देशभर कोरोना संक्रमितको संख्या साढे २ लाख नजिक, निको हुने क्रम पनि बढ्दो

Best Khabar Team | २०७७ मंशिर २८ गते आइतबार


१३ डिसेम्बर, २०२०
काठमाडौं । देशभर कोरोना संक्रमितको संख्या साढे २ लाख नजिक पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार अद्यावधिक गरेको तथ्यांक अनुसार देशभर हालसम्म २ लाख ४८ हजार ४ सय २३ जनामा कोरोना संक्रमण देखिएको छ । यो आइतबार अपरान्हसम्मको तथ्यांक रहेको मन्त्रालयले जनाएको छ ।

विगत २४ घण्टामा देशभर ८ सय ३० जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टाको तथ्यांकलाई आधार बनाउँदा १ हजार ५ सय बढीले कोरोनालाई जितेर स्वास्थ्य लाभ गरेका छन् । यो तथ्यांकलाई आधार बनाउँदा पछिल्ला दिनहरुमा कोरोनालाई जितेर स्वास्थ्य लाभ गर्नेहरुको संख्यापनि उल्लेख रहेको छ ।

मन्त्रालयको तथ्यांक अनुसार हालसम्म २ लाख ३५ हजार ७ सय ३१ जना कोरोना मुक्त भएका छन् । यस्तै कोरोनाका कारण हालसम्म देशभर १ हजार ६ सय ९८ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा देशभर थप ९ जनाको कोरोनाका कारण ज्यान गएको छ ।

मन्त्रालयको तथ्यांक अनुसार हाल ५ सय १६ जना क्वारेन्टिनमा, १० हजार ९ सय ९४ आइसोलेसनमा छन् । यस्तै, २ सय ९४ जनाको आइसीयूमा र ५२ जनाको भेन्टिलेटरमा उपचार भै रहेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख नाघ्यो अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख नाघ्यो

२०७७ जेठ १३ गते मंगलबार

२६ मे, २०२०न्यूर्योक । कोरोना भाइरस (कोभिड १९) को...

४६ औं राष्ट्रपतिको रुपमा ह्वाईट हाउस छिरे बाइडेन ! ४६ औं राष्ट्रपतिको रुपमा ह्वाईट हाउस छिरे बाइडेन !

२०७७ माघ ७ गते बुधबार

२० जनवरी, २०२१न्यूर्योक । संयुक्त राज्य अमेरिकाको ४६ औं...

नेपाल पनि देखियो सलह किरा ! नेपाल पनि देखियो सलह किरा !

२०७७ असार १३ गते शनिबार

२७ जुन, २०२०पर्सा । कृषि बैज्ञानिकहरुका विभिन्न अड्कलबाजीलाई मिथ्या...

सरकारको दाबी : ‘नेपाल अब मगन्ते र सडक बालबालिका मुक्त देश बन्यो’ सरकारको दाबी : ‘नेपाल अब मगन्ते र सडक बालबालिका मुक्त देश बन्यो’

२०७७ असार ४ गते बिहिबार

१८ जुन, २०२०काठमाडौं । सरकारले नेपाल अब सडक बालबालिका...

Top