कोरोना अपडेट : उपत्यकामा ६९६ सहित देशभर थप १४ सय ५४ जनामा कोरोना संक्रमण

Best Khabar Team | २०७७ भाद्र २६ गते शुक्रबार


११ सेप्टेम्बर, २०२०
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ४ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित ‘प्रेस ब्रिफिङ्ग’ मा उल्लेख भएको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा मात्रै थप ६ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सांकेतिक तस्वीर

यस्तै उपत्यकाको ललितपुरमा ३८ जना र भक्तपुरमा पनि थप ३८ जनामै कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म देशभर कोरोना संक्रमितको संख्या ५१ हजार ९ सय १९ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा देशभरबाट ९ सय ७२ जना कोरोना उपचारपछि घर फर्केका छन् । कोरोनाका कारण हालसम्म देशभर ३ सय २२ जनाको ज्यान गएको छ भने हालसम्म ३६ हजार ६ सय ७२ जना कोरोना मुक्त भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

‘मान्छेको जुनी अचम्मै हुने रैछ नी’(भिडियो) ‘मान्छेको जुनी अचम्मै हुने रैछ नी’(भिडियो)

२०७७ बैशाख २३ गते मंगलबार

०५ मे, २०२०काठमाडौं । गायक विनोद वानियाले ‘मान्छेको जुनी...

आवास पूर्ननिर्माणको अनुदान लिने अन्तिम मिति पुस १५ : प्राधिकरण आवास पूर्ननिर्माणको अनुदान लिने अन्तिम मिति पुस १५ : प्राधिकरण

२०७७ कार्तिक २१ गते शुक्रबार

०६ नोभेम्बर, २०२०काठमाडौं । भूकम्पले घर भत्काएका वा क्षति...

क्यानडामा सडक महोत्सवको भीडलाई लक्षित आक्रमण, ९ जनाको ज्यान गयो, दर्जनौं घाइते क्यानडामा सडक महोत्सवको भीडलाई लक्षित आक्रमण, ९ जनाको ज्यान गयो, दर्जनौं घाइते

२०८२ बैशाख १४ गते आइतबार

२७ अप्रिल, २०२५टोरन्टो, क्यानडा । क्यानडाको भ्यानकुभरमा सडक महोत्सवमा...

नवनिर्वाचित अमेरिकी राष्ट्रपति बाईडेनले पनि लगाएर ‘कोरोना भ्याक्सिन’ नवनिर्वाचित अमेरिकी राष्ट्रपति बाईडेनले पनि लगाएर ‘कोरोना भ्याक्सिन’

२०७७ पुष ७ गते मंगलबार

२२ डिसेम्बर, २०२०न्यूर्योक । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो वाईडेनले...

Top