पछिल्लो २४ घण्टाको कोरोना तथ्यांक : २९०९ जना नयाँ संक्रमित थपिए, १८ को मृत्य, ४५ सय बढी कोरोना मुक्त

Best Khabar Team | २०७७ कार्तिक २१ गते शुक्रबार


०६ नोभेम्बर, २०२०
काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्न भागमा थप २ हजार ९ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौं उपत्यकामा थप १ हजार ३ सय ३८ जनासहित देशका विभिन्न जिल्लामा थप २ हजार ९ सय ९ जनामा कोरोना संक्रमण देखिएको हो ।

संक्रमण पुष्टि भएका मध्ये पछिल्लो २४ घण्टामा थप १८ जनाको ज्यान गएको छ । मन्त्रालयले दिएको जानकारी अनुसार आज थपिएकामा १ हजार ७ सय ७६ जना पुरुष र १ हजार १ सय ३३ जना महिला रहेका छन् ।

यस अवधिमा थप ४ हजार ५ सय जना कोरोना मुक्त भएर घर फर्केका छन् । यस्तै देशभर कोरोना संक्रमितको संख्या १ लाख ८८ हजार ८ सय ८३ पुगेको मन्त्रालयले जनाएको छ । यो तथ्यांकमा कोरोना संक्रमणमा परी मृत्यु भएकाहरुको संख्यासमेत समावेश गरिएको छ ।

पछिल्ला दिनहरुमा काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा कोरोना संक्रमितको संख्या बढ्न थालेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

हिंसा गरेको भन्दै चलचित्र निर्माता छवि ओझा विरुद्ध अभिनेत्री पोखरेलको प्रहरीमा उजुरी हिंसा गरेको भन्दै चलचित्र निर्माता छवि ओझा विरुद्ध अभिनेत्री पोखरेलको प्रहरीमा उजुरी

२०७६ असार २५ गते बुधबार

१० जुलाई, २०१९ काठमाडौं । आफूलाई श्रीमान्बाट घरेलू हिंसा...

काँग्रेस नेता जोशीको अवस्था ‘गम्भीर’, भेन्टिलेटरमा राखेर उपचार गरिँदै काँग्रेस नेता जोशीको अवस्था ‘गम्भीर’, भेन्टिलेटरमा राखेर उपचार गरिँदै

२०७७ फाल्गुन १४ गते शुक्रबार

२६ फेब्रुअरी, २०२१काठमाडौं । पूर्वमन्त्री एवं नेपाली काँग्रेसका नेता...

असार १ गतेदेखि काठमाडौं भित्रने र बाहिरिनेहरुका लागि नयाँ व्यवस्था (विज्ञप्तिसहित) असार १ गतेदेखि काठमाडौं भित्रने र बाहिरिनेहरुका लागि नयाँ व्यवस्था (विज्ञप्तिसहित)

२०७७ जेठ ३२ गते आइतबार

१४ जुन, २०२०काठमाडौं । गृहमन्त्रालयले लकडाउन खुकुलो भएसँगै यही...

नेपालमा पहिलो पटक पत्रकारलाई कोरोना ! नेपालमा पहिलो पटक पत्रकारलाई कोरोना !

२०७७ बैशाख ३० गते मंगलबार

१२ मे, २०२० वीरगञ्ज । नेपालमा पहिलो पटक सञ्चारकर्मी...

Top