पशुपतिमा दाउराबाट शव जलाउने नयाँ शवगृह सञ्चालनमा

Best Khabar Team | २०७७ मंशिर १८ गते बिहिबार


०३ डिसेम्बर, २०२०
काठमाडौं । काठमाडौंको पशुपतिनाथ मन्दिर परिसरमा दाउराबाट शव जलाउने नयाँ शवदाह गृह सञ्चालनमा ल्याइएको छ । पशुपति क्षेत्र विकास कोष र एभरेष्ट बैंकले संयुक्त रुपमा आज काठमाडौंमा आज गरेको कार्यक्रममा नयाँ शवदाह गृह (दाउराबाट शव जलाउने मेसिन) को बिहीबार गरिएको एक कार्यक्रमका बीच संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले एक कार्यक्रमबीच उद्घाटन गरे ।

पशुपतिनाथ मन्दिर परिसरमा आजबाट सञ्चालनमा आएको दाउराबाट शव
जलाउने नयाँ मेसिनको उद्घाटन गर्दै मन्त्री भट्टराई । तस्वीर साभार : राष्ट्रिय समाचार समिति ।

वातावरणलाई प्रदुषणमुक्त बनाउने उद्देश्यले निर्माण गरिएको नयाँ शवदाह गृहमा एउटा शव जल्नका लागि १ सयदेखि डेढ सय किलो दाउरा लाग्ने बताइएको छ । यस्तै यो मेसिनबाट शव जलाउँदा लाग्ने समय पनि निक्कै छोटो हुने कोषको भनाई छ ।

अहिले हाल भष्मेश्वरघाट आसपासमा दाउराबाट खुल्ला स्थानमा शव जलाईँदा २ देखि ४ घण्टासम्म लाग्ने गरेकोमा अब भने एक देखि डेढ घण्टाकै अवधिमा एउटा शव जलिसक्ने कोषको भनाई छ । एभरेष्ट बैंकले करिब ७५ लाखको लगानीमा नयाँ शवदाह गृह निर्माण गरेको हो ।

पशुपतिनाथ मन्दिर परिसरमा रहेको आर्यघाट र भष्मेश्वर घाटमा हाल खुल्ला स्थानमा शव जलाईँदै आइएको भएपनि यो शव गृहसञ्चालनमा आएपछि अब बाहिर शव जलाउने क्रम घट्ने तथा वातावरण प्रदुषण पनि कम हुने अनुमान गरिएको छ । पशुपतिनाथ मन्दिर परिसरमा विद्युतीय शव दाह गृहपनि सञ्चालनमा छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

हिमपहिरोमा पुरिएका धादिङ्का तामाङ्को शव ३ महिनापछि भेटियो हिमपहिरोमा पुरिएका धादिङ्का तामाङ्को शव ३ महिनापछि भेटियो

२०७७ बैशाख १२ गते शुक्रबार

२४ अप्रिल, २०२०काठमाडौं । २०७६ साल माघ ३ गतेदेखि...

कोरोना संक्रमणबाट भयभित बन्दै विश्व : कहाँ के भयो ? (विश्वभरको पछिल्लो अपडेटसहित) कोरोना संक्रमणबाट भयभित बन्दै विश्व : कहाँ के भयो ? (विश्वभरको पछिल्लो अपडेटसहित)

२०७६ फाल्गुन १७ गते शनिबार

१ मार्च, २०२०काठमाडौं । चीनको हुवेई प्रान्तबाट करिब साढे...

मध्यराति पोखरामा भूकम्पको धक्का मध्यराति पोखरामा भूकम्पको धक्का

२०७६ पुष १७ गते बिहिबार

०२ जनवरी, २०२० लेकसाईट । कास्की जिल्लाको पोखरालगायतका स्थानमा...

बाइडेन बने अमेरिकाको ४६ औं राष्ट्रपति बाइडेन बने अमेरिकाको ४६ औं राष्ट्रपति

२०७७ कार्तिक २२ गते शनिबार

०७ नोभेम्बर, २०२०न्यूर्योक, अमेरिका । विश्वको सर्वशक्तिमान सम्पन्न मुलुकको...

Top