कोराना भाइरसबाट ज्यान गुमाउनेको संख्या ३६१ पुग्यो चीनमा कोराना भाइरसबाट ज्यान गुमाउनेको संख्या ३६१ पुग्यो

२०७६ माघ २० गते सोमबार

०३ फेब्रुअरी, २०२०बेइजिङ्ग । कोरोना भाइरसको उद्गम थलोको रुपमा...

Top