Best Khabar Team | २०७७ श्रावण ३१ गते शनिबार
१५ अगस्ट, २०२०
काठमाडौं । देशका विभिन्न भागमा आगामी ४८ घण्टासम्म भारी वर्षात्को सम्भावना रहेको मौसम विद्हरुले जनाएका छन् । विशेषगरी आज काठमाडौं पश्चिमका जिल्लाहरु र भोलि काठमाडौंलगायत काठमाडौं पूर्वका जिल्लाहरुमा भारी वर्षात्को सम्भावना रहेको बताइएको छ । मनसुनी न्यून चापीय रेखा नेपालको पश्चिम भूभाग नजिक भएकाले नेपालमा पश्चिमबाट पूर्वतर्फ भारी बर्षात्को सम्भावना रहेको बताइएको छ ।

आज गण्डकी, कर्णाली, सुदुरपश्चिमलगायतका प्रदेशहरुमा भारी सम्भावना रहेको र योक्रम आइतबार अपरान्हसम्म जारी रहने बताइएको छ । यस्तै, भोलि बाग्मती प्रदेश र पूर्वतर्फका जिल्लाहरुमा भिषण वर्षात्को सम्भावना रहेको बताइएको छ । २ दिनसम्म कतिपय जिल्लामा भारी वर्षात्को सम्भावना रहेको र विभिन्न जिल्लाहरुमा मौसम विग्रँदै गएकोले बेलैमा सर्तक रहन विभागले आग्रह गरेको हो ।
पहिरो खस्नसक्ने सम्भावना भएका ठाउँमा वासिन्दा, खोला तथा नदी किनारमा रहेका बस्तीहरुलाई विशेष सतर्कता अपनाउन मौसम विभागले अनुरोध गरेको छ । भारी वर्षात् हुँदा तराईका कतिपय जिल्लाहरुमा डुबान हुनसक्ने भन्दै सतर्कता अपनाउन र सुरक्षित रहन सबैलाई विभागले आग्रह गरेको छ । विशेषगरी नदी तटीय क्षेत्र, चुरे क्षेत्रबाट बग्ने खोला तथा नदीहरुले आफ्नो धार नै परिवर्तन गर्नसक्ने भएकाले सतर्कता अपनाउन भनिएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
प्रदेश ५ को राजधानी बुटबल र नाम लुम्बिनी कायम हुने सम्भावना प्रवल
२०७६ पुष २९ गते मंगलबार
१४ जनवरी, २०२० बुटबल । अन्ततः प्रदेश नम्बर ५...
बहराईन कोरोना : एउटै क्याम्पमा बसेका ९ नेपाली कामदारमा कोरोना पोजिटिभ
२०७६ चैत्र २२ गते शनिबार
०४ मार्च, २०२०सल्माबाद । बराईनमा कामको शिलशिलामा पुगेका थप...
बन्दीपुर : जहाँ पुग्दा सारा थकान विर्सिएर स्वर्गीय आनन्द प्राप्त हुन्छ
२०७६ मंशिर २३ गते सोमबार
–अर्चना लामिछाने शरीरले आनन्दको महसूस ग-यो बन्दीपुरको माटो टेक्दा...
नाट्टाको अध्यक्षमा गुरागाईँले बाजी मारे
२०७६ माघ ३ गते शुक्रबार
१७ जनवरी, २०२०काठमाडौं । देशभरका ट्राभल तथा टुर व्यवसायीहरुको...
Top