Best Khabar Team | २०७७ भाद्र ५ गते शुक्रबार
२१ अगस्ट, २०२०
काठमाडौं । सरकारले विभिन्न देशमा रोकिएर रहेका नेपाली नागरिक, कुटनीतिक नियोगका पदाधिकारी तथा कर्मचारीलाई नेपाल ल्याउनका लागि नियमित उडान शुरु गर्ने निर्णय गरेको छ । कोरोनाका कारण गएको चैत्र देखि बन्द रहेको बाह्य उडान खोल्ने विषयमा आज बसेको मन्त्रीपरिष्दको बैठकले निर्णय गरेको हो ।
जस अनुसार आगामी भदौ १६ अर्थात् सेप्टेम्बर १ तारिखबाट लागूहुने गरी निश्चित देशबाट मात्रै नियमित उडान शुरु गर्ने निर्णय गरेको हो । तर यसरी उडान शुरु भएपनि निश्चित सर्त र मापदण्ड पु-याएर मात्रै विदेशमा रहेकाहरुलाई नेपाल ल्याउन सकिने पर्यटन तथा नागरिक उड्डयनमन्त्रालयले जनाएको छ । जस अनुसार कोरोना भाइरसको संक्रमण घटेका देशहरुबाट (जहाँ पिसिआर टेस्ट सहज छ ) दैनिक ५ सयको संख्या नबढ्ने गरी विदेशमा रहेकाहरुलाई नेपाल ल्याउने निर्णय गरेको हो ।

यस्तै सरकारले यसअघि कोरोनाका कारण रोकिएका उद्दार उडानहरुलाई पनि आगामी आईतबारबाट शुरु गर्ने निर्णय गरेको छ । सरकारले भदौ एक गतेदेखि विभिन्न देशमा अप्ठेरोमा परेकाहरुलाई उद्दारका लागि भन्दै उद्दार उडान गर्ने तयारी गरेको भएपनि उपत्यकालगायत देशभर कोरोना संक्रमित बढ्न थालेपछि तत्कालका लागि यो कार्य स्थगित गरेको जनाएको थियो । तर विदेशमा रोजगारी गुमाएर बेखर्ची भएकाहरुको अवस्था दयनीय बन्दै गएपछि सरकारले आगामी आइतबारबाट पुनः उद्दार उडान (चार्टर फ्लाईट) शुरु गर्न लागेको हो । पहिलो चरणमा दुबईमा आइतबार नेपाल बायु सेवा नियमका २ वटा जहाजहरुले उडान भर्दैैछन् ।
यस्तै सरकारले विदेशबाट उद्दार गरेर ल्याइएका नेपाली नागरिक तथा कुटनीतिक नियोगका कर्मचारीहरुले नेपाल आएदेखि ७२ घण्टाभित्र पिसिआर टेस्ट गराउँदा कोरोना संक्रमण नभएको हुनुपर्ने व्यवस्था गर्ने उनीहरुले नेपाल आउने पछिल्लो ७२ घण्टा यता गरेको पीसीआर टेष्ट रिपोर्ट भने नेगेटिभ आएको भएमात्रै नेपाल आउनपाउने व्यवस्था गर्न लागिएको छ । साथै काठमाडौंमा आएपछि उनीहरुले कम्तीमा १ साता आफ्नै खर्चमा सरकारले तोकिदिएका होटलहरुमा क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था अनिवार्य गरिएको छ ।
त्यसको खर्च सरकारले पहिले टिकट लिने बेलानै नेपाल आउने व्यक्तिमार्फत् लिने र सम्बन्धित एयरलाईन्समार्फत् होटललाई भुक्तान गर्ने व्यवस्था गर्न लागिएको छ । विशेष गरी युरोपेली राष्ट, अमेरिका, मलेसिया, चीन, थाइल्याण्डलगायतका देशहरुमा सरकारले पहिलो चरणमा नियमित उडान गर्न लागेको हो ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
नेकपाका नेता पौडेल भन्छन् : ‘एमसीसी संसदबाट पारित हुन्छ, प्रधानमन्त्री समेत सकारात्मक हुनुहुन्छ’
२०७६ माघ ७ गते मंगलबार
२१ जनवरी, २०२०काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी...
मंगलबार अमेरिकामा कोरोनाका कारण १४ सयको मृत्यु, न्यूर्योकमा मात्रै ७ सय बढीको ज्यान गयो
२०७६ चैत्र २५ गते मंगलबार
०७ अप्रिल, २०२०न्यूर्योक । अमेरिकामा पछिल्ला दिनहरुमा कोरोनाको संक्रमण...
बाजुरा जीप दुर्घटनका घाइतेलाई सेनाको हेलिकोप्टरबाट उद्दार, मृतकमध्ये ४ को सनाखत
२०७६ पुष १८ गते शुक्रबार
०३ डिसेम्बर, २०२० मार्तडी । बिकट हिमाली जिल्ला बाजुराको...
चीनका नेपालीको उद्दार कहिले ?
२०७६ माघ २२ गते बुधबार
पि.एल. तरंग – सरकारले नोबल कोरोना भाईरसबाट ग्रस्त बनेको...
Top