अष्ट्रेलियाद्वारा कोभिड भ्याक्सिन कार्यक्रम रद्द

Best Khabar Team | २०७७ मंशिर २७ गते शनिबार


१२ डिसेम्बर, २०२०
पर्थ, अष्ट्रेलिया । अमेरिका, बेलायत, रसियालगायतका देशहरुले कोरोना भाइरस विरुद्धको भ्याक्सिन आम नागरिकमा प्रयोगका लागि अनुमति दिइरहेका खबर सार्वजनिक पृथ्वीको दक्षिण पूर्वमा अवस्थित एउटा विकसित देश अष्ट्रेलियाले भने कोभिडको भ्याक्सिन कार्यक्रम तत्कालका लागि रद्द भएको घोषणा गरेको छ ।

कोरोना भाइरसको संक्रमण रोक्नका लागि भन्दै तयार भएको भ्याक्सिनमा एचआइभीमा पाईने प्रोटिनको मात्रा भेटिएपछि यहाँको सरकारले गएरातिबाट लागूहुने गरी कोरोना भ्याक्सिन प्रयोगको कार्यक्रम तत्कालका लागि रद्द गरेको घोषणा गरेको छ ।

यहाँका प्रधानमन्त्री प्रधानमन्त्री स्कट मोरिसनले परियोजना खारेज गरिएको घोषणा गरेसँगै अष्ट्रेलिया विश्वमै पहिलोपटक कोरोना भाइरसको खोप रद्द गर्ने राष्ट्र बनेको छ । स्मरणीय के छ भने बेलायतले पहिलो पटक कोरोना विरुद्दको खोप आम नगरिकमा लगाउन शुरु गरेको १ साता नवित्दै अष्ट्रेलियाले भने यो कार्यक्रम रद्द गरेको हो ।

अष्ट्रेलियामा हालै कोरोनाका संक्रमितहरुलाई परिक्षणका रुपमा लगाईको कोरोना भ्याक्सिनपछि विरामीहरुमा एचआईभी परीक्षणका क्रममा देखिने ‘एन्टीबडी ट्रिगर’ देखिएपछि कोरोना विरुद्दको खोप कार्यक्रम रद्द गरिएको यहाँबाट प्रकाशित हुने विभिन्न पत्रपत्रिकाले उल्लेख गरेका छन् । यहाँबाट प्रकाशित हुने एविसी डट नेट डट एयुले आफ्नो अनलाईन संस्करणमा उल्लेख गरे अनुसार अष्ट्रेलियाको युनिभर्सिटी अफ क्वीन्सल्याण्ड र अष्ट्रेलियन बायोटेक फर्म सीएसएलले हालै गरेको भ्याक्सिनको परीक्षणका क्रममा संक्रमितहरुमा एचआईभी संक्रमितमा देखिने प्रोटिनको मात्रा देखिएपनि यो कार्यक्रम रद्द गरिएको हो ।

अष्ट्रेलियामा हालसम्म कोरोनाबाट ९ सय ८ जनाको ज्यान गै सकेको छ । तुलनात्मक रुपमा अष्ट्रेलियामा कोरोना संक्रमणको दर तथा मृतकको संख्या अन्य देशहरुमा भन्दा अत्यन्तै न्यून छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

सातै प्रदेशका जिल्ला अस्पतालबाट कोरोनाविरुद्धको खोप लगाईने सातै प्रदेशका जिल्ला अस्पतालबाट कोरोनाविरुद्धको खोप लगाईने

२०७७ माघ १२ गते सोमबार

२५ जनवरी, २०२१काठमाडौं । आगामी बुधबार बिहानबाट आम नागरिकमा...

पोखरा विमान दुर्घटना : सोमबार राष्ट्रिय शोक, ५ सदस्यीय छानबिन समित गठन पोखरा विमान दुर्घटना : सोमबार राष्ट्रिय शोक, ५ सदस्यीय छानबिन समित गठन

२०७९ माघ १ गते आइतबार

१५ जनवरी, २०२३काठमाडौं । पोखरामा आज बिहान भएको विमान...

नेपालमा पहिलो पटक संघीय संरचना अनुसार एसइईको परीक्षा हुँदै नेपालमा पहिलो पटक संघीय संरचना अनुसार एसइईको परीक्षा हुँदै

२०७५ चैत्र ९ गते शनिबार

२३ मार्च, २०१९ काठमाडौं । नेपालको इतिहाँसमा पहिलोपटक संघीय...

कोरोना संक्रमण बढ्दै गर्दा काठमाडौं जिल्लामा दर्जनौं गतिविधि भदौ १५ सम्मलाई निषेध(विज्ञप्तिसहित) कोरोना संक्रमण बढ्दै गर्दा काठमाडौं जिल्लामा दर्जनौं गतिविधि भदौ १५ सम्मलाई निषेध(विज्ञप्तिसहित)

२०७७ श्रावण ३० गते शुक्रबार

१४ अगस्ट, २०२०काठमाडौं । पछिल्ला दिनमा काठमाडौं उपत्यकामा कोरोना...

Top