कोरोना संक्रमणबाट ललितपुरको पाटन अस्पतालमा २ जनाको मृत्यु

Best Khabar Team | २०७७ भाद्र ५ गते शुक्रबार


२१ अगस्ट, २०२०
काठमाडौं । कोरोना भाइरसको संक्रमणमा परी अस्पतालमा उपचारमा रहेका दुईजनाको आज निधन भएको छ । उपत्यकामा पर्ने ललितपुरको पाटन अस्पतालमा उपचारमा रहेका एक महिला र एक पुरुषको उपचारको क्रममा मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले दिएको जानकारी अनुसार दोलखाकी ३० वर्षकी एक महिला र सर्लाहीका ४६ वर्षका एक पुरुषको मृत्यु भएको छ ।

दोलखा जिल्लाकी ३० वर्षकी ती महिला उपचारका लागि गएको भदौ २ गते अस्पतालमा भर्ना भएकी थिइन् । उपचारकै क्रममा उनको आज निधन भएको अस्पतालको भनाई छ । यस्तै सर्लाही जिल्लाको मलंगवा घर भएका ४६ वर्षका एक पुरुषको पनि उपचारकै क्रममा ज्यान गएको हो । उनी गत साउन ३१ गते उपचारका लागि पाटन अस्पतालमा भर्ना भएका थिए ।

अस्पतालमा उपचारमा रहेका विरामीको मृत्यु भएपछि अस्पताल प्रशासनले अहिले विरामीलाई उपचारमा राखिएको वार्ड र आसपासका क्षेत्रलाई सिल गरेर भाइरस र अन्य जोखिम नियन्त्रणका लागि आवश्यक सावधानी र सरसफाईका उपाय अपनाईरहेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

इराकस्थित अमेरिकी दुतावासमा भएको आक्रमणको राष्ट्रपति ट्रम्पद्वारा दुःख व्यक्त इराकस्थित अमेरिकी दुतावासमा भएको आक्रमणको राष्ट्रपति ट्रम्पद्वारा दुःख व्यक्त

२०७६ पुष १५ गते मंगलबार

३१ डिसेम्बर , २०१९ न्यूयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड...

हतियाधारीद्वारा नाइजेरियाको विद्यालयमा आक्रमण : ३०० बढी छात्राहरुको अवस्था ‘अज्ञात’ हतियाधारीद्वारा नाइजेरियाको विद्यालयमा आक्रमण : ३०० बढी छात्राहरुको अवस्था ‘अज्ञात’

२०७७ फाल्गुन १४ गते शुक्रबार

२६ फेब्रुअरी, २०२१नाइजर, नाइजेरिया । अफ्रिकी महादेश अन्तर्गत पर्ने...

विमान दुर्घटनामा पर्नेमा वीर अस्पतालका चिकित्सकदेखि लोकदोहोरी कलाकारसमेत (नामावलीसहित) विमान दुर्घटनामा पर्नेमा वीर अस्पतालका चिकित्सकदेखि लोकदोहोरी कलाकारसमेत (नामावलीसहित)

२०७९ माघ १ गते आइतबार

१५ जनवरी, २०१५चिप्लेढुंगा, पोखरा । पोखरामा आज बिहान भएको...

बिहीबारबाट एकसाता निषेधाज्ञा : उपत्यका छिर्नेले अनिवार्य क्वारेन्टाइन बस्नैपर्ने (विज्ञप्तिसहित) बिहीबारबाट एकसाता निषेधाज्ञा : उपत्यका छिर्नेले अनिवार्य क्वारेन्टाइन बस्नैपर्ने (विज्ञप्तिसहित)

२०७८ बैशाख १३ गते सोमबार

२६ अप्रिल, २०२१काठमाडौं । सरकारले कोरोना संक्रमितको संख्या तीब्रगतिमा...

Top