Best Khabar Team | २०७७ भाद्र १५ गते सोमबार
३१अगस्ट, २०२० नयाँदिल्ली । भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको आज निधन भएको छ । मस्तिष्कसम्बन्धी समस्याबाट पीडित भएर अस्पतालमा भर्ना भएका मुखर्जीलाई पछिल्लो समय कोरोना संक्रमण समेत देखिएको थियो । राजधानी नयाँदिल्लीस्थित सैनिक अस्पतालमा उपचारका लागि भर्ना भएका मुखर्जीमा केहीसाता अघि कोरोना संक्रमण पुष्टि भएपछि उनको अस्पतालको आइसियुमा राखेर उपचार भै रहेको थियो ।

तर उपचारकै क्रममा उनको आज निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनका छोरा अभिजित मुखर्जीले सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै घटनाको पुष्टि गरेका छन् । ८४ वर्षका मुखर्जी विगत केही वर्षयता मस्तिष्कको समस्याका कारण नियमित रुपमा चिकित्सकको परामर्शमा रहेका थिए । पछिल्लो पटक उनको मतिष्कको शल्यक्रिया गर्ने तयारी भै रहेको थियो । तर सोही क्रममा उनमा कोरोना संक्रमण समेत भएको पुष्टि अस्पतालले गरेको थियो ।
सन् २०१२ देखि २०१७ सम्म मुखर्जी भारतको राष्टपति बनेका थिए । यसअघि मुखर्जीको अवस्था विग्रँदै गएको समाचारहरु सार्वजनिक भएको थियो ।
र यो पनि पढ्नुहोस् ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
श्रीलंका सरकारसँग रातो मच्छिन्द्रनाथ मन्दिर पुर्ननिर्माणको सम्झौता तोडियो, अब स्थानीय समितिले नै गर्ने
२०७६ पुष १५ गते मंगलबार
३१ डिसेम्बर, २०१९ललितपुर । २०७२ साल बैशाख १२ गते...
अफगानिस्तानमा ईदको सामान किन्न गएका सर्वसाधारणलाई लक्षित गरी विस्फोट, १७ को मृत्यु
२०७७ श्रावण १६ गते शुक्रबार
३१ जुलाई, २०२०काबुल, अफगानिस्तान । अफगानिस्तानको लोगार प्रान्तमा अज्ञात...
अस्ताए बरिष्ठ गीतकार भैरबनाथ रिमाल
२०७७ पुष २५ गते शनिबार
२१ जनवरी, २०२१काठमाडौं । बरिष्ठ गीतकार भैरबनाथ रिमालको आज...
नेपालमा कोरोनाबाट ३६ औं मृत्यु : काठमाडौं गोकर्णका ५४ वर्षका पुरुषको उपचारका क्रममा अस्पतालमा निधन
२०७७ असार २७ गते शनिबार
११ जुलाई, २०२०काठमाडौं । काठमाडौंमा कोरोना भाइरसका कारण एकजनाको...
Top