जलवायु पविर्तनसम्बन्धी कुम्भमेला मड्रिडमा शुरु, करिब २ सय देशका प्रतिनिधि सहभागी

Best Khabar Team | २०७६ मंशिर २३ गते सोमबार


०९ डिसेम्बर, २०१९
मड्रिड । युरोपेली मुलुक स्पेनको पर्यटकीय सहर मड्रिडमा जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय सम्मेलन २०१९ शुरु भएको छ । गत सोमबारबाट जारी सम्मेलनमा विश्वका १ सय ९७ देशका राष्ट्रप्रमुख तथा सरकार प्रमुख सहभागी छन् । यस्तै कतिपय देशका वातावरणमन्त्री तथा जलबायु परिवर्तनका क्षेत्रमा सक्रिय अभियान्ताहरु समेत सम्मेलनमा सहभागी भएका छन् । पछिल्ला वर्षहरुमा जलबायु परिवर्तनका कारण पृथ्वीका विभिन्न क्षेत्रमा प्राकृतिक असर पर्दै गएको तर्फ सम्मेलमा सहभागीहरुले ध्यानाकर्षण गराएका छन् ।

स्पेनको पर्यटकीय सहर मड्रिडमा जारी जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय सम्मेलन २०१९ ।

जलबायु परिवर्तनका कारण विश्वका विभिन्न स्थानमा अतिबृष्टि, अनाबृष्टि, हिमालयहरुमा हिँहरु पग्लनेलगायतका समस्या देखिएपछि कार्यक्रममा सहभागीहरुले यसको असर कम गर्न सिंगो विश्व एक हुनुनर्पेमा जोड दिएका छन् । मंसीर २७ गतेसम्म चल्ने सो सम्मेलनमा नेपालका तर्फबाट बनमन्त्री शक्ति बस्नेत पनि मड्रिड आइपुग्नुभएको छ ।

नेपालले यसपटक सम्मेलनमा हिमाली क्षेत्रमा हिँउ पग्लने क्रम बढ्दै गएको र यसको प्रत्यक्ष प्रभाव मानवको दैनिकीहरुमा समेत परेको भन्दै यसको प्रभाव कम गर्न सबैमिलेर हातेमालो गर्नुपर्नेमा जोड दिनुहुने भएको छ ।

यसअघि चिलीमा हुने तय भएको सम्मेलन चिलीले राजनीतिक कारण देखाउँदै आयोजना गर्न नसकेका कारण स्पेनमा आयोजना भएको हो । सम्मेलन मंसीर २७ गतेसम्म चल्ने छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

युरोपमा कोरोनाको पहिलो ‘इपिसेन्टर’ इटलीले जुनदेखि पर्यटकलाई स्वागत गर्दै युरोपमा कोरोनाको पहिलो ‘इपिसेन्टर’ इटलीले जुनदेखि पर्यटकलाई स्वागत गर्दै

२०७७ जेठ ४ गते आइतबार

१७ मे, २०२०मिलानो । कोरोना भाइरस (कोभिड १९) को...

क्षति भएको ४ वर्षपछि सिंहदरबारको पश्चिम मोहडा प्रबलीकरण थालियो क्षति भएको ४ वर्षपछि सिंहदरबारको पश्चिम मोहडा प्रबलीकरण थालियो

२०७६ कार्तिक ५ गते मंगलबार

२२ अक्टोबर, २०१९काठमाडौं । २०७२ साल बैशाख १२ गते...

नेपालमा बायु प्रदुषको प्रभाव : भोलिदेखि देशभरका विद्यालय ५ दिन बन्द नेपालमा बायु प्रदुषको प्रभाव : भोलिदेखि देशभरका विद्यालय ५ दिन बन्द

२०७७ चैत्र १६ गते सोमबार

२९ मार्च, २०२१काठमाडौं । पछिल्ला दिनहरुमा काठमाडौं उपत्यकासहित देशभर...

नेपाल पनि देखियो सलह किरा ! नेपाल पनि देखियो सलह किरा !

२०७७ असार १३ गते शनिबार

२७ जुन, २०२०पर्सा । कृषि बैज्ञानिकहरुका विभिन्न अड्कलबाजीलाई मिथ्या...

Top